• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसकारण भाँडियो एमालेमा भइरहेको ‘एकता’ प्रयास

64x64
डिबी खड्का सोमबार, असार ७, २०७८  २२:१७
1140x725

काठमाडौं- नेकपा एमालेमा चुलिएको संकट टार्न र पार्टीलाई एकताबद्ध पार्न भनेर अनौपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरुले केही दिन अघि मात्र वार्ता सहमति नजिक पुगेको दाबी गरेका थिए।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालपक्षले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मागसहित सर्वोच्चमा बुझाएको हस्ताक्षरलाई कसरी सेटल गर्ने भन्नेबारे मात्र सहमति हुन बाँकी रहेको बताएका थिए। यसलाई अन्तिम टुंगोमा पुर्याउने काम भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले गर्ने उनीहरुको भनाई थियो।

त्यसरी अनौपचारिक वार्तामा रहेका नेताहरुले तयार पारेको मस्यौदामा शीर्ष नेताहरुले चित्त नबुझाएपछि सोमबार एकाएक एकता प्रयासका लागि भइरहेको वार्ता भाँडिएको छ। नेपालपक्षले त ओलीले वार्तामा इमान्दार नदेखाएको र एकता प्रयास भाँड्न खोजेको आरोप लगाएको छ। सोमबार साँझ नेपाल स्वयम्ले नै आफूले पार्टीलाई एकताबद्ध पार्न देखाएको लचकतालाई कमजोरीका रुपमा लिइएको टिप्पणी गरेका छन्। ओलीपक्षले भने नेपालपक्षले माग थपेको आरोप लगाएको छ। 

र, ओली र नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु सहमतिको धेरै नजिक पुगेर पुरानै अवस्थामा फर्किएका छन्। वार्ता सकारात्मक हुँदै सहमतिको प्रारम्भिक खाका समेत तयार भइसकेका बेला एकता प्रक्रियामा गम्भीर समस्या आएको हो। दुवै पक्षका नेताहरुबीच छलफल भएपछि सहमतिको अन्तिम खाका तयार गर्न आइतबार बेलुकी नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। 

छलफलपछि तीन बुँदे सहमति गर्ने तयारी थियो। जहाँ पहिलो नम्बरमा थियो- नेकपा एमालेका सवै समिति र संरचना २०७५ जेठ २ अगाडिकै अवस्थाबाट अघि बढाउने। दोस्रो नम्बरमा नेकपा एमालेको अन्तरसंघर्षका समयमा भएका विवाद बिर्सिने र भएका कारबाही फिर्ता  गर्ने भनिएको थियो। 

तेस्रो बुँदामा एमाले एकतासँगै प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको समर्थन स्वत: फिर्ता हुने र उक्त हस्ताक्षर प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गर्न बाध्य भएका कारण गर्नुपरेको कुरा उल्लेख गर्ने भनिएको थियो। यसैलाई अन्तिम रुप दिने मोटामोटी सहमति दुवै पक्षका वार्तामा सहभागी नेताबीच भएको थियो। त्यसैले उत्साहित हुँदै नेपाल पक्षका तीन नेताहरु बालुवाटार पुगेका थिए। 

सहमति भाँडिने कारण
पहिलो नम्बर बुँदामा सवै संरचना जेठ २ कै अवस्थामा फर्काउने विषयमा ओली पक्षको समर्थन थियो तर, एकताअघि (२०७५ जेठ ३ गते) थपिएका केन्द्रीय सदस्यलाई मान्यता दिनुपर्ने उनीहरुको शर्त थियो। 

यहाँनेर नेपाल पक्षका नेताहरुको 'रिजर्भेसन' रह्यो। पछि थपिएका केन्द्रीय सदस्यकै तहको क्षमता भएका तर, एकताकालमा छुटेका केही नेपाल पक्षका नेताहरु पनि समेट्नुपर्ने विषय उनीहरुले अघि सारे। त्यसमा ओलीले कुरासमेत गर्न  नचाहेको नेपाल पक्षको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

माधव नेपाल र वार्तामा सहभागी नेताहरूबीच छलफल : ओली पक्षले एकता भाँडेको निष्कर्षसोमबार, असार ७, २०७८

तेस्रो नम्बर बुँदा सहमतिको मुख्य बाधक बन्यो। नेपाल पक्षले देउवाको पक्षमा गरेको हस्ताक्षर सहमति लगत्तै निष्प्रभावी हुने कुरामा लगभग सहमति जुटेको थियो। तर, ओलीले पटक-पटक प्रतिनिधी सभा विघटन गर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुपर्ने नेपाल पक्षको माग थियो। त्यही कारण नेपाल पक्षले विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भाषा सहमतिको खाकामा प्रस्तुत गर्न चाहेनन्। 

नेपाल पक्षको आरोप
बालुवाटारमा नेपाल पक्षका नेताहरुले ओली पक्षसँग छलफल गरिरहँदा यसलाई टुंगोमा पुर्‍याउने 'इमान्दारिता'को अभाव देखे। ‘ओली पक्षले एमालेको एकताका लागि भन्दा पनि सत्ता टिकाउने उद्देश्यबाट प्रेरित भएर वार्ता गर्न खोजिरहेको महशुस भयो,’ नेपाल पक्षका एक नेताले भने। 

जेठ २ मा फर्किने विषयलाई पनि ओली पक्षले वार्तापिच्छे नै फरक तरिकाले प्रस्तुत गरेको नेपाल पक्षका नेताहरु बताउँछन्। नेपाल पक्षको आरोप छ, ‘त्यही विषयलाई अनेक भाषा प्रयोग गरेर आफू अनुकुल बनाउन खोजियो, ठोस छलफलका लागि तयार हुनुभएन।‘

सत्ता जोगाउन ‘संविधानका विरोधी  र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने’ कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध ओली लागेको नेपाल पक्षको आरोप छ। वार्ता भाँडिएपछि सोमबार वक्तव्य जारी गर्दै नेपालले भने, 'असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।'

यो पनि पढ्नुहोस्

ओलीले एमाले एकता प्रयास भंग गर्न खोजेको माधव नेपालको टिप्पणी, भने- लचकतालाई कमजोरी ठानियोसोमबार, असार ७, २०७८

ओली पक्षको आशंका
नेपाल पक्षका दोस्रो तहका नेताहरु सहमतिका लागि तयार भए पनि वरिष्ठ नेता नेपालको अरुचि रहेको आशंका सुरुदेखि नै ओलीपक्षले गरिरहेको थियो। वार्ता चलिरहँदा नेपाल, विपक्षी गठबन्धनको बैठकमा सहभागी भइरहनुलाई पनि ओली पक्षले सकारात्मक रुपमा लिएन। वरिष्ठ नेता नेपालले घोषित रुपमा जेठ २ गते भने पनि 'एक व्यक्ति, एक कार्यकारी पद' बटमलाइन बनाएको ओली पक्षको बुझाइ छ। 

‘अहिल्यै नभए आगामी महाधिवेशनबाट अध्यक्ष पद ग्यारेन्टी गर्नुपर्ने मान्यता उहाँको छ। त्यसैले नेपाल पक्षका अरु साथीहरु जस्तो उहाँ सहमतिका लागि राजी हुनुहुन्न,’ ओली पक्षका एक नेताले भने। 

जेठ २ पुग्ने भनेको त्यो समय एमालेले गरेको अन्तिम माइन्युटमा थपिएका केन्द्रीय सदस्यलाई अन्यायमा पार्नु नरहेको कुरालाई नेपालले आत्मसाथ नगरेको ओलीपक्षको आरोप छ। ‘उल्टो आफू पक्षका क्षमतावानलाई समेत समेट्नुपर्ने भनेर जेठ २ मा फर्किने मागबाट अघि बढ्नुभयो,’ सहमति नहुनुको कारणबारे ओली पक्षका एक नेता भन्छन्। 

‘एकता असम्भव देखिएपछि भ्याकेट’

आइतबार नेपाल पक्षसँग भएको संवादमा एकता असम्भव देखिएपछि ‘भ्याकेट’मा जाने पूर्वनिर्णय कार्यान्वयन गरिएको ओली पक्षले जनाएको छ। 
तर, यसले एकताका लागि भइरहेको वार्ता प्रक्रिया भाँडेको नेपाल पक्षको आरोप छ। ओली पक्षले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सर्वोच्चमै साेमबार पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता गराएको हो।

महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएको छ। उक्त निवेदनमाथि सुनुवाई गर्न मंगलबार पेशी तोकिएको छ। 

कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको नेपालले बताएका छन्। 

उनले भनेका छन्, 'स्थायी समितिका नेतामाथि कथित कारबाही,  फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।' 

यो निवेदनबाट मात्रै वार्ता नभाँडिने ओली पक्षका नेता सुवास नेम्वाङ बताउँछन्। उनी भन्छन्, 'कारबाही फिर्ताको कुरा, पार्टीले सोच्ने कुरा सोचिहाल्छ। फ्लोर क्रस गर्ने कुरा अनुशासनसँग जोडिन्छ। त्यसलाई स्थापित गर्ने भन्ने कुरा हुँदैन। त्यही विषय भ्याकेट निवेदनमा छ।' प्रतिनिधी सभा विघटनका विषयमा असार ९ गते पेशी तोकिएको छ। त्यसअघि नै सहमति गर्ने नेताहरुको प्रयास यससँगै तुहिएको छ। 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्