• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

 समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १४, २०८१  १२:२०
1140x725

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुन्। शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग राससका प्रमुख समाचारदाता एकराज पाठक र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः 

जननेता स्व मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे यहाँले पनि विभिन्न सन्दर्भमा चर्चा गर्दै आउनुभएको छ। यहाँले मदन भण्डारीलाई आजका दिनमा कसरी सम्झनुहुन्छ ?

म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ। वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु। मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी। मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु। तर दुःखद् कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो। नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन। 

खासगरी मदन भण्डारीसँग यहाँको पहिलो भेट तथा राजनीतिक सहकार्यका मुख्यमुख्य सन्दर्भहरु स्मरण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

मेरो उहाँसँगको भेट र त्यसपछि विछोडको अवधिको कुरा गर्दा यो अवधि धेरै लामो रहन सकेन। विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो। त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ। उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरुको टोली लिएर कैलालीको धनगढीमा अध्ययनका लागि जाने तयारीमा थिएँ। त्यस भ्रमणबारे जानकारी गराउन उहाँसँग भेट भएको थियो। 

कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दोरहेछ। कार्लमाक्र्स र फेडरिक एङ्गेल्स्ले करिब २६ वर्षको उमेरमा भोल्तेयर भन्ने दार्शनिकको नामको होटेलमा बसेर वैचारिक छलफल सुरु गर्दै जाँदा १० दिनसम्म छलफल गरेर समाज परिवर्तनका लागि आफूहरुका समान विचार छन् र ती महान् उद्देश्यका छन् भनेर निचोड निकाल्नुभएको थियो। र उहाँहरुले तीनै विचारमा रहेर सहकार्य गर्ने निष्कर्षसहित माक्र्सवादी दर्शन, सामाजिक र आर्थिक विकासका चिन्तनहरु अघि सार्नुभयो। 

त्यस्तै जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ। हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो। उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो। त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुरा भयो। उहाँको दुःखद् निधन भयो। म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान उद्देश्यलाई अगाडि बढाइरहेको छु। उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ। 

जनताको बहुदलीय जनवाद त्यस समय मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, त्यस समय त्यो सिद्धान्त उहाँले किन प्रतिपादन गर्नुभयो होला? अहिले पनि नेपालका सबै कम्युनिष्टलाई यो जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन?  

nimb
nimb

मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो। जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो। त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो। यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन्। त्यसमा एमाले सुस्पष्ट छ नै। यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन। अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन्। मैले यहाँका अरु कसैसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन। 

आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ। ती केबल आफ्ना स्वार्थहरुको तुष्टिका लागि अलगअलग भएका हुन्। स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामथ्र्य तिनमा छैन भन्नेमा म स्पष्ट छु। दणिणपन्थी सेवामा खुसी हुने कतिपय कम्युनिष्ट नामका समूहले अधिवेशन, महाधिवेशन गर्दै गरेको र त्यहाँभित्र फलानो तिलानो नेताबीच नेतृत्वमा प्रतिस्पर्धा भएको आदि जस्ता भन्ने गरेको अहिले सुनिएको पनि छ। जबकी ती समूह राष्ट्रिय दल नै हुन सकेका छैनन्, त्यहाँ कोही नेतृत्वमा आएर वा नआएर देशलाई के हुन्छ ? केही फरक पर्दैन ? त्यो त हावामा कुस्ती खेलेको जस्तो मात्रै हो भन्ने मलाई लाग्छ। 

म फेरि पनि भन्छु, जबज देश बनाउने वैचारिक र व्यावहारिक बाटो हो। मदन भण्डारीले कसैप्रति आग्रह राखेर यो विचार ल्याउनुभएको थिएन। त्यसबेला पनि राजनीतिकरुपमा कम्युनिष्ट आन्दोलनका नाममा जे–जस्ता नक्कलवादी सोचहरु पैदा भएका थिए, ती सोचहरुलाई अस्वीकार गर्दै भण्डारीले सिद्धान्त रट्ने र जप्ने चिज होइन, जीवन र परिवर्तनका लागि सिद्धान्तको प्रयोग हुनुपर्छ भन्ने सोच राखेर नै यो सिद्धान्तलाई अघि सार्नुभएको हो। उहाँले जडसूत्रमा कहिल्यै विश्वास गर्नुभएन। सिद्धान्तले राम्रो व्यवहारका लागि काम गर्नुपर्छ भन्ने सोचका साथ तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर बहुदलीय प्रणालीलाई स्थापित गर्न जबज ल्याइएको हो। 

खासगरी २०४६ सालको जनआन्दोलनको सफतालपछि नेपाली जनताका आकाङ्क्षाहरु समाज र लोकतान्त्रिक अभ्यासमा दत्तचित्त भएर अगाडि बढ्न सकोस्, शान्ति र न्यायको पालना होस् भन्नका लागि जबज ल्याइएको थियो। अहिले पनि नेपाली समाजमा असमानता र विभेदहरु छन्। अराजकता छँदैछ। जनआन्दोलन जनअधिकारका लागि भएको थियो। मानवअधिकार, शान्ति, सुरक्षा र सम्मानका साथ सुविधायुक्त जीवन बाँच्न पाउने अधिकारका लागि हामीले काम गरिरहेका छौँ। यी कुरा संविधानमा लेखिएकाले मौलिक हक भएका होइनन् कि मौलिक हक भएकाले हामीले मानवअधिकार, शान्ति र सुरक्षाका कुरा संविधनमा मौलिक हकका रुपमा व्यवस्था गरेका हौँ। मुलुकमा सुशासन होस्, पारदर्शीता होस्, मर्यादाको पालना होस् भन्ने हाम्रो चाहना हो। अहिले त्यस्तो हुन सकिरहेको छैन। 

समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदित खस्कँदै गएको छ। अहिलेको जस्तो मर्यादाहीन स्थिति मलाई लाग्छ यसअघि नेपालको इतिहासमै थिएन। राज्यको एक अङ्गका रुपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम अहिले देशमा भइरहेको छ्। संसद्मा कस्ता छलफल हुने गरेका छन् ? यो यहाँहरुले, सबै देशवासीले देख्नुभएकै छ। पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो। त्यही अवस्थाको अन्त्य र नेपाली नागरिकको भविष्य सुनिश्चित गर्नकै लागि तथा त्यस्तो नराम्रा कुराहरु इतिहासमा नरहुन् भनेर नै जबज ल्याइएको हो। र, यो जबजको विचार कुनै ऋषिमुनिले ध्यानागत भएर प्राप्त गरेको विचार होइन। मदन भण्डारीको नेतृत्वमा समाज परिवर्तनका क्रममा सामूहिक प्रयत्नका माध्यमबाट व्यवहारसँग जोडिएको चिन्तनको विश्लेषण र संश्लेषण गरेर मात्र यो ल्याइएको हो। 

त्यसैले कम्युनिष्ट पार्टीहरुको एकताको कुरा यहाँले जुन गर्नुभयो, त्यसोभन्दा पनि जबजको मान्यताभित्र सबै एकत्रीत हुँदा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा हुन सक्छ। अहिले त कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र प्रतिक्रियावादीका मतियारहरु, राष्ट्रियहित विरोधीहरु पनि देखिएका छन्। उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन्। तर सक्दैनन्। केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन्। तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ। तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने नै छ। त्यसकारण त्यस्ता समूहहरु एमालेमा नआएर बाहिरै बसेको राम्रो हो। साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ। अरु कुनै पनि नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन।  

यहाँले इङ्गीत गर्न खोज्नुभएका त्यस्ता समूहरुहरुले पनि त जबजको विचार बोकेका छौँ भन्छन् नी?

त्यो नक्कली कुरा हो। पहिले त उनीहरुले एमालेमै बसेर पार्टी, यसको नीति, उद्देश्य र नेतृत्वका विरुद्ध लड्नुपर्छ भन्ने सोच राखे। एमाले एकताबद्ध हुँदा उनीहरुलाई चिन्ता हुन्छ रे। उनीहरुले पार्टीमा आलोचना नभएका, विरोधको चेत नभएकाहरु दास र झोले हुन् भनेर हौवा पिटाउन पनि छोडेनन्। कार्यकर्ता स्वतन्त्र हुनुपर्छ र पार्टीको निर्णय नभई आफ्नाआफ्ना निर्णयमा चल्नुपर्छ भन्ने सोच बोक्नेहरु पार्टीका पक्षधरहरु हुन सक्दैनन्। उनीहरुको विरोधको चेत भनेको एमालेलाई सिध्याउनुपर्छ भन्ने मात्र देखिन्छ। त्यसकारण तिनीहरुले जबजको सक्कली विचार बोकिरहेका छैनन् र बोक्न पनि सक्दैनन्। आफ्नो नीहित स्वार्थका लागि बोके झैँ गरेका मात्रै हुन्। 

उनीहरु सही अर्थमा जबजका पक्षपाती हुन् भने एमालेको नीति र नेतृत्वका पक्षमा रहन सक्थे। पञ्चायत ढलेको र राजतन्त्र ढलेको यतिका वर्षपछि पनि अहिले पनि २० दशमलव २६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि छन्। एमालेले गरिबी हटाउनुपर्छ र देश बनाउनुपर्छ भन्दा उनीहरु एमालेको नीति र नेतृत्वको अलोचना गर्नुपर्छ भनेर आए। उनीहरुसँग परिवर्तनको सोच र देश विकासको गति पनि छैन भन्छु म।  

जबजको मार्गदर्शनमा रहेर नयाँ नेपाल बनाउने मदन–आश्रितका सपना पूरा गर्ने सङ्कल्प यहाँहरुको देखिन्छ। यहाँले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’लाई जबजको लोकानुवाद हो पनि भन्ने गर्नुभएको छ। समयको विकाससँगै जबजको संशोधन वा परिवर्तन आवश्यक छ भन्ने पनि यदाकदा उठ्ने गर्छ। तर यहाँले भने यसमा केही परिवर्तन आवश्यक छैन भन्नुहुन्छ, किन ?

संसारमा परिवर्तन हुने कुराहरुमा मात्र परिवर्तन हुने हो। भूगर्भविद्हरुले भन्छन्, प्रसान्त महासागरमा रहेको प्लेट सर्दैसर्दै आएर तिब्बती प्लेटसम्म जोडिएर आयो। हजारौँ वर्षमा कुनै समुद्र पहाडमा र कुनै पहाड समुद्रमा परिणत पनि भएका कुरा विज्ञहरुले गर्ने गर्छन्।  अर्बौं वर्षमा हजारौँ सूर्यहरु आउने र विलय हुनेक्रम पनि चलिरहेकै छ। तर विचारमा त्यस्तो हुँदैन। यसरी आउने मिसिने या विलय हुने आदिजस्ता कुरा कुनै पनि विचारका क्षेत्रमा लागू हुँदैन। 
    
जस्तो कि बुद्धले शान्तिको विचार दिए। त्यस समय संसारलाई त्यही आवश्यक थियो र त उनले त्यो विचार दिएका थिए। अहिले त्यसलाई संशोधन गरेर शान्तिको सन्देश आवश्यक छैन, अब यसमा हिंसाको सन्देश राख्नुपर्छ भन्नेर हुन्छ र ? अनि उनले त्यस समयका लागि अत्यावश्यक ठानेर ल्याएको त्यो विचार नै अहिले आवश्यक रहेन त्यसमा संशोधन गरौँ, अब हिंसाको या अर्काे कुनै पनि विषयको कुरा राखौँ भनेर कसैले भन्छ भने त्यो सान्दर्भिक भयो र ? अनि त्यस्तो विचार राख्नु जडसूत्रवादी हुन जान्छ भन्ने ? बुद्धका समयमा उनले समयको आवाज र मागलाई सुनेर शान्तिका लागि काम गरौँ भन्ने सन्देश दिए। उनको मृत्युपछि शिष्यहरुले शान्तिका विचारलाई अध्ययन गरे र त्यो सन्देश लिएर समाजमा हिँडे। आज पनि शान्ति आवश्यक छ, त्यसकारण बुद्धवादको सान्दर्भिकता छ। भोलि शान्तिका पक्षमा हरेक व्यक्ति पुगेमा शान्ति शान्ति भनिरहन आवश्यक पर्दैन। 

विश्वमा ठूलाठूला हतियारहरु पनि निर्माण भइरहेका छन्, ती साधन मान्छे मार्न उत्पादन भएका हुन्। पृथ्वी वा वातावरणलाई ध्वस्त पार्न निर्माण गरिएका हुन्। त्यसकारण २६ सय वर्षपछि पनि बुद्धका विचार आवश्यक छ भन्ने देखियो नी त?

यसरी हेर्दा नेपाली समाजको शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समृद्धि हासिल गर्ने काम सकेपछि जबजको औचित्य आफैँ सकिन्छ। अहिले त्यो काम पूरा नभएकाले जबजको औचित्य अझ बढी आवश्यक रहेको छ। जुन सिद्धान्तले जे उद्देश्य राखेर आएको छ, त्यसको औचित्य नै पूरा भएको छैन, काम नै सकिएको छैन भने अहिले संशोधनको औचित्यहीन बहस किन चलाउने ? यस्तो कुरा किन गर्ने ? जस्तो कि रोपाइँ सकिएपछि खेतबाट रोपाहार र बाउसेहरु बाहिर निस्कन्छन्। हातगोडा धुन्छन्, हिलो झार्छन् र आफ्नो बाटो लाग्छन्। उनीहरुलाई दिनदिनै यो कुरा सिकाइरहनुपर्छ र ? पर्दैन नी। हरेक दिन आफ्नो काम सकिएपछि के गर्ने भन्ने उनीहरुले आफैँ बुझेका हुन्छन्। त्यस्तै कुनै पनि विचारले लिएको उद्देश्य र यसको सान्दर्भिकता सकिएपछि पनि त्यो विचार स्वतः सकिन्छ। यहाँ कोही विद्वान पल्टिएर जबजमा मैले यो थपेँ, त्यो संशोधन गरेँ या गर्न लगाएँ भन्ने गरेको पनि म सुन्छु। त्यो बेकारको कुरा हो। हामीले जबजलाई जनभाष्यमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा रुपान्तरण गरेका छौँ, त्यो पूरा नभएसम्म जबजको औचित्य रहिरहन्छ। आजका दिनमा यसको औचित्य अझ बढी छ भन्ने मेरो निष्कर्ष हो।

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ। एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नी ? 

जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ। नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन्। दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो। मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे। हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन। अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो। यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो। यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए। यसको रहस्य पनि खुल्छ कुनै दिन।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ। तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन। छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो। हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ। अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ। तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन। दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ। पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ। यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ। 

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ। त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन। पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ। पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन। 

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्