• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेशमा अन्तरिम आदेश : हतारमा जारी गर्ने राष्ट्रपतिलाई अदालतले दिएको सन्देश के हो? 

64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  ०८:५१
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका अध्यादेशहरु राम्रोसँग अध्ययन नै नगरी प्राप्त भएको केही घण्टामै जारी गर्ने गरेको भनेर राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भइरहन्छ। विपक्षी दल मात्र होइन, संविधान र कानुनका विज्ञहरुले पनि उनको यस्ता कदमको विरोध गर्दै आएका छन्।

राष्ट्रपतिले यसरी नै हतारमा जारी गरेको अध्यादेश थियो- नेपाल नागरिकता अध्यादेश। जसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भयो। र, बिहीबार सर्वोच्चको संवैधानिक इजलासले उक्त अध्यादेश कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गर्‍यो। 

सर्वोच्चको अन्तरिम आदेशले राष्ट्रपतिलाई केही सन्देश दिएको कानुनविदहरुले टिप्पणी गरेका छन्। आदेशले अध्यादेश जारी गर्ने राष्ट्रपतिको बारेमा केही नबालेको भएपनि आउँदा दिनमा राष्ट्रपतिले निर्णय गर्दा सोच्नुपर्ने सन्देश प्रवाह भएको उनीहरुको तर्क छ। संविधानको संरक्षकको भूमिकामा रहेकी राष्ट्रपतिले जारी गरेको अध्यादेश कार्यान्वयन नगर्नू भनी सर्वोच्चले गम्भीर प्रश्न उठाएर अन्तरिम आदेश जारी गरेकाले आगामी दिनमा अध्यादेश जारी गर्दा विचार पुर्‍याउनुपर्ने  कानुनविदहरुको भनाइ छ। 

यो पनि पढ्नुहोस्

राष्ट्रपतिबाटै सखाप शीतलनिवासको साख !बिहीबार, जेठ ६, २०७८

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संवैधानिक राष्ट्रपतिलाई सरकारले गरेका सिफारिस रोक्ने अधिकार नभएको तर, कस्ता अध्यादेश तत्काल आवश्यक हो कि होइन भनेर प्रधानमन्त्रीलाई राय सल्लाह भने दिनुपर्ने देखिएको बताए। दीर्घकालीन महत्वका कानुन अध्यादेशबाट ल्याउँदा त्यसमा राष्ट्रपतिले केही समय छलफल गर्ने र रोक्ने कार्य गर्नुपर्ने उनको सुझाव छ। ‘राष्ट्रपतिलाई अध्यादेश नै जारी नगर्ने भन्ने अधिकार संविधानले दिएको छैन’, शाक्यले भने, ‘प्रमुख कार्यकारीले सिफारिस गरेकाले जारी गर्नुपर्ने हुन्छ। तर, संविधानको संरक्षक भएको दायित्वले संघीय संसद्ले सघन छलफल गरेर ल्याउनुपर्ने कानुनमा भने फिर्ता गरेर संसद्‌बाट ल्याउनु भन्न सक्नुपर्छ।’  

राष्ट्रपतिले सरकारबाट जस्तो आउँछ त्यसलाई धमाधम सदर मात्र गर्ने दायित्वबाट माथि उठेर निर्णय गर्नुपर्ने अवस्था नागरिकता अध्यादेशमा सर्वोच्चको आदेशपछि देखिएको उनको बुझाइ छ। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिले अध्यादेश जारी गर्दा त्यसको आवश्यकता र संविधानले भनेको तत्काल आवश्यकता हो कि हैन भन्ने कुरा विचार गर्नुपर्ने बताए। ‘सरकारले त जस्तो पनि अध्यादेश ल्याउन सक्छ’, ज्ञवालीले भने, ‘राष्ट्रपतिले सिधै जारी गर्दिनँ भन्न सक्नुहुन्न तर, यो अहिले आवश्यक छैन संसदबाट ल्याउनू भनेर सुझाव त दिनसक्नुहुन्छ नि!’

तर, अहिले सरकारले जस्तो अध्यादेश ल्याउँछ त्यसलाई छाप लगाएर सदर गर्ने काम राष्ट्रपतिबाट भइरहेको उनले बताए। जसका कारण नागरिकता अध्यादेशका विषयमा सर्वोच्चले संसद्को अधिकार क्षेत्र र कानुन बनाउने स्थानको बारेमा सम्झाएर आदेश दिनुपरेको ज्ञवाली बताउँछन्। 

आफूले जारी गरेका हरेक अध्यादेश विवादमा पर्दै गए वा सर्वोच्च अदालतमा चुनौती दिन थालियो भने त्यसले राष्ट्रपतिमाथि पनि नैतिक प्रश्न उठ्ने ज्ञवालीले बताए। राष्ट्रपतिले संविधानको संरक्षकको दायित्व पूरा गरेको नदेखिनुका साथै कार्यकारीसँग मिलेर कानुन बनाउने प्रतिनिधिहरुको थलो संसद्को अधिकार खोसेको पनि ठहर हुने उनको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विवादको श्रृंखलामा राष्ट्रपति
दोस्रोपटक राष्ट्रपति भएकी भण्डारी सुरुदेखि नै विवादित बनिन्। शपथ लिएदेखि पहिलो र दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दा उनले जसरी कार्यकारीको छायाँको रुपमा काम गरिन् त्यसले उनी समग्र देशको भन्दा पनि कुनै पार्टीको एक गुटको राष्ट्रपति भएको भनी आलोचना भइरहेको छ। उनले पुस ५ गते संविधानले नदिएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले गरेको विघटनको सिफारिस आउनेबित्तिकै सदर गरिन् भने दोस्रोपटक जेठ ८ गते मध्यराति प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा फेरि विघटन गरिदिइन्। 

यो पनि पढ्नुहोस्

नियन्त्रणविहीन शासन चलाउने ओलीको चाहनामा न्यायालयको लगामशुक्रबार, जेठ २८, २०७८

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ को ५ अनुसार सरकारको दाबीका लागि १४९ जना प्रतिनिधि सभा सदस्यको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले त्यसको परीक्षण नै नगरी प्रतिनिधि सभा विघटन गरेकी थिइन्। यो विवाद अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ। 

सर्वोच्चको संवैधानिक इजलासले उक्त दिनको निर्णय र दलहरुले पेश गरेका सबै विवरण उपलब्ध गराउन आदेश समेत गरिसकेको छ। राष्ट्रपतिले गरेको निर्णयविरुद्ध सर्वोच्चमा असार ९ गते देखि अन्तिम सुनुवाइ हुँदै छ। विघटन बदर भएमा राष्ट्रपतिले गरेको निर्णय फेरि अर्कोपटक गैरसंवैधानिक ठहर हुनेछ। यस्तो अवस्थामा उनले सम्पादन गरेको कार्यमा पक्कै पनि नैतिक प्रश्न उठ्ने संविधान र कानुनका जानकारहरु बताउँछन्।  

राष्ट्रपतिको सहयोगमा 'अध्यादेश शासन'मा रमाउँदै ओली 
प्रधानमन्त्री ओलीको सिफारिसमा एक वर्षमा राष्ट्रपति भण्डारीले २४ वटा अध्यादेश जारी गरेकी छन्। वैशाख पछिमात्र उनले १५ वटा अध्यादेश जारी गरेकी छन्। करिब २ वर्ष नेकपाको बहुमतको सरकार चलाएका ओली जब पार्टीभित्रबाटै प्रश्न उठ्ने तहमा पुगे तब अध्यादेशको सहारा लिन थाले।

यो पनि पढ्नुहोस्

सदन मास्ने, अध्यादेश फलाउने : तीन हप्तामा जारी भए ११ अध्यादेशबुधबार, जेठ १२, २०७८

सुरुका दिनमा प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट देश चलाउने अभ्यास थालेका ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा नै विघटन गरिदिए। पहिलो पटक भएको विघटन सर्वोच्चले बदर गरेपछि फेरि पनि विघटन गर्दै उनले अध्यादेशबाटै शासन चलाउने क्रम जारी राखेका छन्। बजेट ल्याउने संवैधानिक व्यवस्थाका कारण अप्ठेरोमा परेपछि उनले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशबाटै पूर्ण आकारको बजेट ल्याए।

जेठ १५ मा बजेट संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, त्यसअघि नै ओलीले जेठ ८ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरे। जसलाई पनि राष्ट्रपतिले हतार-हतार सदर गरिदिइन्। पछिल्लो पटक उनले जेठ २३ गते स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट सिफारिस गरेका थिए। उक्त अध्यादेश जारी भएर लागू भइसकेको छ।

निष्क्रिय अध्यादेश दोहोर्‍याइए 
गत वैशाख २१ गते मात्रै सात वटा अध्यादेश जारी गरिएको थियो। वैशाख २२ गते एउटा, जेठ ६ गते दुईवटा र जेठ ९ गते एउटा अध्यादेश जारी भएका छन्। यीमध्ये अधिकांश पहिले पनि जारी भइसकेका थिए। 

यो पनि पढ्नुहोस्

संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेशबुधबार, वैशाख २२, २०७८

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश त तेस्रो पटक जारी भएको हो। २०७७ वैशाख ८ गते पहिलोपटक जारी भएको यो अध्यादेश २०७७ मंसिर ३० गते पनि जारी गरिएको थियो। यसरी तीन–तीन पटक एउटै अध्यादेश ल्याउनुको आवश्यकता के हो भनेर राष्ट्रपतिले एकपटक पनि नसोधी जारी गर्दा संविधानको व्यवस्था नै धरापमा पर्न सक्ने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको भनाइ छ। 

हतार-हतार अध्यादेश ल्याउने प्रधानमन्त्री र राष्ट्रपति दुवैमाथि प्रश्न उठ्ने उनको भनाइ छ।

वैशाखपछि जारी भएका अध्यादेशहरू :
वैशाख २१
-यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
-फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
-औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
-संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
-सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
-नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
-तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
वैशाख २२
-रेल्वे अध्यादेश, २०७८
जेठ ६
-शपथ सम्बन्धी अध्यादेश, २०७८
-कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८
जेठ ९
-नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
जेठ १५ 
-बजेट सम्बन्धी अध्यादेश 
१. आर्थिक अध्यादेश, २०७८ 
२. विनियोजन अध्यादेश, २०७८ 
३. राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ 
जेष्ठ २३ 
-स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द श... सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभएको आशय व्यक्त गरेपछि आफू अचम्मित भएको शर्... सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्