काठमाडौँ – काठमाडौँको सिनामंगलमा दुई युवायुवती मृत भेटिएका छन्।
काठमाडौँ महानगरापलिका ८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन्।
शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो। सो घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको समेत जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।