काठमाडाैं- विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा भारतीय मुलका सत्या नाडेला नियुक्त भएका छन्। नाडेला अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ।
माइक्रोसफ्टमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी पाएको हो। उनी अध्यक्षमा निर्वाचित भए पनि सीईओको जिम्मेवारीसमेत निर्वाह गरिरहेको कम्पनीले जनाएको छ।
माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन थिए। नाडेल माइक्रोसफ्टको सीईओ थिए।
माइक्रोसफ्टका संस्थापक विल गेट्सले सीईओको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए। सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए।
संस्थापक गेट्स अध्यक्षको जिम्मेवारीबाट सन् २०१४ मा बाहिरिएका थिए। संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।
अहिले उनी पनि बाहिरि सकेका छन्। अहिले माइक्रोसफ्टको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।