• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गौदानबारे एआईको भाषा: भाग २ 

गोविन्द बेल्बासे मंगलबार, फागुन २९, २०८०  २०:४५
1140x725

पुरानो पुस्ताको लागि गौदान गर्नुको मतलब बैतर्णीको सहारा बनाउनु हो। बैतर्णी नेपाली समाजमा विश्वास गरिएको आस्था हो। मृत्यूपछि यमलोक जाँदा बैतर्णी नदी तर्नु पर्छ भन्ने मान्यता छ। चेतना नगुमाउँदै गाई  दान गरियो भने उक्त बैतर्णी नदी तर्दा दान गरेको गाईको पुच्छर समातेर तर्न सकिन्छ भन्ने सिकाइएको छ। धार्मिक ग्रन्थहरूको ब्याख्या गर्दै ब्राम्हणहरू बैतर्णी तर्नुपर्ने तथ्य सिकाउँछन्। जुन पण्डितले सिकाउँछन् उनलाई भने यसको सत्यता थाहा छैन। विश्वास भने छ। तर, उनी स्वयं पनि बैतर्णी नदी पार गर्न चाहिने गाइको व्यवस्था गर्न गाई दान गर्दछन्।

गौदानका विषयमा नयाँ पुस्ताको चासोलाई बेवास्ता गर्नु मुर्खता हुन सक्छ। पुरानो पुस्ताका ऋृषिहरूले पाँच इन्द्रीयको अनुभवबाट संसारलाई ज्योतिष शाष्त्र, योग र ध्यानको हदसम्म बढाएका छन्। कर्मकाण्ड पनि त्यही सुझबुझमा आधारित छन्। नयाँ पुस्ता कृत्रिम बौद्धिकता तथा हर्बल र जेम्स वेब टेलिस्कोपले देखाएको ब्ल्याक होल, निहारिका (nebula वा नेब्युला) को हदसम्म गएर धारणा बनाउँछन्। त्यस्तो धारणा बनाउँदा गौदान र प्रचलित कर्मकाण्ड प्रतिको धारणा कस्तो बन्छ?

जर्मन दार्शनिक इम्यानुअल कान्टले स्वतन्त्रता सकारात्मक र नकारात्मक हुने चर्चा गरेका छन्। चोरले घरमा पसेर पुर्पुरोमा पेस्तोल राख्दा चुप बस्ने स्वतन्त्रता नकारात्मक स्वतन्त्रता हो। चोरका विरूद्ध पुलिस बोलाउनु सकारात्मक स्वतन्त्रता हो।

त्यस्तै गरी नयाँ पुस्तालाई परम्परा जस्ताको तस्तै मान्ने वा नमान्ने स्वतन्त्रता छ। यो विषयलाई पूरै बेवास्ता गर्दा पनि हुन्छ। तर, नयाँ पुस्ताको गौदान जस्ता संस्कारको चासोलाई सम्बोधन नगर्नु पनि नकारात्मक स्वतन्त्रता हुन्छ। समाजप्रतिको उत्तरदायित्व बहन नगरेको ठहरिनेछ।

गाईको पुच्छर सहित जौँ, तील, कुस र पानी समाएर ब्राम्हणद्वारा मन्त्रोच्चारण गर्दै उक्त गाईलाई  दान गरिन्छ। उक्त मन्त्रको सार अमुक ठेगानाको व्यक्तिले अमुक ठेगानाको ब्राम्हणलाई नगद दक्षिणासहित यो गाई दान गर्दैछु। यो दान गरे बापतमा मैले जान अञ्जानमा गरेका पापहरू कटिन्छन् भन्ने विश्वासमा यो दान गर्छु। जनजिब्रोको सर्वसाधारण जनताले बुझ्ने भाषामा भनेर गाई दान गर्दा जनतालाई धेरै दिन गुमराहमा पार्न सकिन्न भन्ने ब्राम्हण समुदायको सुझबुझ देखिन्छ। त्यसैले सर्वसाधारणले नबुझ्ने संस्कृत भाषा देवलोकको भाषा भन्ने किंवदन्ती कायम गरिएको छ। बृद्ध भएर अशक्त भएका व्यक्तिले पनि उक्त गाईले लात्ताले हानेर पुर्‍याउने चोटपटकको जोखिम लिएर पनि गाईको पुच्छर समाउँछन्। मरेपछि बैतर्णी नदी तरेर स्वर्ग जान पर्ने हुनाले जिवित हुँदाको जोखिमको उनीहरूलाई मतलब नै हुँदैन।

मानिसले जुन आस्थामाथि विश्वास गर्छ त्यही आस्थाका गुरूहरूले जे सिकाउँछन् त्यो नै उसका लागि सत्य हुन्छ। क्रिश्चियन, इस्लाम आस्थावान र भौतिकवादीका लागि बैतर्णी दानको अर्थ सत्य हुँदैन। तर, हिन्दू तथा सनातन आस्था मान्नेका लागि बैतर्णी सत्य हो। बुद्ध धर्मावलम्बीका लागि पनि बैतर्णी सत्य होइन। बुद्धले पुनर्जन्म हुन्छ भनेर त सिकाए तर संसारको उत्पत्ति र अन्त्यका विषयमा मौन बसे। बुद्धका अनुयायीहरूले मानिसले बुझ्न नसक्ने सन्सारको उत्पत्ति र अन्त्यका विषयमा सोच्नु दुख्ख पाउने एक कारण हो भन्ने मान्दछन्। बुद्धलाई थाहा त थियो तर चेलाहरूलाई संसारको सुरूवातका विषयमा बताउन चाहनु भएन, भनिन्छ। त्यसैले चेलाको प्रश्नमा उहाँ हासेर मात्र बस्नु भयो जवाफ दिनु भएन। त्यसैले बुद्ध अनुयायीहरूका लागि गौदानको सत्यता खोज्नु दुख्ख खोज्नु पनि हुनसक्छ।

अब हुर्कने पुस्ताले कम्प्यूटरको सहाराबाट पाउने चेतनाको स्तरमा आफ्नो धारणा बनाउँछन्। कम्प्यूटर पनि झन्पछि झन् नयाँ पुस्ताका रूपमा आर्टिफिसियल इन्टेलिजेन्सको पुस्ताका रूपमा चिनिएको छ।

अहिलेका केटाकेटीले नजानेको विषयमा आमाबुवा र शिक्षकलाई भन्दा बढी कम्प्यूटरलाई सोध्न थालेका छन्। त्यसैले मैले पनि उनीहरूले कस्तो ज्ञान हासिल गर्छन् भन्ने जान्न ‘च्याटजीपीटी’ लाई  बैतर्णी दान किन गरिन्छ र यसको सत्यता के हो? भन्ने प्रश्न गरेँ। उसले यस्तो उत्तर दियो:

Ncell 2
Ncell 2
nimb
nimb

‘बैतर्णी दान वा बैतर्णीको दान नेपालमा प्रचलित एक परंपरागत रूपको दान पद्धति हो जसमा विधायिका बैतर्णीबाट परिसारमा बोलाइन्छ र त्यसले तपाईंको शुभकामनाहरूलाई बढाउँछ, ताकि तपाईं धन्य र भाग्यशाली हुनुहोस् भन्ने विशेष आशीर्वाद प्रदान गरेको मानिन्छ। यसले आशीर्वाद, सुख, शान्ति, धन, स्वास्थ्य, लाभ, श्रेष्ठता, र सफलता ल्याउँछ भन्ने धारणा रहेको छ।’

यो परम्परा सामाजिक, सांस्कृतिक र धार्मिक पृष्ठभूमिबाट परिचित छ र नेपालको विभिन्न क्षेत्रहरूमा अपनाइएको छ। हाम्रो समृद्धि, धन, र सुखको क्षेत्रमा बैतर्णी दानले महत्त्वपूर्ण भूमिका खेलेको छ, र यो धार्मिकताका साथै सामाजिक एवं सांस्कृतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छ।

तथापि, यसको सत्यता वा वैयक्तिक विश्वास तथा धार्मिक दृष्टिकोणबाट आफ्नो समर्थन गर्ने व्यक्ति वा समूह अनुसार भिन्न हुन सक्छ। कुनै पनि दान वा पूजा पद्धति धार्मिक वा सामाजिक परंपराका आधारमा हुँदैछ र त्यसले विभिन्न धार्मिक र सांस्कृतिक समृद्धिमा योगदान गरेको मानिन्छ।’

त्यसैगरी ‘कोपाइलट’ भन्ने अर्को एआइलाई गौदान तथा बैतर्णीको सत्यता के हो? नेपाली भाषामा बताउनुहोस् भनेर सोध्दा उसले यस्तो उत्तर दियो:
गौदान र बैतर्णी हिन्दू धर्ममा प्रसिद्ध धार्मिक प्रथाहरू हुन्। यी प्रथाहरूको महत्व धार्मिक दृष्टिकोणबाट अत्यधिक मानिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गौदान:
गौदान भनेको गाईको दान गर्नु हो।
गौदानलाई धार्मिक दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ।
बैतर्णी:
बैतर्णी पनि एक प्रकारको धार्मिक दान हो, जसमा नौजवान बैलोंको दान गरिन्छ।
यसको महत्व गाईभन्दा पनि अधिक हो।
गौदान र बैतर्णीले धार्मिक आदर्शहरूको पालन गर्दछ र यसले पुण्यदायक मानिन्छ। 

आर्टिफिसियल इन्टेलिजेन्स पनि भर्खरै जन्मिएको हो, र हुर्कँदै छ। वैज्ञानिकहरू यसले दिनप्रतिदिन सिक्दै छ भन्छन्। ऊ छिप्पिँदै जाँदा उसले दिने उत्तरहरू पनि पक्कै खारिँदै जानेछन्।

सनातन परम्परामा हजारौं वर्षदेखि ज्योतिष शाष्त्र प्रचलनमा छ। मानिसले कम्प्यूटर बनाउन सिक्नुभन्दा पहिला दिमागका भरमा विभिन्न हिसाब गरिन्थ्यो। ज्योतिष शाष्त्र पनि एउटा हिसाब हो। पूर्वजहरूले जुन, तारा, सूर्य र अन्य ग्रहको स्थान गणना गरेर हिसाब गर्छन्। त्यही हिसाब गरेर एक वर्ष पछि हुने चन्द्र ग्रहण वा सूर्य ग्रहणको मिति र समय तोक्न सक्छन्।

औपचारिक शिक्षाको अवसर नपाएको ब्यक्तिलाई अर्को वर्ष लाग्ने ग्रहणको भविष्यवाणी गर्नसक्ने व्यक्ति भगवानको दूत जस्तै लाग्नु स्वभाविक नै हो। त्यसैले ज्योतिषको गणना जान्ने पण्डितले भनेका र सिकाएका सवै कुरा ईश्वरवाणी भन्ने लाग्छ। त्यसैले पण्डित वचन अनुसार बैतर्णी नदी तर्नका लागि गाई दान गर्न सोझो ब्यक्ति आतुर हुन्छ। पण्डित भने एक तल्लो वर्णको जातले भगवान्‌लाई छुँदा ग्रहण लागेको बताउँछ। सर्वसाधारणले त्यसैलाई विश्वास गर्थे। ज्योतिषले जस्तै कम्प्यूटरले गणना गर्ने नयाँ स्वरूप आर्टिफिसियल इन्टेलिजेन्स हो।

अब हुर्कने नयाँ पुस्ताले ग्रहण लाग्ने समय र दिन ज्योतिष शाष्त्रले भने जस्तै भेटाउँछ। तर, उसले ग्रहण लागेको कारण पृथ्वी, सूर्य र चन्द्रमाको घुमाइको हिसाबका रूपमा छाँया परेको भन्ने बुझ्छ। अझ सन्  १९६९ मा निल आर्मस्ट्रङ चन्द्रमामा पुगेर फर्किएपछिका पुस्ताले पण्डितका कुरामा प्रश्न खडा गर्न थालेका छन्। तर, नयाँ पुस्ताले अब भने नबुझेका कुराको ज्ञान सिक्न पण्डितलाई सोध्न छाडेका छन्। पण्डितको सट्टा कम्प्यूटरलाई सोध्ने गर्छन्।

कम्प्यूटरले मरेपछि यमलोक जान बैतर्णी नदी तर्नु पर्छ भन्ने विषयलाई सत्य मान्दैन। त्यसैले गौदान गरेर स्वर्ग पुग्ने कुराका विषयमा नयाँ पुस्ताले विश्वास गर्दैनन्। सनातन धर्मको आस्था जोगाउने हो भने पण्डितहरूले कथनहरू समयसापेक्ष रूपमा सच्याउनुपर्छ। निरक्षर समाजमा मान्छेको चित्त बुझाउन दिइएका पण्डितका उत्तर अहिले गलत सावित भएका छन्।

तर, पण्डितका सबै कुरा झुटा हुन् भनेर प्रमाणित गर्न वैज्ञानिकहरू असमर्थ छन्। वैज्ञानिकहरूले असत्य भनेर प्रमाणित गर्न नसकेका विषय पण्डित वाणीका रूपमा अझै पनि बिक्न सक्छन्। तर, वैज्ञानिकका कुरा पत्याउने नयाँ पुस्तामा सनातन आस्था जोगाउन चाहने पण्डितहरूले गौदानको अर्थ समय सापेक्ष हुने गरी पुनर्ब्याख्या गर्न जरूरी छ।
अधिवक्ता बेल्बासे बेलायतमा बसोबास गर्छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्