काठमाडौं- कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक गर्ने तामाङ पहिलो मन्त्री हुन्।
मन्त्री तामाङले काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङका भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन्। कृषि विकास बैंकमा ४ लाख र अन्यमा ३ लाख गरेर उनले ऋण उल्लेख गरेका छन्। यस्तै, मन्त्री तामाङले विभन्न कम्पनीका १५ लाख रुपैयाँको शेयर रहेको जनाएका छन्। यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।