• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नियन्त्रणविहीन शासन चलाउने ओलीको चाहनामा न्यायालयको लगाम

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ २८, २०७८  २०:४५
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन गर्दै एकपछि अर्को अध्यादेश ल्याएर सरकार चलाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वेच्छाचारी शासन नगर्न चेतावनीको घण्टी बजाएको छ। बिहीबार सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउँदै  अध्यादेश ल्याउने आवश्यकताको बारेमा समेत सचेत गराएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा संलग्न संवैधानिक इजलासले नागरिकता अध्यादेश अमुक राजनीतिक उद्देश्य प्राप्ति गर्न ल्याएको समेत टिप्पणी गरेको छ।  

करिब ३ वर्ष लगाएर संघीय संसद्को माथिल्लो सदनबाट पारित भई प्रतिनिधि सभामा पुगेको विधेयक थन्काएर अघिल्लो दिन प्रतिनिधि सभा विघटन गर्दै भोलिपल्ट जसपाको एक पक्षलाई सत्ता साझेदार बनाउन ओलीले नागरिकता अध्यादेश ल्याएका थिए। 

प्रतिनिधि सभा विघटन गरिएलगत्तै अर्को दिन अध्यादेश जारी गरिनुलाई सहज, सामान्य वा नियमित अभ्यास मान्न नसकिने सर्वोच्चको आदशेमा उल्लेख छ। मन्त्रिपरिषद्‌बाट २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको थियो भने लगत्तै अर्को दिन अर्थात् ९ गते नागरिकता सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले जारी गरेकी थिइन्। 

‘अघिल्लो दिन प्रतिनिधि सभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रुपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्ति पृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरुको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने समेत देखिन्छ’, सर्वोच्चले आदेशमा भनेको छ।

सर्वोच्चले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन गरेको आदेशले यो काममात्र रोकिएन प्रधानमन्त्री ओलीको कार्यशैली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि प्रश्न उठाएको छ। प्रधानन्यायाधीशसहित वरीयताक्रममा माथिल्लो क्रममा रहेका न्यायाधीश संलग्न संवैधानिक इजलासले सरकार स्वेच्छाचारितातर्फ जाँदै गरेकाले उसले जारी गरेका अन्य अध्यादेशमाथि पनि प्रश्न उठाएको छ। 

सर्वोच्चको बिहीबारको आदेशले पछिल्लो समय सरकारले जारी गरेका अधिकांश अध्यादेशको आवश्यकता र औचित्यमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ। सर्वोच्चले नागरिकताको हकमा आदेश गरेपछि सबै अध्यादेशमाथि एकैपटक संवैधानिक इजलासले प्रश्न उठाएको छ। 

आदेशले उठाएका केही प्रश्न 
संविधानको व्याख्या गर्ने संवैधानिक इजलासले बिहीबार मूलतः अध्यादेशको विषयवस्तुभित्र प्रवेश गरेर आदेश जारी गर्ने भन्दा पनि संसद्लाई छलेर शासन गर्ने ओली शैलीमाथि प्रश्न उठाएको देखिन्छ। अत्यावश्कीय कामका लागि अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थामा टेकेर गर्न खोजिएको मनमौजी शासनलाई सर्वोच्चले अंकुश लगाउने आदेश गरेको छ। सर्वोच्चले अध्यादेश ल्याउन पाउने सरकारको अधिकार भएको तर, त्यसका नाममा दूरगामी महत्वका अध्यादेश समेत जनताका प्रतिनिधिको थलो संसद्लाई छलेर ल्याउने ओली प्रवृत्तिमाथि बन्देज लगाएको छ।   

Ncell 2
Ncell 2
nimb
nimb

‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’, संविधानको धारा ११४ (१) मा भनिएको छ। यही कानुनी व्यवस्थामा टेकेर सर्वोच्च अदालतले कानून निर्माण गर्ने अधिकार मूल रूपमा विधायिका (संघीय संसद्)को भएको आदेशमा उल्लेख गरेको छ। 

‘शासन व्यवस्था सञ्चालनको क्रममा यदाकदा संसद्को अधिवेशन चालु नरहेको अवस्थामा ‘तत्काल केही गर्न आवश्यक परेमा’ सीमित अवधिसम्म प्रभावी रहने गरी अध्यादेश जारी गर्ने अधिकार कार्यपालिकालाई संविधानले प्रदान गरेको छ’, आदेशमा भनिएको छ, ‘त्यस्तो अभ्यास पनि रही आएको छ, तर त्यसरी अध्यादेश जारी गर्ने कुराका पनि सीमा र बन्देजहरू छन्। संविधानद्वारा निर्धारित सीमा नाघेर अध्यादेश जारी गर्न मिल्दैन।’ 

सर्वोच्च अदालतले ‘शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद्लाई छलेर अध्यादेश जारी गर्दा विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप हुने’ भनेको छ। 

सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेशलाई 'छद्‌म विधायन' समेत भनेको छ। शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तिका लागि विधायिकालाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप हुनेतर्फ पनि सर्वोच्चले सचेत गराएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विधायिकालाई छल्ने उद्देश्यले जारी गरिएको अध्यादेशलाई छद्‌म विधायन मानिन्छ र त्यस प्रकारको अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्तैन भन्ने कानुनी सिद्धान्त रही आएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा भएकाले त्यस्तो विषयमा व्यवस्थापिकाबाट निर्मित कानुनकै आधारमा नियमन र व्यवस्थित गरिनु वाञ्छनीय हुने छ।’ 

सर्वोच्चले करिब तीन वर्ष अगाडिदेखि संसद्मा विधेयक विचाराधीन रहेको र त्यसलाई पारित गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको नागरिकता सम्बन्धी विषयमा ‘तत्काल’ के कारणबाट आवश्यक परेर अहिले अध्यादेश जारी गर्नु परेको भनी प्रश्न समेत उठाएको छ। संवैधानिक इजलासमा बहसका क्रममा पनि यी प्रश्न उठेको थियो। संघीय संसद्बाट पारित हुन नसकेको स्थितिमा सो अध्यादेश बमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्था समेत रहने सर्वोच्चको आदेशमा भनिएको छ। 

प्रधानन्यायाधीशको प्रश्न- नागरिकता किन, खोप लगाउन? 
बिहीबार बहसका लागि सरकारी पक्षबाट नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेको नेतृत्वमा सरकारी वकिलहरु सर्वोच्च पुगेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने, चन्द्रकान्त ज्ञवाली र सुरेन्द्र भण्डारी उभिएका थिए। सरोकारवालाको तर्फबाट मोहना अन्सारीको समेत बहस भएको थियो।

बहसका क्रममा प्रधानन्यायाधीश र संवैधानिक इजलासका अन्य न्यायाधीशहरुले सरकारी पक्षलाई यो अध्यादेश अहिले नै जारी गर्न पर्नुको कारण के हो भनी जिज्ञासा राखेका थिए। प्रधानन्यायाधीश राणाले एकपटक ठट्टा गर्दै नायव महान्यायाधिवक्ता पाण्डेयलाई सोधे- अघिल्लो दिन प्रतिनिधि सभा विघटन गर्ने अनि भोलिपल्ट अध्यादेश ल्याएको देखियो। नागरिकता कोभिडको सुई लगाउन चाहिने भएर त होला नि हैन? 

न्यायाधीश ईश्वर खतिवडा, हरिकृष्ण कार्की लगायतले पनि अध्यादेशको आवश्यकता र औचित्य पुष्टि गर्न पटक–पटक भनेका थिए। न्यायाधीशहरुले प्रतिनिधि सभामा रहेको कानुन पारित नगर्ने तर, अध्यादेशबाट दूरगामी महत्वका अध्यादेश जारी गरेर कस्तो शासन चलाउन खोजेको भन्दै जिज्ञासा राखेका थिए।

सरकारको सीमा र अध्यादेश जारी गर्ने अधिकार सम्झाइयो 
प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा २४ थान अध्यादेश मन्त्रिपरिषद्‌बाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको देखिन्छ। यसरी सिफारिस भएका मध्ये १५ थान त वैशाख देखि जेठ २३ सम्मको अवधिमा सिफारिस भएका छन्। यीमध्ये केही अध्यादेशहरु प्रतिनिधि सभामा पेश नगरेका कारण निष्क्रिय भइसकेका छन्।

पछिल्लो पटक जारी गरिएकामध्ये नागरिकता, संवैधानिक परिषद् र कोभिड नियन्त्रण सम्बन्धी अध्यादेश मुख्य हुन्। आर्थिक वर्ष २०७८/८९ को बजेट समेत सरकारले अध्यादेशबाट जारी गरेको थियो। 

तर, संवैधानिक कानुनका जानकारहरुले सर्वोच्चको यो आदेशले सरकारलाई उसको सीमा सम्झाउने काम गरेको बताएका छन्। अध्यादेश जारी गर्ने संविधानको व्यवस्था किन र यसको आवश्यकता कुन समयमा हो भन्ने कुरा बिहीबारको आदेशले सरकारलाई सम्झाएको उनीहरुको टिप्पणी छ। 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सरकारले कस्तो अध्यादेश ल्याउने र कुन चाहिँ तत्काल आवश्यकताको हो भन्ने कुरा यो आदेशले सीमा तोकिएको बताए। दूरगामी महत्व राख्ने र प्रतिनिधि सभामा छलफल गरेर मात्र कानुन जारी गर्ने कुरामा अब सरकारले अध्यादेश ल्याउन नहुने यही आदेशमा पर्याप्त कुरा बोलिएको उनको बुझाई छ। 

केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएको अवस्थामा अध्यादेशका बारेमा विचार गर्नुपर्नेमा नगरी ल्याउँदा अदालतले रोक्नुपरेको उनको भनाइ छ। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि अध्यादेश जारी गर्ने बारेमा सर्वोच्चले सीमा रेखा कोरिदिएको बताए। आगामी दिनमा कस्ता अध्यादेश ल्याउने र संविधानले भनेको तत्काल आवश्यकता के हो भन्ने कुरा सरकारले विचार गरेर मात्र अध्यादेश ल्याउनुपर्ने ज्ञवालीको तर्क छ। 

संविधानविद् विपिन अधिकारी हरेक दुई दिनमा एउटा अध्यादेश जारी गर्दै राजकाज चलाइरहेको कामचलाउ सरकारलाई सर्वोच्च अदालतले उसको सीमा सम्झाइदिएको बताउँछन्। संविधानको सर्वोच्चता र संसद्लाई निरन्तर छल्नबाट रोक्न सर्वोच्च अदालतले उपयुक्त आदेश जारी गरेको उनको बुझाई छ। 

यो आदेशबाट सरकारले सिक्न जरुरी रहेको उनी बताउँछन्। ‘यदि मैले तत्काल आवश्यकता नभएको कुरालाई पनि कुनै अन्य प्रयोजनका लागि अध्यादेश ल्याएँ भने सर्वोच्चले रोक लगाउन सक्छ भन्ने ख्याल अबका दिनमा सरकारले गर्नुपर्ने भएको छ’, उनले भने। यो आदेशले भविष्यमा थप अन्तरिम आदेशमार्फत् अध्यादेशलाई रोक लगाउने बाटो समेत खोलेको उनको बुझाई छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २०:४५
  • #अध्यादेश
  • #केपी_ओली
  • #प्रधानमन्त्री_केपी_शर्मा_ओली
  • #सर्वाेच्च_अदालत
  • #लगाम
  • #अध्यादेश_शासन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालि... शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ महासंघका महासचिव रामप्रसाद दाहालले समाचारमा चित्त नबुझेको विषयमा प्रचलित विधिअनुसार समाधान खोज्नुको सट्टा साइबर ब्यूरोमार्फत पक्राउ... शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्