काठमाडौं– फिलिपिन्समा ८५ जना सबार सैनिक विमान दुर्घटनाग्रस्त भएको छ। दक्षिणी फिलिपिन्समा भएको विमान दुर्घटनामा हालसम्म १७ सैनिकको शव भेटिएको समाचारमा उल्लेख छ।
सेना प्रमुख सिरिलिटो सोबेजनाका अनुसार सी–१३०विमान सुलु प्रान्तको जोलो द्विपमा अवतरणका क्रममा दुर्घटना भएको हो। विमानमा सबार ४० जनाको भने जीवितै उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको समाचारहरुमा उल्लेख छ।
सैनिक विमान मिनडनाओ द्विपस्थित केगन डे आरोबाट सैन्य टुकडी लिएर प्रस्थान गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।