• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभामाथि पुन: प्रतिशोध

64x64
किशोर दहाल शनिबार, जेठ ८, २०७८  ०९:००
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेका छन्। गत पुस ५ मा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले फागुन ११ गते ब्युँत्याइदिएको थियो। तर, त्यसको तीन महिना पनि नबित्दै ओलीले दोस्रो प्रहार गरेका हुन्।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार शनिबार बिहान १ बजेर ४९ मिनेटमा राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय भएको जनाएको छ।

पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि त्यसको औचित्य साबित गर्न प्रधानमन्त्री ओलीले सदनले सहयोग नगरेको आशयबाट अभिव्यक्ति दिएका थिए। उनको चाहना विपरीत फागुन ११ मा प्रतिनिधि सभा ब्युँतियो। तर उनले सो सभालाई सहयोग गरेनन्। ब्युँतिएको प्रतिनिधि सभाको सातौं अधिवेशनभर चलेका एउटा पनि बैठकमा उनले भाग लिएनन्। अर्कोतिर, संसद्लाई बिजनेश दिनुपर्ने दायित्व पनि पूरा गरेनन्। बरु, सदन र सभामुखप्रति दैनिकजसो रोष व्यक्त गरिरहे। साथै, अध्यादेशहरु जारी गरेर त्यसकै आधारमा शासन चलाउने ‘अलोकतान्त्रिक’ शैली अपनाए।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिबाटै सखाप शीतलनिवासको साख !बिहीबार, जेठ ६, २०७८

संसद् पुनःस्थापित भएपछि त्यसलाई प्रभावकारी बनाउनुभन्दा पनि निर्वाचनकै लागि माहोल बनाउने काम प्रधानमन्त्रीबाट भइरहेको थियो। त्यो कुरा उनले लुकाएका पनि थिएनन्। जस्तो, गत चैत २१ गते १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकको बालुवाटारबाट उद्घाटन गर्दै उनले भनेका थिए- ‘संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ। देश, जनता, विकासको आवश्यकता अनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ। यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ।‘

प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदमलाई सही थियो भन्ने स्थापित गराउन अनेक पटक भाषणमा उस्तै अर्धसत्य दोहोर्‍याइरहेका थिए। ‘विद्यमान राजनीतिक परिस्थितिभित्र प्रतिनिधिसभाबाट मुलुकमा राजनीतिक स्थिरता र अग्रगति हासिल गर्न सहज छैन भन्ने तथ्य प्रतिनिधिसभा पुनःस्थापना यताका एक महिनाका घटनाक्रमले नै पुष्टि गरिरहेका छन्। ताजा जनादेश सम्बन्धी हाम्रो निर्णयको औचित्य समयक्रममा थप पुष्टि हुँदै आएको छ, आगामी दिनमा झनै हुँदै जानेछ,’ गत वैशाख ६ गते बालुवाटारमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा उनले पेश गरेको राजनीतिक प्रतिवदेनमा भनिएको छ।

आफ्नो कदमप्रति उनी कतिसम्म दृढ देखिन्थे भने सर्वोच्च अदालतको फैसलापछि पनि आफूलाई गल्ती गरेको भन्ने नलागेको बताउने गर्थे। ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्रै होइन। निद्रामा पनि गलत लागेको छैन। अदालतले ठीक छैन भन्यो। अदालतको फैसलापछि अहिलेसम्मको गति हेर्दाखेरी डुंगा त गन्तव्यतिर गइरहेको जस्तो त लाग्दैन,’ शुक्रबार बालुवाटारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भनेका थिए।

यी कुराहरुको निष्कर्ष के हो भने, पुस ५ को कदमलाई अदालतले सच्याएपछि पनि प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदम सही थियो भन्ने स्थापित गराउन लागिपरहेकै थिए। त्यसका लागि प्रतिनिधि सभालाई प्रभावकारी ढंगले चल्न नदिएर त्यसको औचित्य थिएन भन्ने देखाउने, पार्टीभित्र विश्वासको वातावरण नबनाई विभाजित अवस्थामै राख्ने, आफूलाई सहयोगी हुनसक्ने समीकरणका लागि जसपाजस्ता दलमा खेल्ने, अध्यादेशहरु जारी गरेर आफ्नो हितका लागि कानुनी हतियार तयार गरिराख्ने, राष्ट्रपतिलाई विश्वासमा लिइराख्ने जस्ता काममा उनी व्यस्त थिए। अब प्रतिनिधि सभाबाट आफूलाई विश्वासको मत पनि आउँदैन, अर्को सरकार पनि बन्दैन र प्रतिनिधि सभा विघटन गरेर अघि बढ्न सहज हुने आकलन भएपछि उनी अगाडि बढेका  थिए। फलस्वरुप गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेका थिए। केही हप्ताको राजनीतिक घटनाक्रम उनले तयार गरेको खेस्रा अनुसार नै अघि बढ्यो।

प्रतिनिधि सभाबाट उनले विश्वासको मत पाएनन्। र, नयाँ सरकार गठनको लागि अर्को पक्षलाई बहुमत पुर्‍याउन पनि दिएनन्। त्यसका लागि उनले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई हातमा लिए। ठाकुर–महतो पक्षले आफूहरु सरकार गठन–विघटनको सवालमा तटस्थ रहेको बताए। तर, शुक्रबार भने ओलीलाई प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्दै जसपाका सबै सांसद्हरुको तर्फबाट आफैंले हस्ताक्षर बुझाइदिए।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबार प्रधानमन्त्रीले सोचेजस्तो भएको थिएन। उनले विपक्षीहरुले गठबन्धन बनाउन नसक्ने आकलन गरेका थिए। तर, भइदियो उल्टो। दिउँसोसम्ममा कांग्रेस, माओवादी केन्द्र, जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपाल पक्षको हस्ताक्षर जुट्यो। १४९ जनाको हस्ताक्षर सहित मुख्य नेताहरु शीतल निवास प्रस्थान गरेका थिए। तर, त्यसबारे जानकार ओलीले उनीहरुभन्दा अघि नै शीलत निवास छिरेर आफ्नो दाबी प्रस्तुत गरे। उनले आफ्नो दलको १२१ जनाको तर्फबाट आफैंले हस्ताक्षर गरेका थिए। अर्कोतिर, जसपाका ३२ जनाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयको सूचना अनुसार उनले १५३ जनाको समर्थन रहेको दाबी गरेका थिए।

जबकि, गत बिहीबार मात्रै प्रधानमन्त्री ओलीले ‘मौजुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्‍न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले’ नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न ‘अनुरोध’ गरेका थिए।

शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा पनि उनले आफूले विश्वासको मत पाउने आधार नरहेकोले नयाँ सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन सजिलो होस् भनेर नयाँ प्रक्रिया अनुसार सरकार गठनको लागि मार्ग प्रशस्त गरेको बताएका थिए। त्यति मात्रै होइन, उनले ‘म दिक्क भइसके सरकार चलाउन, मन छैन’ भनेका थिए। तर, केही बेरपछि नै १५३ जनाको ‘समर्थन’ छ भन्दै शीतल निवास पुगेका थिए। उनको यो हतारो देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नलाई राष्ट्रपतिलाई कुनै किसिमको निहुँ दिनुथियो बन्ने बुझ्न सकिन्छ। प्रक्रियाई विवादित बनाइदिने र आफू अनुकूल परिस्थिति बनाउने ‘हरुवा प्रवृत्ति’ उनले अख्तियार गरे।

२७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनेक्रममा होस् वा शुक्रबार पत्रकारहरुसँग भेटघाट गर्दा होस्, उनले सिधा भाषामा प्रतिनिधि सभा जोगाउने हो भने आफूलाई मत दिन भनेका थिए। आफूलाई विश्वासको मत नदिने हो भने प्रतिनिधि सभा विघटन हुने उनको भनाइ थियो। निर्धक्क साथ आफ्नो लाइन प्रष्ट पारेका उनले सोही अनुसार अघि बढिरहेका थिए र बिहीबारदेखि शुक्रबारसम्मको घटनाक्रम त्यसैबाट प्रेरित थिए भन्ने बुझ्न गर्न सकिन्छ।

संविधान निर्माता र संविधानविद्हरुको तर्क अनुसार, धारा ७६ (५) ले व्यक्तिगत रुपमा सांसद्हरुले गरेको हस्ताक्षरलाई गणना गरिन्छ। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद तर्कहरु अघि सार्दै देउवा र ओली दुवैको दाबी नपुगेको निर्णय लिइन्। त्यो मूलतः प्रतिनिधि सभा विघटन गराउने ओलीको चाहनालाई सहयोग पुर्‍याउने निर्णय थियो।

आफ्ना योजनाहरुमा उनी कतिसम्म प्रतिबद्ध र आतुर देखिए भने राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीमा गरिएका दुवै दाबी अस्वीकृत गरिएको औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै मन्त्रिपरिषद्को बैठक बोलाइसकेका थिए। औपचारिक सूचना जारी भएपछि प्रतिनिधि सभा विघटनका लागि मन्त्रिपरिषद् बैठक बस्यो र सिफारिस गर्‍यो। र राति नै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरिन्। न प्रधानमन्त्री ओलीले नयाँ परिस्थितिमा दलहरुबीच छलफल गरेर विश्वासको वातावरण बनाउने धीरता प्रदर्शन गरे, न त राष्ट्रपतिले नयाँ परिस्थितिका लागि परामर्श गर्न आवश्यक ठानिन्। जे भयो, रातारात भयो। हतारहतारमा भयो।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्