काठमाडाैं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ट्विट रजस्तै नयाँ एप लञ्च गर्ने भएका छन। ट्रम्पले ‘गेटर’ नाम एप लञ्च गर्न लागेका हुन्।
बुधबार अर्थात् जुलाई ४ देखि यो एप औपचारिक रुपमा सार्वजनिक हुने जनाइएकाे छ। हालसम्म यो ५० हजारले डाउनलोड गरिसकेका छन्।
ट्विटरबाट आजीवन प्रतिबन्धित ट्रम्पले ट्विटरलाई नै चुनौती दिन यो एप लञ्च गरेको बताइएको छ।
ट्विटर चलाउने व्यक्तिले गेटर र ट्विटरमा समानता भेट्ने बताइएको छ। सार्वजनिक भएको फोटोहरुमा पनि गेटर ट्विटरजस्तै देखिएको छ।
गतवर्षको अमेरिकी निर्वाचनको नतिजालाई अस्वीकार गर्दै भड्किलो अभिव्यक्ति दिएपछि गत जनवरीमा उनका समर्थकले अमेरिकी संसद भित्रै तोडफोड गरेका थिए।
सो घटना लगत्तै ट्रम्पका कारण हिंसा भड्किएको भन्दै दुई चर्चित सामाजिक सञ्जाल ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले ‘फ्रम द डेस्क अफ डोनाल्ड ट्रम्प’ भन्ने एउटा ब्लग खोलेका थिए।
तर, कमै मानिसले रुची राखेपछि सो ब्लग बन्द गरेर नयाँ एप लञ्च गर्न लागिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।