Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीशले असाध्यै विश्वास गरेका न्यायाधीश केसी, जसका 'चर्चित' फैसला यस्ता छन्

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २१, २०७८  १०:०१
1140x725

काठमाडौं- दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइका लागि गत शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाँच न्यायाधीशको संवैधानिक इजलास तोके। तर, इजलास गठन गर्दा उनी विवादित भए। राणाले इजलास गठन गर्दा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई रोजेका थिए।

इजलास गठनका विषयमा यो पटक बहस नै भयो। वरिष्ठ अधिवक्तादेखि महान्यायाधिवक्ता समेतले यसमा बहस गर्नुपर्‍यो। मंगलबार संवैधानिक इजलासमा रहेका चार न्यायाधीशले दुईथरि राय राखे। जसका कारण अबको पेशी नयाँ संवैधानिक इजलासमा तोकिने भएको छ। मुद्दाको पेशी जेठ २३ गते तोकिएको छ। 

सर्वाेच्चमा देखिएको पछिल्लो ‘लफडा’पछि न्यायाधीशहरु केसी र श्रेष्ठका बारेमा चर्चा भइरहेको छ। सुरुमा श्रेष्ठ र त्यसपछि केसीको नाममा संवैधानिक इजलासमा प्रश्न उठेको हो। केसी २०७३ माघ १८ गते सर्वोच्च अदालत प्रवेश भएका थिए। करिब चार वर्षदेखि सर्वोच्च अदालतको स्थायी न्यायाधीश रहेका केसीका फैसलाहरुमा यसअघि पनि सार्वजनिक टिप्पणी हुने गरेका थिए। एनसेल लाभकर, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा, चितवन मेडिकल कलेजका सञ्चालकले घुस लिएको मुद्दामा गरेको फैसलाले उनीमाथि सार्वजनिक टिप्पणी भएको थियो। 

सर्वोच्च अदालतका कनिष्ठमध्येका न्यायाधीश केसीलाई नै प्रधानन्यायाधीश राणाले किन यति महत्वपूर्ण मुद्दा हेर्ने जिम्मेवारी दिन्छन् भनेर सर्वोच्चभित्रैसमेत प्रश्न उठिरहने गर्छ। हेरौं, केसीले हेरेका केही मुद्दाः


सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा 
२०७७ असार १५ गते सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेको अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा भारी मात्रामा कैद घटाउने फैसला सुनायो। 

जिल्ला अदालत र उच्च अदातलले जन्मकैद सजाय हुने ठहर गरेका कोइरालाको कैद २० वर्षबाट सर्वोच्चले साढे ८ वर्षमा झार्‍यो। सर्वाेच्चको यो फैसलालगत्तै उनी थुनामुक्त भए। यसरी फैसला सुनाउने इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको थियो। जिल्ला र उच्चले जन्मकैदको सजाय गरेपनि उनीहरुले त्यसमा सहमत हुन नसकिने भन्दै छुटको फैसला सुनाएका थिए। 

यो पनि पढ्नुहोस्

रञ्जन कोइरालाको मुद्दामा आज पेशी तोकिने सम्भावनाआइतबार, साउन ११, २०७७

कोइरालाले आफू निर्दोष रहेको जिकीर गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। अदालतमा पेश भएका प्रमाण केलाउँदा रञ्जनले श्रीमती गीताको हत्या गरेको ठहर सर्वोच्चले गरेपनि सजाय भने भारी मात्रामा कटौती गरेको थियो। ‘२०६८ पुस २७ गते दुई जनाबीच भएको वादविवादपछि हात हालाहाल हुँदा रञ्जनले नै हत्या गरेको पुष्टि हुन्छ,’ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘गीता ढकालले व्यापारका लागि पैसा मागेका कारण कोइराला दम्पतीबीच विवाद भएको र दुवै पक्षबीच झैझगडा र वादविवाद भई आवेगमा आई रञ्जन कोइरालाले धकेल्दा भित्तामा ठोकिएर गीताको मृत्यु भएको देखिन्छ।’   

रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको व्यहोरा, घटनास्थलमा भेटिएका अवशेषहरू महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदनलगायतलाई अदालतले प्रमाणको रुपमा स्वीकार गरी फैसला गरेको पूर्णपाठमा भनिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश राणामाथि नैतिक प्रश्न, आइतबारै उल्टिए दुई निर्णयसोमबार, साउन १२, २०७७

यो फैसला सार्वजनिक रुपमा निकै विवादित बन्न पुग्यो। तत्कालीन समयमा अदालतविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म नारा लागे। लगत्तै सर्वोच्चमा सरकारी पक्षले पुनरावेदनको निवेदन दर्ता गरेको थियो। सरकारको पुनरावेदन दर्ता भएलगत्तै कोइरालाको फैसला त्रुटीपूर्ण भएको स्वीकार गर्दै सर्वोच्चले नै पुनरावेदनको अनुमति दिएको थियो।  

२०७७ साउन ९ गते सरकारका तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको, साउन ११ गते सर्वोच्चले निस्सा हुने फैसला सुनाएको थियो। निस्सा हुने फैसला सुनाएको सात महिनासम्म पनि यो मुद्दा दोस्रो पेशीमा भने चढ्न सकेको छैन।  

यो पनि पढ्नुहोस्

जिल्ला र उच्चको निर्णय उल्टाउँदै श्रीमती हत्या गरेका रञ्जनलाई साढे ८ वर्ष मात्र कैदको फैसलाशनिबार, साउन ३, २०७७

माओवादी अध्यक्ष दाहालको नेकपा पुनरवलोकन निवेदन  
फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासले नेकपाको नामसम्बन्धी विवादास्पद फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। सो फैसलाको पुनरवलोकनका लागि भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ चैत १७ गते शीर्ष नेताहरुसहित सर्वोच्च पुगे।

निवेदन दर्तापछि उनले विगतमा पनि कतिपय फैसलाको प्रश्न उठ्यो भने पुनरवलोकन गर्ने गरेको बताउँदै फेरि सुनुवाइ हुने आशा व्यक्त गरे। ‘राजनीतिक स्थायित्व, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ। यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ’, प्रचण्डले भनेका थिए, ‘निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरवलोकन गर्ने विश्वास छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशले नै हेर्ने, तोके आफूसहितको पूर्ण इजलासबिहीबार, चैत १९, २०७७

उक्त निवेदनको पेशी चैत १९ गते प्रधानन्यायाधीश राणाले आफूसहित तीन न्यायाधीशको इजलासमा राखे। उनीसँगै तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलास तोकिएको थियो। उक्त इजलासले निस्सा (पुनरवलोकन) नहुने निर्णय सुनायो। योसँगै माओवादी र एमाले फेरि एक हुने कानुनी सम्भावना समाप्त भयो। 

पहिलो प्रतिनिधि सभा विघटन 
प्रतिनिधि सभाको अधिवेशन बोलाउने बाध्यात्मक समय नजिकिँदै गएको थियो। अर्कोतिर, सत्तारुढ नेकपाभित्रको संघर्ष पनि चुलिँदै थियो। त्यस्तो अवस्थाबीच प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रधानमन्त्री सभा विघटन गरिदिए। यो विषय सर्वोच्च अदालतमा प्रवेश भयो। सर्वोच्चमा पुगेको यो विषयका धेरै रिटमाथि सुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबभन्दा पहिले आफ्नै इजलासमा पेशी तोके। 

तर, बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने भन्दै आम दबाब बढ्यो। उनकै बलले संवैधानिक इजलासमा सुनुवाइ भयो। अर्कोतिर, संवैधानिक इजलासमा उनले तोकेका न्यायाधीशहरुका बारेमा पनि विवाद भयो। प्रतिनिधि सभा विघटन जस्तो संविधानको व्याख्या गर्ने इजलास गठन गर्दा उनले वरिष्ठता क्रममा न्यायाधीश नतोकी ‘पिक एन्ड चुज’को शैली अपनाएर न्यायाधीश तोकेको भनी आलोचना भएको थियो। उक्त इजलासमा पुछारमा रहेका न्यायाधीश तेजबहादुर केसीलाई समावेश गरेकोदेखि स्वार्थ बाझिने हरिकृष्ण कार्कीसम्मको कुरा उठेको थियो। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री जोडिएका मुद्दा किन आफ्नै इजलासमा राख्छन् प्रधानन्यायाधीश राणा?बिहीबार, जेठ ६, २०७८

केसीको बारेमा जुनियर भएको बाहेक अरु कुरा उठेन भने कार्कीको विषयमा कुरा उठेपछि उनी इजलासबाट बाहिरिए। उनको स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई राखियो। यो विवादलाई संवैधानिक इजलासमा पठाएका राणाले यससम्बन्धी पहिलो सुनुवाइदेखि फागुन ११ गते अन्तिम फैसला सुनाउँदासम्म आफैं संलग्न रहेको इजलास बनाए। 

सर्वोच्चमा बहस चलिरहँदा सडकमा समेत निरन्तर आन्दोलन भइरहे। जताततैबाट दबाब सिर्जना भयो। परिणामतः फागुन ११ संवैधानिक इजलासले विघटनलाई बदर गर्ने फैसला सुनायो। सर्वोच्चले संविधान बचाएको भन्दै प्रशंसा समेत भयो।

दोस्रो प्रतिनिधि सभा विघटन 
पुस ५ गते विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधि सभा विघटन गरिदिइन्। संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रस्ताव आह्वान गरेर दुईवटा दाबी पेश भएपछि त्यसलाई खारेज गर्दै राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्षर पेश गरेका थिए भने प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा ३ को सरकारमा रहँदा रहँदै १५३ सांसदको सर्मथन रहेको दाबी पेश गरेका थिए।  

दुवै प्रस्तावमा सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै राष्ट्रपतिले विघटन गरेपछि विपक्षी गठनबन्धनका साथ नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासहित १४६ प्रतिनिधि सभा सदस्य सर्वोच्च पुगेका थिए। त्यसबाहेक अन्य सार्वजनिक सरोकार अन्तर्गत रिट निवेदन दायर भएका थिए। प्रतिनिधि सभा विघटन सम्बन्धी कुल ३० थान रिट सर्वोच्चमा दायर भए। 

त्यसमा चार थान रिटमा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई शपथ खुवाउन माग गरिएको छ भने अरुमा देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ। यसरी दायर निवेदनमाथिको पहिलो सुनुवाइ नै सुरु नभई विवादित बन्यो। न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा कानुन व्यवसायीले तथ्यमा बहस सुरु हुनुअघि नै प्रश्न उठाए। अन्तरिम आदेशको विषयमा छलफलका लागि तोकिएको इजलास तीन दिनसम्म न्यायाधीशको विषयमा विवाद हुँदै मंगलबार नयाँ इजलास बस्ने तय गर्दै सकियो।

जेठ २३ गते नयाँ इजलास गठन गर्ने प्रधानन्यायाधीश राणाले इजलासबाटै घोषणा गरेका छन्। उनले सर्वोच्च बारका पदाधिकारीसँग संवैधानिक इजलास सञ्चालन कार्यविधि नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा न्यायाधीश तोक्ने वचन दिएका छन्। 

व्यापारी रामहरि श्रेष्ठको हत्यामा सफाइको फैसला 
२०७६ फागुन १८ गते काठमाडौं कोटेश्वरका व्यापापारी रामहरि श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला सुनायो। सर्वोच्चले मुख्य प्रतिवादी भनिएका तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालाको संलग्नता पुष्टि नहुने भन्दै सफाइ दियो। न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले बटालालाई सफाइ दिएको थियो।   

गाडी चालक अर्जुनबहादुर कार्की लगायतका केही अभियुक्तहरूलाई भने २० रुपैयाँका दरले जरिवाना गर्ने जिल्ला र उच्चको फैसला सदर गरेको थियो। बटालाले श्रेष्ठलाई काठमाडौंबाट चितवनको शक्तिखोरसम्म तेस्रो डिभिजनको नगद र हतियार चोरीमा छानबिन गर्न लगेको स्वीकार गरेका छन्। अपहरण गरेको स्वीकार गरेको सर्वोच्चले जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका प्रतिवादीलाई संलग्नता पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको थियो। 

यो पनि पढ्नुहोस्

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : 'काठमाडौंबाट बटालाले लगेको हो, हत्या गरेको होइन'बिहीबार, साउन २२, २०७७

२०६५ साल वैशाख १५ गते कोटेश्वरबाट तत्कालीन माओवादीनिकट रहेका व्यापारी श्रेष्ठलाई नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकूको क्याम्पमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी भएपछि उनीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो।

यो पनि पढ्नुहोस्

गोविन्द बटालालाई सफाइ दिने निर्णय सर्वोच्चले उल्टायोबिहीबार, असोज १५, २०७७

यो फैसलामा सार्वजनिक आलोचना भएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन दायर गरेका थियो। उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ।  

एनसेल लाभकर विवाद 
सवैभन्दा धेरै आलोचना भएको अर्को मुद्दा हो एनसेल लाभकर विवाद। एकपटक प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद फेरि सुरु हुँदै फैसला भएको थियो। दोस्रोपटक फैसला हुँदा एनसेलले करिब ६२ अर्ब रुपैयाँ तिर्नुपर्ने सर्वाेच्चको फैसला बदर गरेको थियो। 

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर गणनामा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर उल्ट्याएको थियो। 

यो पनि पढ्नुहोस्

एनसेल लाभकर विवाद : ६२ अर्ब तिर्नुपर्ने ठूला करदाताको निर्णय सर्वोच्चद्वारा बदरसोमबार, भदौ ९, २०७६

ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो। तर, उसले करिब साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ वैशाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो। 

पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकार अन्तर्गत प्रवेश गरेर करिब १८ अर्ब बराबर छुट पाएको थियो। न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उक्त मुद्दाको  फैसला गरेको थिए। यो विवाद संसद्‌देखि सडकसम्म निकै बहस भएको थियो।  

यो पनि पढ्नुहोस्

'एनसेल लाभकरसम्बन्धी सर्वोच्चको फैसलामाथि सरकारले पुनरावलोन गर्नुपर्छ'आइतबार, भदौ २२, २०७६

चितवन मेडिकल कलेजको घुस प्रकरणलाई भ्रष्टाचार ठहर गर्न अस्वीकार 
२०७७ साउनमा सर्वोच्च अदालतले बैंकबाट घुसको कारोबार भएको एक भ्रष्टाचार मुद्दामा ‘भ्रष्टाचार भएको मान्न नमिल्ने’ फैसला सुनायो। कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार लालबाबु कवारी र चार्टर्ड अकाउन्टेन्ट भानु कँडेल जोडिएको मुद्दामा विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले आरोपितलाई सफाइ दिन यस्तो तर्क गरेको थियो।

चितवन मेडिकल कलेजमा अनियमितता भएको उजुरीपछि कम्पनी रजिष्ट्रारको कार्यालयले चार्टर्ड अकाउन्टेन्ट कँडेललाई निरीक्षणमा खटाएकोमा कलेजमा भएको अनियमितता लुकाइदिने प्रलोभनमा सञ्चालकसँग कँडेलले १५ लाख र कवारीले ५ लाख लिएको अभियोगपत्रमा दाबी थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैकिङ प्रणालीबाटै रकम लेनदेन भएको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले घुस ओसारपसारमा सहयोग गरेको भन्दै दिनेश अर्याललाई पनि मुद्दा चलाएको थियो। विशेष अदालतले तीन जनालाई नै दोषी ठहर गरेको थियो । त्यसविरुद्ध उनीहरु सर्वोच्च पुगेका  थिए। न्यायाधीशहरु तेजबहादुर केसी र डम्बरबहादुर शाहीको इजलासबाट तीनै जनाले सफाइ दिने फैसला सुनाएको थियो। 

सम्बन्धित समाचार :

२०७६ मा न्यायालय : एनसेल लाभकरदेखि चार पूर्व मन्त्रीलाई भ्रष्टाचार मुद्दासम्म

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्