• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीश राणामाथि नैतिक प्रश्न, आइतबारै उल्टिए दुई निर्णय

64x64
दुर्गा दुलाल सोमबार, साउन १२, २०७७  १५:५२
1140x725

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पछिल्ला दुई फैसलाका कारण विवादमा तानिएका छन्। सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा र काठमाडौं प्लाजा काठमाडौं महानगरलाई तत्काल भाडामा दिने प्रक्रिया अघि नबढाउन आदेश गरेपछि विवादमा तानिएका हुन्। 

श्रीमती गीता ढकालको हत्या गरी मकवानपुर पुर्‍याएर जलाएको अभियोगमा सर्वस्वसहित जन्मकैद पाएका कोइरालाको सजाय कटौती गरी जन्मकैद बनाएको र जन्मकैदको सजायमा पनि भारी कटौती गरी ८ वर्ष ६ महिना मात्र कैद गर्ने फैसला गरेपछि उनीविरुद्ध आलोचनाका स्वर चर्किँदै आइरहेका छन्।

तर कोइरालाको मुद्दा सकिएको भने छैन। महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा कोइरालाको मुद्दामा भएको फैसला पुनरावलोकन माग गर्दै आइतबार निवेदन दायर भएको छ। राणासहित न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलामा पुनरावेदन गर्न महान्यायाधिवक्ताको कार्यालयको माग छ। सरकारी पक्ष महान्यायाधिवक्ताको कार्यालयले पेस गरेको पुनरावेदनमा कोइरालाले गरेको हत्यालाई भवितव्य र सामान्य घटना भन्न नमिल्ने दाबी गरिएको छ। 

कोइरालालाई सजाय छुट दिने गरी प्रधानन्यायाधीश राणाको इजलासले फैसला गरेको तर उनको इजलासले गरेको फैसलालाई सर्वोच्चले पुनरावलोकन गर्न अनुमति दिएपछि प्रधानन्यायाधीश राणाको नैतिकतामाथि प्रश्न उठेको हो। योजनाबद्ध रूपमा श्रीमतीको हत्या र जलाउनेजस्तो गम्भीर अपराध गरेको घटनालाई कसरी 'चर्को पर्ने कुरा चित्तमा लागेको' भन्दै सडकमा विरोध भइरहेको छ। 

000

आइतबारै प्रधानन्यायाधीश राणाको इजलासले गरेको अर्को निर्णय पनि उल्टिएको छ। नेपाल ट्रष्टको स्वामित्वका रहेको काठमाडौं प्लाजाको भाडा प्रकरणमा सर्वोच्चका प्रधानन्यायाधीश राणाले व्यवसायीलाई फाइदा हुने गरी दिएको अन्तिरम आदेश खारेज भएपछि उनको नैतिकतामाथि प्रश्न उठाउन थप बल पुगेको हो।

नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई ६० लाख ५० हजार रुपैयाँ मासिक भाडामा दिने गरी निर्णय गरेको थियो। सोविरुद्ध यसअघि काठमाडौं प्लाजा भाडामा लिएका व्यवसायी सर्वोच्चमा निवेदन लिएर पुगेका थिए। व्यवसायीको हितमा हुने गरी प्रधानन्यायाधीश राणाले तत्काल महानगरलाई काठमाडौं प्लाजा दिने गरी कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। तर आइतबार सर्वोच्चले काठमाडौं प्लाजा महानगरलाई दिन कुनै बाधा नरहेको भन्दै राणा इजलासले दिएको आदेश खारेज गरिदियो। 

ट्रष्टको कार्यालयले २०५० सालमा कन्सेप्ट डेप्लपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेको थियो। काठमाडौं महानगरपालिकालाई भवन भाडामा दिने निर्णयको विरोधमा कन्सेप्टले उक्त भवन आफैँले भाडामा पाउनुपर्ने मागदाबी गर्दै सर्वोच्चमा रिट हालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कन्सेप्टको रिटमा असार २३ गते प्रधानन्यायाधीश राणको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल महानगरपालिकालाई भाडामा दिने प्रक्रिया अगाडि नबढाउने भनेको थियो। तर, साउन ११ गते सर्वोच्चले उक्त अन्तरिम आदेश नै खारेज गरिदिएको हो। राणाको इजलासले जारी गरेको अन्तरिम आदेशको औचित्य नभएको भन्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो फैसला गरिदिएको हो। 

असार २३ गते प्रधानन्यायाधीश राणाको एकल इजलासले कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट सुनिलभक्त श्रेष्ठले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेका थिए। महानगरले कार्यालयीय प्रयोजनका लागि काठमाडौं प्लाजाको भवन प्रयोगमा ल्याउने सहमति गरेपछि त्यसविरुद्ध डेभलपर्सले असार २२ गते सर्वोच्चमा रिट हालेको थियो।  

रञ्जन मुद्दामा प्रधानन्यायाधीश इजलासका तीन त्रुटि
सर्वोच्चका तीन न्यायाधीशको इजलासले सस्त्रका पूर्वडिआजी रञ्जन कोइरालाको मुद्दामा गरेको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले गरेको फैसलामा तीन त्रुटी भएको देखाइएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले रञ्जनको मुद्दामा भएको कैद घटाउने फैसलामा प्रश्न पनि उठाएको छ। 

१. आरोपितले कसुर इन्कार गरेको 
जिल्लादेखि सर्वोच्चसम्म आइपुग्दा कोइरालाले कहिल्यै पनि अदालती बयानमा श्रीमती गिता ढकालको हत्या गरेको स्वीकार गरेका छैनन्। प्रहरीको अनुसन्धानमा आफूले हत्या गरेको भनेको भएपनि अदालतमा उनले इन्कारी बयान दिएका छन्। हत्या गरेको कुरा स्वीकार नै नगरेको व्यक्तिलाई कर्तव्य ज्यान अभियोगमा कैद छुट दिन नमिल्ने पुनरावदेनमा भनिएको छ। अभियोग स्वीकार गरेका व्यक्तिलाई मात्र मुलुकी ऐनको दफा १८८ को सुविधा दिन मिल्ने आशय सर्वोच्चले देखाएको छ। राणाको इजलासले अभियोग नै अस्वीकार गरेको व्यक्तिलाई कैद छुट दिएकाले त्यो त्रुटिपूर्ण भएको आइतबारको आदेशमा उल्लेख छ। 

२. रञ्जनले लास लुकाउने प्रयत्न गरेकाले घटनालाई 'सामान्य र भवितव्य' भन्न नमिल्ने
सर्वोच्चले पुनरावलोकनको आदेश गर्दा टेकेको अर्को आधार हो, भवितव्य भन्न नमिल्ने। राणासहितको इजलासले व्यापारका लागि पैसा माग्ने क्रममा गीता र रञ्जनबीच धकेलाधकेल भई घटना भएको भनी भवितव्यका रूपमा घटना हुन पुगेको दाबी गरिएको छ। तर सर्वोच्चको पूर्ण इजलासले भने उक्त तर्कलाई खारेज गरिदिएको छ।

पुर्ण इजलासले  श्रीमतीको हत्यापछि लास लुकाउन प्रयत्न गरेको र काठमाडौंदेखि मकवानपुरको पालुङसम्म पुर्‍याएर जलाइएको थियो। यी प्रयत्नबाट हत्यालाई भवितव्य मात्र थियो भन्न नमिल्ने सर्वोच्चको पछिल्लो ठहर छ। 

३. अदालतकै सिद्धान्त प्रतिकूल हुने गरी फैसला
सर्वोच्चको पूर्ण इजलासले टेकेको तेस्रो आधार हो, यसअघि सर्वोच्चबाटै प्रतिपादित भएका सिद्धान्तविपरीत फैसला हुँदा कैद छुट दिएको ठहर गरेको हो। सर्वोच्च अदालतबाट विभिन्न समयमा भएका फैसलाहरू विपरीत हुने गरी प्रन्या राणाको इजलासले कोइरालालाई कैद छुट दिएको जिकीर पूर्ण इजलासको आदेशमा गरिएको छ। 

सरकारी वकिलको कार्यालयले प्रधानन्यायाधीश इजलासको फैसला त्रुटीपूर्ण भएको पुष्टि गर्न पेस गरेका चार फैसलालाई सर्वोच्चको पूर्ण इजलासले आधार बनाएको छ। 

शान्ति विकविरुद्ध नेपाल सरकार वादी रहेको कर्तव्यज्यान मुद्दा पहिलो नजिरको रुपमा मानिएको छ। जुन मुद्दामा दण्ड निर्धारण गर्दा दण्डको प्रकृति र दण्डको हद दुवैको हुनुपर्ने भनिएको छ। यसमा अपराधको गम्भीरता निर्धारण, सजायको मात्रा तथा मापदण्डले निश्चितता प्रदान गरेको हुनुपर्ने व्याख्या गरेको थियो।

त्यस्तै दोस्रो नजिरका रूपमा नेपाल सरकार विरुद्ध जुगत सदाको कर्तव्य ज्यान मुद्दाको नजिरलाई लिइएको छ। जुन मुद्दामा सर्वोच्चले हदैसम्म सजाय गर्दा वा हदैसम्म सजाय नगरी आधा वा कम सजाय गर्दा किन हदैसम्म कम गरेका वा किन हदैसम्म सजाय नगरी आधा वा कम सजाय गरिएको हो त्यसलाई पुष्टि गर्ने आधार र कारणले सर्मथन गर्नुपर्ने व्याख्या गरेको थियो।  

तेस्रो नजिरका रूपमा नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेतसमेतको कर्तव्य ज्यान मुद्दा छ। उक्त मुद्दामा सर्वोच्चले सजायको उद्देश्य कसुरदारलाई दण्डित गर्नु, त्यस्तो कसुर गर्नबाट अरुलाई निरुत्साहित गर्नु र कानुनको अधीनमा रही कसुरदारमा अपराधको बोध गराई सुधार गर्नु भनिएको थियो। नाम मात्राको सजाय गर्ने हो भने सजाय नै हुँदैन। अपराधीलाई अनुभति र पीडितलाई न्यायको महसुस गराउने फैसला हुनुपर्ने सो मुद्दामा भनिएको छ। 

सर्वोच्चले यी तीन आधार र सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजिर एवं कानुनी सिद्धान्तले रञ्जनको मुद्दामा भएको फैसला त्रुटिपूर्ण भएको जिकीर गर्दै पुनरावलोकनको निस्सा दिएको छ। योसँगै यो मुद्दा अब सर्वोच्चमा पुन शुरु भएको छ। सर्वोच्चले आगामी दिनमा यसमाथि थप सुनुवाई गर्दै फैसला गर्ने भनेको छ। सर्वोच्चले फैसला गर्दा रञ्जनमाथि थप सजाय पनि गर्न सक्नेछ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्