File Photo: PTI
काठमाडाैं- भारतकाे केन्द्रीय सरकारले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएकाे छ।
गर्भवतीलाई पनि काेराेनाविरुद्धकाे खोप दिनुपर्ने राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिशलाई केन्द्रीय स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको हाे।
काेराेनाविरुद्धकाे खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन सक्ने मन्त्रालयले जनाएकाे छ।
त्यसपश्चात नजिकैकाे कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन्। उनीहरुलाई कोरोनाविरुद्धको खोप सम्बन्धित राज्य र केन्द्र प्रशासित प्रदेशहरुमा वितरण गरिने छ।
यसअघि कोरोना महामारीमा गर्भवतीको स्वास्थ्यमा निक्कै असर गरिरहेको विभिन्न अध्ययनहरुले निष्कर्ष निकालेको थियो।
उनीहरुमा जोखिम बढाउनुका साथै भ्रूणलाई पनि असर गर्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।