• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदन मास्ने, अध्यादेश फलाउने : तीन हप्तामा जारी भए ११ अध्यादेश

64x64
किशोर दहाल बुधबार, जेठ १२, २०७८  २२:०८
1140x725

काठमाडौं– गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठक बेलुका सवा ५ बजेतिर सकियो। त्यस दिन मन्त्रिपरिषद्ले तीन वटा अध्यादेश सिफारिस गर्ने निर्णय गर्‍यो। त्यसको करिब सवा एक घण्टापछि राष्ट्रपति कार्यालयका वेबसाइटमा दुई वटा अध्यादेश जारी भएका सूचना प्रकाशित भए। जारी भएका अध्यादेशहरु थिए- शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८।

मन्त्रिपरिषद्ले निर्णय गर्ने र राष्ट्रपतिले सदर गर्ने समयावधिको यो हतारोले संविधान र पद्धतिलाई कुनै किसिमले मलजल गरेको छैन। बरु अध्यादेशको परिकल्पनाकै धज्जी उडेको बताउँछन् संविधान/कानुनविद् तथा राजनीतिक विश्लेषकहरु।

संसद् चालु नरहेको अवस्थामा तत्कालको आवश्यकता सम्बोधन गर्ने प्रयोजनको लागि अध्यादेश जारी गर्ने प्रचलन रहँदै आएको थियो। नेपालको संविधानले पनि सोही आवश्यकतालाई संकेत गरेको छ। ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’, संविधानको धारा ११४ (१) मा भनिएको छ।

संविधानले सरकारलाई संसद नभएको समयमा अध्यादेश ल्याउने अधिकार दिएको भए पनि त्यो अधिकारको अहिले भरपुर दुरुपयोग भइरहेको बताउँछन्, वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली। ‘सरकारले कामै गर्न नपाए, केही समय फेरि संसद नआउञ्जेलसम्मका लागि अध्यादेश ल्याउने संविधानको परिकल्पना हो। तर, सरकारले त मनलाग्दी अध्यादेश जारी गरिरहेको छ’, उनले भने।

पछिल्ला तीन हप्तामा ११ वटा अध्यादेश जारी गरिएको छ। गत वैशाख २१ गते मात्रै सात वटा अध्यादेश जारी गरिएको थियो। वैशाख २२ गते एउटा, जेठ ६ गते दुइटा र जेठ ९ गते एउटा अध्यादेश जारी भएका छन्। यी मध्ये अधिकांश पहिले पनि जारी भइसकेका हुन्, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश त तेस्रो पटक जारी भएको हो। गत २०७७ वैशाख ८ गते पहिलो पटक जारी भएको यो अध्यादेश २०७७ मंसिर ३० गते पनि जारी गरिएको थियो। यस्तो शैली संविधानविरोधी भएको बताउँछन्, सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी। ‘हरेक दिन अध्यादेश जारी गर्ने तर सदनमा पेशचाहिँ नगर्ने, संविधानमाथि नै खेलवाड भएको छ’, उनी भन्छन्, ‘जवाफदेहीविहीन शासकको शैलीमा काम भइरहेको छ। यो गलत अभ्यास हो र गैरसंवैधानिक कार्य हो।‘

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामाथि पुन: प्रतिशोधशनिबार, जेठ ८, २०७८

दोहोर्‍याएर, तेहर्‍याएर ल्याइएका अध्यादेशलाई ऐन नै बनाएर दीर्घकालीन कानुन बनाउन सरकारसँग पर्याप्त समय थियो। तर, संसद्मा पेश गर्नुपर्ने, संसदीय समितिहरुमा सांसद्हरुले उठाएका कडा प्रश्नहरुको जवाफ दिनुपर्ने, विधेयकमा सांसद्हरुले गर्ने परिवर्तनलाई स्वीकार गर्नुपर्ने जस्ता प्रक्रियालाई सरकारले रुचाएन। अध्यादेश जारी गराउँदा आफ्नो स्वेच्छाले प्रावधानहरु लाद्न पाइने तर कतै जवाफ दिनु नपर्ने भएपछि सरकारले यसैलाई सजिलो ठान्दै गएको पाइन्छ।

प्रतिनिधि सभा सरकारले जवाफ दिनुपर्ने बाध्यकारी थलो मात्रै होइन, कानुन निर्माणका निम्ति गठित संस्था पनि हो। सामान्य अवस्थामा त्यहीँ हुने मन्थनले सबैलाई स्वीकार्य हुने गरी कानुन निर्माण गरिन्छ। तर, प्रधानमन्त्री ओलीले प्रतिशोधपूर्ण ढंगले प्रतिनिधि सभाको विघटन गरिदिए। गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सफलता पाउन नसकेका उनले दोस्रो पटक सबै परिस्थिति आकलन गरेर र तयार पारेर मध्यरातमा पुनः विघटनमा अग्रसरता देखाए। त्यसैले ‘सदन मास्ने र अध्यादेश फलाउने’ उनको शैलीको आलोचना हुनु स्वाभाविक छ। 

सरकारले संवैधानिक हकको ‘दुरुपयोग’ गर्दै जारी गरिएका प्रायः अध्यादेशहरुको आवश्यकता र औचित्य सार्वजनिक रुपमा पुष्टि गर्न सकेको पनि पाइँदैन। शपथ सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीको व्यक्तिगत अंह तुष्टिका लागि जारी गरिएको भनेर आलोचना भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर, पछिल्ला हप्तामा उनले संसद्‌मा विधेयकमाथि छलफल चलिरहेका सो सम्बन्धित अध्यादेश ल्याउने प्रचलन पनि सुरु गरिसकेका थिए। वैशाख २२ गते सरकारले रेल्वे अध्यादेश जारी गर्‍यो। तर, २०७६ पुसमै ल्याइएको रेल्वे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल सकिइसकेको थियो। प्रतिवेदन समेत समितिबाट पारित भइसकेको छ। तर, त्यसलाई अघि बढाउन सरकारले चासो देखाएन। बरु अध्यादेश जारी गरिदियो। ‘सदनमा विधेयकमाथि छलफल चलिरहेको बेलामा अध्यादेश ल्याउने कुराचाहिँ मलाई थाहा थिएन। यो मेरो लागि नयाँ कुरा हो’, समिति सभापति पर्शुराम मेघीको भनाइ छ।

गत जेठ ७ गते राति (८ गते बिहान) प्रतिनिधि सभा विघटन गरिएपछि सरकारको हैसियत कामचलाउ भएको छ। कामचलाउ सरकार सामान्यतयाः अर्को सरकारलाई कार्यभार सुम्पिनुअघि राज्यका दैनिक प्रशासनिक काम गर्ने हो। यस्तो सरकारले नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय लिने अपेक्षा गरिँदैन। तर, ओली नेतृत्वको सरकारले आफूलाई यस्तो नैतिक प्रश्नबाट बाहिर राख्ने प्रयत्न  गरेको छ। प्रतिनिधि सभा विघटन गरेर आफूले जवाफ दिने जनताको प्रतिनिधिमूलक थलोलाई पन्छाएको सरकारले नागरिकता जस्तो संवेदनशील र दीर्घकालीन महत्वको विषयसँग सम्बन्धित अध्यादेश जारी गरेको छ। अझ उसले यो विषयलाई सत्ता सौदाबाजीको अस्त्र समेत बनाएको  देखिन्छ।

यो पनि पढ्नुहोस्

संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेशबुधबार, वैशाख २२, २०७८

जबकि, नागरिकता विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षसम्म छलफल गरेको थियो। त्यसलाई समितिले गत वर्ष असारमा पारित गरेर प्रतिनिधि सभामा प्रतिवेदन समेत पेश गरिसकेको थियो। सरकारले चाहना राखेको भए त्यो विधेयक त्यतिबेलै पारित भएर ऐन बनिसक्थ्यो। त्यो दीर्घकालीन र वैधानिक पनि बन्थ्यो। तर, संसद हुँदासम्म त्यसमा पटक्कै रुचि नदेखाएको सरकारले संसद मासिसकेपछि कामचलाउ सरकारको हैसियतमा यति संवेदनशील विषयमा अध्यादेश जारी गरेको छ। 
०००
पछिल्लो तीन हप्तामा जारी भएका अध्यादेशहरुः

वैशाख २१

  • यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
  • फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
  • औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
  • संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
  • सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
  • नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
  • तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

वैशाख २२

  • रेल्वे अध्यादेश, २०७८

जेठ ६

  • शपथ सम्बन्धी अध्यादेश, २०७८
  • कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८

जेठ ९

  • नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
     

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्