काठमाडौं– बुधबार बिहानैदेखि अबरुद्ध बनेको नेपाल टेलिकमको जीएसएम प्रिपेड र पोष्टपेड मोबाइल सेवा आंशिक रुपमा सुरु भएको छ। बुधबार बिहान प्राविधिक समस्या आएसँगै टेलिकमको मोबाइल सेवा अबरुद्ध बनेको थियो।
कोर प्रणालीमा समस्या आएकाले प्राविधिक टोलीले समाधान र समस्याको पहिचान गर्ने काम गरिरहेको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार अझै समस्या भने पहिचान हुन सकेको छैन।
प्रयोगकर्ताले टेलिकमभित्र वा अन्य नेटवर्कमा फोन गर्दा ’नेटवर्क नट एभाइलेबल’ को सूचना आएको थियो।
यसैबीच, टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस विषयमा ट्विटमार्फत क्षमा माग्दै समस्या समाधानको प्रयास भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।