Photo: AFP
काठमाडाैं- कुवेतमा पछिल्लो दुई दिनमा यो वर्षकै अत्याधिक गर्मी बढेको छ।
कुवेतको मौसम विभागका अनुसार केही क्षेत्रको तापक्रम अत्यधिक बढेर ५३.५ डिग्री सेल्सियस पुगेको छ।
तापक्रम आइतबारमात्रै ओरालो लाग्ने अनुमान विभागले गरेकाे छ।
विभागलेले आइतबार तापक्रम ४८ देखि ४९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरेकाे छ।
दिउँसोको समयमा भने सवारी साधन तथा अन्य उपकरणहरुमा तापक्रम ६५ देखि ७० डिग्री सेल्सियससम्म पुग्ने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।