• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेश

64x64
किशोर दहाल बुधबार, वैशाख २२, २०७८  २२:४९
1140x725

काठमाडौं– आफैंले डाकेको प्रतिनिधि सभाको अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनदिनै अध्यादेश जारी गर्न थालेकी छन्। मंगलबार मात्रै सात वटा अध्यादेश जारी गरेकी उनले बुधबार फेरि अर्को एक अध्यादेश जारी गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमा अध्यादेशबाट शासन चलाउने रहर बढ्दै गएको यसरी तारन्तार जारी भइरहेका अध्यादेशले पुष्टि गर्छन्।

सदन चालु नरहेको अवस्थामा एकदमै ठूलो आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भयो भने अध्यादेश ल्याइने बताउँछन् संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य। तर, त्यो आवश्यकता देखिनुपर्ने उनको  भनाइ छ। ‘अहिले कोभिडसँग सम्बन्धित अध्यादेश आएको भए ‘जस्टिफाइ’ हुन्थ्यो’, उनी भन्छन्।

सरकारले ल्याइरहेका केही बाहेक अन्य अध्यादेशको ‘ठूलो’ आवश्यकता पुष्टि भएका छैनन्, न आम रुपमै तिनको औचित्य पुष्टि भएका छन्। बरु, पछिल्लो एक वर्षको शैली हेर्दा कतिबेला संसद् अधिवेशन अन्त्य होला र अध्यादेश ल्याउँला भनेर सरकार तयार भएर बसेको जस्तो देखिन्छ। अर्कोतिर, भएकै कानुन छल्नलाई अध्यादेशको सुविधा प्रयोग गरिएको देखिन्छ। त्यसको प्रष्ट उदाहरण संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिन सकिन्छ। मंसिर ३० गते दोहोर्‍याएर ल्याइएको यो अध्यादेशमार्फत ओलीले आफू अनुकूल झन्डै तीन दर्जन नियुक्ति दिलाए। ती नियुक्तिहरुमा त संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक अपेक्षा पनि पूरा भएन।

‘अध्यादेश ल्याउन पाउने संवैधानिक अधिकारको प्रशस्तै दुरुपयोग भएको छ। अस्ति सरकार आफैंले अधिवेशन अन्त्य गर्‍यो। फेरि २७ गतेका लागि एक दिने अधिवेशन बोलाइएको छ’, आचार्य भन्छन्, ‘यसरी अध्यादेश ल्याउनु त्यति ‘फेयर’ लाग्दैन।'

संसदीय प्रक्रियाप्रति अरुचि
संसद्को पाँचौँ अधिवेशन २०७६ चैत २४ गते सकिएको थियो। सभामुख चयन र कोरोनाको बढ्दो त्रासका बीच प्रभावित बनेको पाँचौं अधिवेशनले खासै काम गर्न पाएन। छैटौं अधिवेशन २०७७ वैशाख २६ गते सुरु भयो। यसबीचमा ३२ दिनको अन्तर थियो। तर, सरकारले वैशाख ८ मै दुईवटा अध्यादेश जारी गर्‍यो। न अघिल्लो अधिवेशनमा सो सम्बन्धी विधेयक ल्याउने हतारो गर्‍यो, न पछिल्लो अधिवेशनका लागि केही दिन कुर्‍यो। उसले त अध्यादेशको औचित्य पुष्टि पनि गर्न सकेन। परिणामतः ती दुवै अध्यादेश चार दिनमै खारेज भए।

गत वर्ष असारदेखि भने प्रधानमन्त्री ओलीमा रहेको संसदीय प्रक्रियाप्रति अरुचि र अध्यादेशप्रति मोह प्रष्ट हुन थालेको हो। नेकपाको जारी स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीका निम्ति असहज भएपछि उनले असार १८ गते हठात् संसद्को अधिवेशन अन्त्य गरिदिए। दलभित्रको विवादमै केही समय गुजारेका उनले असोजदेखि फटाफट अध्यादेश ल्याउन थाले।

संसद्को एउटा अधिवेशन र अर्को अधिवेशनबीचको समयावधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान छ। प्रधानमन्त्री ओलीले सो समायावधिलाई राम्रैसँग प्रयोग गरे। पुस १७ गतेसम्म अर्को अधिवेशन सुरु गर्नैपर्ने बाध्यता थियो। तर, मंसिर ३, २१ र ३० गते गरी चार वटा अध्यादेश जारी गरियो। तर, पुस १७ गते पनि बैठक बोलाउने ओलीको मनसाय रहेनछ भन्ने कुरा पुस ५ गते पुष्टि भयो, त्यही दिन उनले प्रतिनिधि सभा नै विघटन गरिदिए। अधिवेशन सुरु गर्नैपर्ने बाध्यताको समय १२ दिन बाँकी छँदा उनले प्रतिनिधि सभा नै विघटन गरिदिएका हुन्। उता राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते बोलाइयो। तर, २६ गते चौथो बैठक राखी अधिवेशन नै अन्त्य गरियो।

सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन सुरु भयो। तर, सरकारले बिजनेश नदिएको गुनासो भइरह्यो। बरु प्रतिनिधि सभाको कामै थिएन, कामै गर्न सकेन भन्ने सार्वजनिक आक्षेप प्रधानमन्त्रीले लगाइरहे। त्यतिकैमा वैशाख ६ गते अधिवेशन अन्त्य गरियो। प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष प्रयोजनका लागि वैशाख २७ गतेका लागि अधिवेशन बोलाइएको छ। सामान्यतया सो समय नियमित अधिवेशनकै हो। यसैबीचमा पनि आठ वटा अध्यादेश जारी भइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘संवैधानिक र कानुनी राज्यको लागि यसरी बारम्बार आउने अध्यादेशले ठूलो क्षति पुर्‍याउँछ’, आचार्य भन्छन्, ‘किनभने कानुनी राज्य भनेको जनताको विश्वासमा टिक्ने कुरा हो। यस्तो क्रियाकलापले जनतामा राज्यका निकायप्रति विश्वास घट्दै जान्छ।‘

एक वर्षमा १८ अध्यादेश
संसद् चालु नरहेको बेलामा सरकारले अध्यादेश ल्याउने संवैधानिक प्रावधान भए पनि २०७७ वैशाखमा ल्याइएका दुई अध्यादेश भने निकै विवादित बने। अमुक दल फुटाउने उद्देश्यले ल्याइएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक आयोगहरुमा आफू अनुकूल नियुक्ति गर्न सहज हुनेगरी ल्याइएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेशलाई फिर्ता लिन सत्तारुढ दलभित्रै विरोध भएपछि १२ गते दुवै अध्यादेश फिर्ता लिइयो। ती अध्यादेशपछि नै सरकारको अध्यादेश मोहबारे बढी चासो र विरोध व्यक्त हुन थालेको हो।

२०७७ वैशाख ८ मा ल्याइएका ती दुई अध्यादेशसहित २०७८ वैशाख २२ सम्म आइपुग्दा सरकारले १८ अध्यादेश ल्याइसकेको छ। तीमध्ये कतिपय दोहोर्‍याएर जारी गरिएको छ। २०७७ वैशाखमा जारी गरेर पछि खारेज गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ मंसिर ३० गते पुनः जारी गरिएको थियो। तर, त्यसबीचमा झन्डै दुई महिना छैटौं अधिवेशन चल्दा पनि त्यसलाई विधेयकको रुपमा ल्याउने प्रयास गरिएन। सोही अध्यादेश मंगलबार तेस्रो पटक ल्याइएको छ।

मंगलबार जारी भएका सबै अध्यादेश यसअघि पनि जारी भएका छन्। तर, बीचमा संसद्को सातौं अधिवेशन बसिसकेको थियो। प्रतिनिधि सभाको पहिलो बैठक (२०७७ फागुन २३) मा सरकारले प्रस्तुत गर्न लागेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई विपक्षीले अवरोध गरेका थिए। त्यही निहुँमा सरकारले अन्य अध्यादेश पनि प्रस्तुत गरेन।

बुधबार रेल्वे अध्यादेश ल्याइएको छ। तर, २०७६ पुसमै ल्याइएको रेल्वे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल सकिइसकेको थियो। ‘हामीले त्यसलाई समितिबाट पास गरिसकेका थियौं। प्रतिवेदन तयार गरेर समितिबाट काम सकेका छौँ। सदन चालु नभएर अड्किएको हो’, समिति सभापति पर्शुराम मेघी गुरुङ भन्छन्।

सामान्यतयाः सदनमा भएका विधेयकहरु सरकारले फिर्ता गरेर अर्को अध्यादेश वा विधेयक ल्याउन सक्ने आफ्नो बुझाइ रहेको गुरुङ बताउँछन्। ‘सदनमा विधेयकमाथि छलफल चलिरहेको बेलामा अध्यादेश ल्याउने कुराचाहिँ मलाई थाहा थिएन। यो मेरो लागि नयाँ कुरा हो’, उनी भन्छन्। 

पछिल्ला अधिवेशनहरुः
पाँचौं अधिवेशन- २०७६ पुस ४ देखि २०७६ चैत २४ सम्म
(यसपछि २ अध्यादेश जारी भए।)

छैटौं अधिवेशन- २०७७ वैशाख २६ देखि २०७७ असार १८ सम्म
(यसपछि ८ अध्यादेश जारी भए)

सातौं अधिवेशन- राष्ट्रिय सभाको २०७७ पुस १७ देखि पुस २६ सम्म र प्रतिनिधि सभाको २०७७ फागुन २३ देखि २०७८ वैशाख ६ सम्म
(यसपछि ८ अध्यादेश जारी भइसकेका छन्)

पछिल्लो एक वर्षमा आएका अध्यादेश
२०७७ वैशाख ८:
१. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७

२०७७ असोज १२:
१. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ मंसिर ३:
१. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७

२०७७ मंसिर २१:
१. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
२. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ मंसिर ३०:
१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ माघ २३:
१. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७

२०७८ वैशाख २१:
१. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

२०७८ वैशाख २२:
१. रेल्वे अध्यादेश, २०७८
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘सं... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्