• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन मन्त्रालयबाट रुँदै बाहिरिएका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २१, २०७८  २०:१७
1140x725

काठमाडौं- २०७४ फागुन ३ मा गठित केपी शर्मा ओली नेतृत्वको सरकारबाट सबैभन्दा पहिले पदमुक्त हुने मन्त्री थिए, शेरबहादुर तामाङ। २०७४ चैत २ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाइएका उनले एउटा विवादित अभिव्यक्तिका कारण २०७५ साउन ८ गते राजीनामा दिनुपरेको थियो।

२०७५ साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले आफूलाई सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए। 'हामी हाम्रा छोरीचेलीहरुलाई पढ्नलाई विदेशमा पठाउँछौं। तर, उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन', मन्त्री तामाङले भनेका थिए।

त्यतिबेला डा गोविन्द केसीको २५औं अनसन जारी थियो। त्यसैले चिकित्सा शिक्षा सम्बन्धमा आम बहस जारी थियो। पक्ष र विपक्षमा आफ्नो मत राख्ने काम धेरैले गरिरहेका थिए। सत्ता पक्षले डा केसीको आलोचना गरिरहेका थिए। व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि मात्रै डा केसी अनसन बसेरै डा बनेको भन्ने खालका अभिव्यक्ति दिएका थिए। मन्त्री तामाङले पनि डा केसीको माग व्यवहारिक छैन भन्ने देखाउन त्यस खालका अभिव्यक्ति राख्न खोज्दा चिप्लिएका थिए। उनले कुनै प्रमाण बिनाका अभिव्यक्ति दिएका थिए।

उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई आपत्तीजनक भनेका थिए। साथै, अन्य सरोकारवालाहरुले पनि उनको राजीनामा मागेका थिए। उनको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन नै भयो।

आफ्नो अभिव्यक्ति विवादित भएपछि तामाङले विज्ञप्ति निकालेर स्पष्टीकरण दिने प्रयास गरे। साउन ६ गते जारी गरेको विज्ञप्तिमा उनले आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा मागे। तर, आफ्नो भनाइ तथ्यगत रुपमा ठीकै रहेको आशय दिए।

'बंगलादेशमा हाल २ हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ', विज्ञप्तिमा भनिएको थियो, 'ती विद्यार्थीले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो।'

No description available.

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

बंगलादेश पढ्ने नेपाली छात्रामाथिको लाञ्छनामा कानुनमन्त्रीको विज्ञप्तिः तथ्य ठीक, चोट पुगेकोमा मात्रै माफीशुक्रबार, जेठ २१, २०७८

उनको स्पष्टीकरणपछि पनि विवाद कम भएन। राजीनामा माग भइरह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा मागेपछि उनी राजीनामा दिन अग्रसर भए। उनी त्यतिबेला माधव नेपाल समूहमा थिए।

उनले साउन ८ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरे।

‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने हाम्रा केही छोरीहरू हिंसामा परेको कुरा सुनेपछि म आफै स्तब्ध भई बोल्ने क्रममा त्यो कुरा मैले बोलेकै हुँ। हिंसा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ? प्रश्न उठेको हो, मैले बोलेको विषयलाई लिएर बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै, अझ बढाइचढाई र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षड्यन्त्रमूलक समाचारहरू आएको पाउँदा म अति दु:खित छु’, उनको राजीनामा सम्बोधनमा उल्लेख थियो।

No description available.

‘तरपनि सामाजिक रूपमा यति कुरा उठिसकेपछि, वर्तमान प्रधानमन्त्री एवम् सरकारले अगाडि सारेको 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने नारामार्फत् देश विकासको पूर्वाधार खडा गरिरहेको अवस्थामा सरकारकै असफलताका रूपमा जोडेर, अतिरञ्जित नाराहरू लगाउने कार्यहरू भइरहेकाले प्रधानमन्त्री र सरकारलाई सफल बनाउन, निहित स्वार्थ बोकेकाहरूलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकोले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भनिठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्रीजीसमक्ष राजीनामा पेस गर्न गइरहेको छु‘, राजीनामा सम्बोधनमा उल्लेख थियो।

No description available.

No description available.राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङले आफूले पदभार सम्हालेपछिका उपलब्धिहरुको चर्चा गरेका थिए। त्यसक्रममा उनी भावुक बनेका थिए। उनको गला अवरूद्ध भएको थियो।

राजनीतिक नियुक्ति र सार्वजनिक पदबाट अवकाश लिएको १५ दिनमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने प्रस्ताव गर्दै तामाङले साउन २१ गते आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे। २०७४ चैत २ गते मन्त्री हुँदा पनि उनले चैत ५ गते नै पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। १ सय ३२ दिन मन्त्री भएका उनको सम्पत्ति ८५ हजार घटेको थियो।

यो पनि पढ्नुहोस्

१ सय ३२ दिन मन्त्री हुँदा शेरबहादुर तामाङको सम्पत्ति ८५ हजार घट्योसोमबार, साउन २१, २०७५

कानुन मन्त्रीबाट बाहिरिएको तीन वर्षपछि तामाङ पुनः मन्त्री बनेका छन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वास्थ्य क्षेत्रसँग जोडिएको विषयमा दिएको  अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य भएका उनलाई स्वास्थ्य मन्त्रालय नै दिइएको हो।

शपथअघि नेपाल लाइभलाई दिएको प्रतिक्रियामा तामाङले महामारीको बेला महत्त्वपूर्ण जिम्मेवारी पाएको बताए। उनले जिम्मेवारीलाई अवसरका रुपमा लिएर काम गर्ने बताए। सबैको साथ र सहयोगमा खोप खरिदलाई पारदर्शी बनाउने उनको अपेक्षा छ। सबै नेपालीलाई खोप लगाउने व्यवस्था मिलाउने कामलाई प्राथमिकता दिने उनले बताए।

'मेरो लागि चुनौती र अवसर दुवै हो। महामारीको अवस्थामा सफल बन्न सकेँ भने मेरो राजनीतिक जीवन अझै माथि पुग्नेछ', तामाङले भने।

यो पनि पढ्नुहोस् :

विवादका कारण मन्त्री पद गुमाउनेहरू

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल जापान भ्रमण सकेर स्वदेश फिर्ता पौडेल नेपाल एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्किएका हुन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान... बुधबार, माघ २१, २०८२
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट भेटका अवसरमा नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।... बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्र... बुधबार, माघ २१, २०८२
ताजा समाचारसबै
रेशम चौधरीको रिटमा पेशी तोकियो बिहीबार, माघ २२, २०८२
‘कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ’ : प्रचण्ड बिहीबार, माघ २२, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्