• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३, २०८१  १४:२४
1140x725

काठमाडौं–  पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ। आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ। पुरुषहरुको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंमा हुनेभएको छ। 

छनोट भएका खेलाडीहरुलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिएका छन्। यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरु छनोट गरिएको थियो। तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो। 

उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन्। नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए। 

अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन्। यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ। विभिन्न जिल्लामा रहेका दृष्ट्रिविहीनहरुलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ।  

नेत्रहीनहरुको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नु पर्दछ। यी वाहेक अन्य देशका स्कूल कलेजहरुमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ। तर यसको संस्थागत विकास भने हुन सकेको छैन्। नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो। त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरुको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो। त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो। भारतको केरलामा सन् २०१६ मा भएको एशियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो। यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो। त्यतिखेर भारतले उपाधि जितेको थियो। 

नेपालबाटै महिला क्रिकेट सुरु
यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै सङ्ख्यामा दृष्ट्रिविहीन महिलाहरुलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपङ्तिमा पर्दछ। नेत्रहीन महिलाहरुको क्रिकेटको सुरुआत नेपालले नै गरेको थियो। वेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो। सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजीत गरेको थियो। त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो। अब  सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरुको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ।  

मैदानको अभाव 
शारिरीक रुपले सक्षम क्रिकेट खेलाडीहरुको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरुका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन। चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट सङ्घलगायतलाई गुहार्नु पर्ने अवस्था आउने गरेको छ। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट सङ्घले प्रयोग गरिरहेको छ। सोही सङ्घले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ। त्यस्ता मैदान नेत्रहीनहरुलाई पनि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनु पर्दछ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा नेपालभर हजारौंं रोपनी जमिन रहेका छन्। कयौं जमिन अतिक्रमणमा परिसकेका छन्। नेत्रहीन क्रिकेट खेलाडीहरुका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नु पर्दछ भनेर पटकपटक आवाज उठ्ने गरेको पनि छ। नेत्रहीन क्रिकेट सङ्घ नेपालका पदाधिकारीहरुले नेत्रहीन क्रिकेट र अपाङ्गता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन्। पछिल्लो पटक युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सङ्घका पदाधिकारीहरुले छलफल गरेका थिए। 

दृष्टिविहीनहरुले कसरी खेल्छन् ?
दृष्ट्रिविहिन क्रिकेट खेलाडीहरुले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्दछन्। नेत्रहीनहरुले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लाष्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ। त्यही आवाज सुनेको आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन्। 

सबै नेत्रहीन खेलाडीले देख्छन् कि देख्दैनन् ?
दृष्ट्रिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पुर्ण दृष्ट्रिविहीन हँुदैंनन्। वल्ड ब्लाइण्ड युनियनले मान्यता दिएको वैधानिक दृष्ट्रिविहीनअन्तर्गत क्रिकेटमा तीन प्रकारका खेलाडीहरुले खेल्ने गर्दछन्। जस्तै बी वान जसले पूर्ण रुपमा देख्दैन। बि टु जसले पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्ने, बि थ्री क्याटगोरीमा २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्दछन्। एक टिममा चार जना बि वान, तीन जना बि टु तथा चार जना बि थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ। पूर्ण दृष्ट्रिविहिन तथा कम देख्ने क्षमता खेलाडीहरुको समग्रता नेत्रहिन क्रिकेट मानिएको छ। 

सन् १९२२ मा अष्ट्रेलियाबाट नेत्रहीनहरुको क्रिकेटको सुरुवात भएको थियो। तर १०० वर्ष पुगिसकेको अवस्थामा पनि विश्वमा यो खेललाई अझ ब्यापक बनाउन सकिएको छैन। नेपाली नेत्रहीन खेलाडीहरुले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अवस्थामा महत्वपूर्ण पदकहरु भित्र्याएर मुलुकको छवि अझ उच्च बनाउन नेत्रहीन क्रिकेट पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ। तर यसका लागि शारिरिक रुपमा सक्षम क्रिकेट खेलाडीहरुलाई नेत्रहीन क्रिकेट खेलाडीहरुलाई पनि यथोचित सुविधा, यस खेलका लागि सरकारको उच्च प्राथमिकता तथा यथोचित लगानी भने अत्यावश्यक भैसकेको महसुस गरिएको छ। (लेखक खलकुद पत्रकारिताका जानकार हुन्। )

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान
नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन भव्यताका साथ सम्पन्न
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति आइतबार, असोज ४, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान आइतबार, असोज ४, २०८३
नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन भव्यताका साथ सम्पन्न आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
भोटेकोशीमा बेपत्ताको मृत्यु प्रमाणपत्रदेखि यूएन महासभासम्म : रास्वपाका यस्ता छन् निर्णय आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्