काठमाडाैं- नाइजेरियाली सरकारले देशभर अनिश्चित कालका लागि ट्वीटर सञ्चालनमा राेक लगाएकाे छ। नाइजेरियाको कर्पोरेट अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटरको प्रयोग भएकाे भन्दै सरकारले उक्त कदम चालेकाे हाे।
ट्वीटरले नाइजेरियाली सरकारको यो कदम धेरै चिन्ताजनक भएकाे भन्दै टिप्पणी गरेकाे छ। केही दिन अघि ट्वीटरले यसको प्लेटफर्मबाट नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीको एक ट्वीट हटाएकाे थियाे। नियम विपरीत कार्य गरेको भन्दै ट्वीटरले १ जुनमा,
७८ वर्षीय राष्ट्रपति बुहारीको ट्वीट हटाएको थियो। बुहारीले आफ्नो ट्वीटमा १९६७–७० नाइजेरियाली गृहयुद्धलाई संकेत गर्दै लेखेका थिए, ‘आज जो नराम्रो व्यवहार गरिरहेका छन् उनीहरूलाई आफूले बुझ्ने भाषामा बुझाउनु पर्छ।’तर, ट्वीटरले उनको सो ट्वीट केहीबेरमा हटाएको थियो।
यद्यपि, नाइजेरियाको सरकारको कथनमा कतै पनि राष्ट्रपतिले ट्वीट मेटाउने घटना भएको छैन। तर, सूचनामन्त्री लाई मोहम्मदले अमेरिकी कम्पनी ट्वीटरको आलोचना गरेका छन्। उनले कम्पनीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
नाइजेरियाली सरकारले ट्वीटरमाथि लगाइएको यो अनिश्चितकालीन प्रतिबन्ध कसरी प्रभावकारी हुन्छ भन्ने कुरा खुलाएको छैन।
न त नाइजेरियाको कर्पोरेट अस्तित्वलाई यस अमेरिकी कम्पनीले कसरी खतरामा पुर्याएको छ भनेर सरकारले कुनै आधिकारीक धारण नै जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।