काठमाडौं- विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिगमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर जम्मा १४४ रन बनायो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेन ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।
बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।