• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘मिलाउन’ सक्रिय चार नेताको नजरमा को हुन् एमाले एकताका बाधक? 

64x64
डिबी खड्का बुधबार, जेठ २६, २०७८  २०:५१
1140x725

काठमाडौं– नेकपा एमालेको पहिलो पुस्ताका नेताको ‘प्रस्ताव–दोहोरी’ले एकताका लागि अपेक्षित प्रभाव पार्न सकेको छैन। तर, ‘दोस्रो पुस्ता’ले एकता कायम राख्ने विषयमा हिम्मत हारेको छैन। 

दुवै पक्षका गरी ८ जना नेताहरुले मंगलबार साढे ४ घन्टा संवाद गरे। संवादबाट आमजनलाई ‘सुनाउन जरुरी’ कुराको विकास त भएन। तर, एकताको प्रयास र सम्भावना सकिइनसकेको सन्देश प्रवाह गर्न उनीहरु सायद सफल भए। जुन सन्देशले कार्यकर्तामा एकताको आशा कायम राख्न सक्छ भने शीर्ष नेताहरुलाई दबाब सिर्जना हुन्छ।

एकताको अपेक्षासहित सक्रिय तर मंगलबारको बैठकमा अनुपस्थित एक नेता योगेश भट्टराईले बुधबार बिहान फेसबुकमा अर्थपूर्ण ‘स्टाटस’ लेखे। ‘एमालेको एकताको मुल जड?’ भन्दै उनले प्रश्न गरेका थिए। 

एकताका लागि सक्रिय भट्टराई मात्रै होइन, अन्य केही प्रभावशाली नेताहरु शीर्ष नेताहरुलाई मिल्न नदिन केही ‘तत्व’हरु सक्रिय रहेको निर्क्योलमा पुगेको देखिन्छ। उनीहरुले आन्तरिक र बाह्य रुपमै अहिले मिल्न नदिनेहरु सक्रिय भएको महशुस गरेका छन्। 

त्यही कुरा सामाजिक सञ्जाल, सञ्चारमाध्यम आदिका माध्यमबाट प्रकट गरिरहेका छन्। ‘अतिवादी’, ‘सपेरा टोक्ने सर्प’, ‘लाभाकांक्षी’ जस्ता विशेषणबाट मिल्न नदिने तत्वतर्फ इंगित गरिरहेका छन् उनीहरु।

मिल्न उत्प्रेरित गर्ने साझा आधार 
वैचारिक रुपमा प्रष्ट र सांगठिनक क्षमता भएकाहरुमध्ये पर्ने एमाले नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र योगेश भट्टराई एमालेबाट फुटेर जाँदा पनि नयाँ आन्दोलन सिर्जना गर्न सकिनेमा विश्वस्त छन्। तर, एमाले कमजोर हुँदा देशको राष्ट्रियता संकटमा पर्ने साझा निष्कर्षमा उनीहरु पुगेको देखिन्छ। 

त्यसैले यी चार नेता छुट्टाछुट्टै ठाउँमा बोल्दा पनि उस्तै टोन निस्केको देखिन्छ। गत जेठ ८ गते नेता घनश्याम भूसालले नयाँवानेश्वरमा सञ्चारकर्मीसँग अनौपचारिक कुरा गर्दै गर्दा यस विषयमा आफ्नो बुझाइ प्रस्तुत गरेका थिए। उनको भनाइ थियो, ‘नेकपा एमालेभित्र विवाद छन्, छैनन् अर्को कुरा हो। यो सामाजिक सांस्कृतिक रुपले असाध्यै तलसम्म पुगेको राजनीतिक शक्ति हो। यस्तो शक्तिका जराजुरी उखेलिनु भनेको हाम्रो राष्ट्रिय जीवनशक्तिमा क्षति पुग्नु हो। तत्काल कांग्रेस वा एमाले भनेर गाली गर्नु स्वाभाविक होला। तर, यिनीहरुले राष्ट्रिय एकता जोगाएका छन्। यसका जराजुरी टुटे भने हाम्रो जस्तो भूराजनीतिक मुलुकमा ठूलो खतरा आउँछ।’ 

केही दिनपछि इमेज टेलिभिजनको हटसिटमा सुरेन्द्र पाण्डेले भने, ‘हामी अलग–अलग भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने धेरै छन्। यदि यो पार्टी रहेन भने यसको प्रभाव के हुन्छ नेपालको भावी राजनीतिमा? यो देशमा दुईटा महत्वपूर्ण राजनीतिक शक्ति स्थापित भए, एउटा नेकपा एमाले, अर्को नेपाली कांग्रेस। यी दुवै प्रजातान्त्रिक शक्ति हुन्। देशभक्त र राष्ट्रवादी शक्ति हुन्। यी दुई शक्ति कमजोर भए भने देशमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि चुनौती खडा हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि उनले ‘नेपाल दृश्य’ नामक युट्युब च्यानलमा कुनै एउटा पार्टी फुट्दा देशलाई कसरी असर पर्छ भनेर शोभियत संघको उदाहरण दिँदै सविस्तार बताएका छन्। उनको बुझाइ छ, ‘पार्टी भनेको निश्चित आधारशिला पनि हो। पार्टी विभाजन हुँदा जनताको सोचमा विभाजन आउँछ।’ 

अहिले एमालेको विभाजनले नेपालको संविधान पनि ‘कोल्याप्स’ हुने र राष्ट्रियता पनि खतरामा पर्ने सम्भावना उनले देखिरहेका छन्।  

अर्का नेता गोकर्ण विष्ट एमालेको विभाजनले लामो आन्दोलनबाट प्राप्त उपलब्धि नै खतरामा पर्नेतर्फ सचेत गराइरहेका छन्। उनी विभाजित पार्टीबाट लोकतन्त्र जोगाउने कुरा सम्भव नहुने बताउँछन्। मंगलबार नेपाल लाइभसँगको लामो संवादका क्रममा विष्टले भने, ‘सही विचार बोकेको सबल र एकीकृत पार्टीले मात्रै जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलन लगायतका कुरालाई सम्बोधन गर्न सम्भव छ। एउटा विभाजित पार्टीले न राष्ट्रको हितमा काम गर्न सक्छ, न लोकतन्त्रको रक्षा गर्न सक्छ।’

नेता योगेश भट्टराई पार्टी विभाजनले लोकतान्त्रिक प्रक्रियाको निरन्तरतामै समस्या उत्पन्न हुने सक्नेमा संशकित छन्। त्यसैले एमालेको एउटा पक्ष ‘वैकल्पिक बाटो’तर्फ अघि बढ्दा गर्दा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको प्रस्तावमा उनी सकारात्मक भए। 

‘हजार माइलको यात्रा पहिलो पाइला’बाट सुरु हुने विम्बसहित उनले गत आइतबार संवादको सुरुवात गर्न सुझाए। संवादमार्फत् अनेकताको प्रक्रिया रोक्नुपर्ने उनको तर्क यस्तो थियो, ‘मुलतः संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ।’

एमाले एउटा भू–राजनीतिक लपेटमा परेको उनीहरुले बुझेका छन्। यो शक्तिलाई कमजोर पारेर राष्ट्रिय एकता भड्काउन खोज्नेहरु सक्रिय भएको उनीहरुको बुझाइ छ। त्यसैले उनीहरुको चाहना पूरा हुन नदिन पनि एकताको कोशिस जारी राख्न उनीहरु आफूलाई सम्हाल्न खोजिरहेको सन्देश दिइरहेका छन्। 

सपेरा टोक्ने सर्प, अतिवादी र आत्मसम्मान
एमालेलाई विभाजन गर्न आन्तरिक र बाह्य दुवै शक्ति सक्रिय रहेको उनीहरुको बुझाइ छ। बाह्य शक्तिको प्रभाव निस्तेज पार्न आन्तरिक रुपमा मजबुत हुनुपर्ने उनीहरुले बुझेका छन्। 

शीर्ष नेताहरुलाई एक ठाउँ आएर संवाद गर्न नदिन एमालेकै केही नेताहरु सक्रिय रहेको मिलाउन सक्रिय नेताहरुको बुझाइ छ। उनीहरुले ‘सपेरा टोक्ने सर्प’, ‘अतिवादी’, ‘मण्डले’ आदिका नामबाट तिनलाई सम्बोधन पनि गरिरहेका छन्। 

हरेक घटनाको दीर्घकालीन प्रभावसमेत केलाउने गरेका भूसालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध सुरुदेखि खबरदारी गरे। तर, विभाजनकै डिलमा पुगेपछि भने उनी खबरदारी छाडेर ‘समझदारी’तर्फ लागे। नेताहरुलाई वैचारिक भिन्नता र व्यावहारिक उल्झनभन्दा माथि उठेर एकताका लागि तयार हुन दबाब दिन थाले। 

एकता नचाहने समूहले भूसालले नेपाल पक्ष छाडेर ओलीपक्षमा पुगेको प्रचार ग¥यो। आफूले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको भूसालको बुझाई छ। त्यही प्रचारको खण्डन गर्दै उनले ओलीलाई सचेत गराए, ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।’

उनले पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित रहेको स्मरण गराए। पञ्चायत धराशायी हुनुमा त्यो समूहको अलोकप्रियताको समेत योगदान रहेको उनी बताउँछन्। उनी सन्देह प्रकट गर्छन्, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन?’

त्यतिमात्रै होइन, पार्टीको दुवैतिर केही अतिवादीहरु रहेको विष्टलाई पनि महशुस भएको छ। जसले विभाजनपछिको परिणाम नहेरेर असमझदारीलाई ‘इगो’का रुपमा लिएका छन्। उनीहरुले सकेसम्म मिल्न नदिने प्रयत्न गरिरहेको विष्ट बताउँछन्। ‘केपी ओलीतर्फ पनि केही अतिवादीहरु छन्, जसले पार्टीलाई सकेसम्म मिल्न नदिने प्रयत्न गरिरहेका छन्। माधव नेपाल र झलनाथ समूहमा पनि केही अतिवादीहरु छन् जसले कुनै पनि हालतमा पार्टी विभाजित गर्न चाहन्छन्, मिल्न दिन चाहँदैनन्’, उनले भने।

एकताका लागि इमान्दार प्रयास गर्नेहरुलाई कमजोर पार्नका लागि दुवै पक्षबाट गलत प्रचार गर्ने प्रयत्न गरिएको उनले बताए। उनले थपे, ‘गलत प्रचार गर्ने वा प्रचार गराउने प्रयत्न भए। त्यसतर्फ पनि हामीलाई कुनै सरोकार छैन।’

ओलीपक्षको निरन्तरको पेलानबाट आजित नेपालपक्षमा रहेका कतिपयले यतिबेला विभाजनलाई स्वाभिमान र आत्मसम्मानको विषय बनाएको नेता सुरेन्द्र पाण्डे बताउँछन्। उनले ‘नेपाल दृश्य’को उक्त अन्तवार्तामा भनेका छन्, ‘कतिपय साथीहरु हेलाहोचो भयो। दमन भयो। विभाजन गरौं, आवश्यक छ भन्नुहुन्छ। क्रान्तिमा लागेकै आत्मसम्मान र स्वाभिमानका लागि भन्नुहुन्छ। त्यो भावनाको कदर त गर्नुपर्छ। तर, सुझबुझका साथ एकता जोगाउन सकियो भने उपलब्धि जोगाउन सकिन्छ।’

यसैगरी विभाजनबाट लाभ देख्नेहरु पनि दुवै पक्षमा रहेको बताउँदै उनी थप्छन्, ‘विभाजन हुँदा केही पद पाइन्छ कि भन्ने सोचाइ छ। तर, परिपक्व विचार के हो भने एकतामै बल छ।’ 

बाह्य शक्तिको प्रभाव?
नेपाली राजनीति ‘स्वतन्त्र’ रुपमा चल्दा पनि आमजनले विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ। निकटस्थ दुई छिमेकीको राजनीतिक प्रभावका विषयमा विना हिचकिचाहट छलफल भइरहेका हुन्छन्। त्यसमा पनि दक्षिणतिरको प्रभाव बढी रहेको आम नेपालीको बुझाइ छ। 

नेताहरुले पनि बेलामौकामा संकेत गर्छन्। प्रायःजसो अर्को पार्टीमाथि आरोप लगाउन फलाना शक्तिको ‘दलाल’ भनिदिन्छन्। 

बुधबार बिहान योगेश भट्टराईले अहिले बनिरहेका असजिला ‘गठबन्धन’को स्रोततर्फ संकेत गरे। ‘एमाले एकताको समस्याको मुल जड?’ नामक सय शब्दको निबन्ध जस्तै विषय उनले फेसबुकमा लेखे।

त्यो यस्तो छ, ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’ 

यति लेखेपछि उनले रहस्यमय प्रश्न गरे, ‘कसले, किन र केका लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहीँ छ।’ 

यस विषयमा नेताहरुबीच गम्भीर छलफल हुनुपर्ने र साझा निष्कर्षका साथ एमालेको एकता जोगाउनुपर्ने उनको भनाइ छ। 

यसैगरी नेता विष्ट कम्युनिस्ट पार्टीलाई विभाजित गर्नका लागि विभिन्न शक्तिकेन्द्रहरु निरन्तर क्रियाशील  रहेको बताउँछन्। उनले भने, ‘चाहे देशबाहिर वा देशभित्रका शक्ति केन्द्रहरु हुन्, उनीहरुको चाहनाको गोटी नबनून् भन्ने हाम्रो अपेक्षा हो। उनीहरुको चाहनाको निमित्त पात्र नबनून् भन्ने पवित्र चाहना हाम्रो हो।’

केही समयअघि नेता भूसालले आफ्नो एकजना ‘कमरेड’ले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आएको कुरा मिल्न जान लागेको उल्लेख गरे। जुन विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएको उनको दाबी थियो। 

उनले त्यो समयमै नेकपाको विवाद समाधान नहुने र अदालतद्वारा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइने बताएको स्मरण गरेका छन्। ‘त्यसपछि संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ,’ उनले ती व्यक्तिलाई उद्घृत गर्दै सामाजिक सञ्जालमा लेखे, ‘संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ।’

यसैगरी पाण्डेले विभिन्न ठाउँमा आफ्ना धारणा राख्ने क्रममा विभिन्न शक्तिका कारण नेपालको संविधान पनि कोल्याप्स हुने र राष्ट्रियता पनि खतरामा पर्ने सम्भावना रहेको औल्याएका छन्। 

उनको भनाइ छ, ‘संसद गइसक्यो, संविधान जान्छ भनिराछन्। चुनाव हुने अवस्था छैन। ६ महिनामा चुनाव भएन भने मिति सार्ने अधिकार प्रधानमन्त्रीसँग हुँदैन। यो सरकार हट्छ। अर्को बाटोबाट प्रधानमन्त्री बन्ने अवस्था आयो भने संविधान नै जाने र हिजोका उपलब्धी गुम्ने खतरा हुन्छ।’ 

उनले कतिपय ‘सुनेका पात्र’ त्यसमा सक्रिय रहेको कुरालाई ‘आंशिक सत्य’का रुपमा स्वीकारेका छन्। भन्छन्, ‘हामीले सुनेका पात्र सक्रिय पनि होलान्। म बताउन पनि चाहन्नँ। सुनेको कुरा आंशिक सत्य हो। अरु पनि लाग्नुभएको होला। समग्रतमा हेरे मात्रै पूर्ण  हुन्छ।’

आफू ‘जानकार’मै पर्ने भएकाले अहिल्यै भन्दा पनि समय आएपछि त्यसबारे बताउने उनले बताउने गरेका छन्।  
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित छ जनाबीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढी शालिकराम घिमिरेले १९९ मत प्राप्त गरेका थिए । उक्त मत ५१ प्रतिशत नपुगेपछि उनका निकटतम प्रति... आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न  आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम... आइतबार, जेठ ३१, २०८३
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अ... आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्