काठमाडौं– भारतीय खेलाडी ऋषभ पन्त आइपीएल इतिहासकै सबैभन्दा महङ्गा खेलाडी बनेका छन्।
यसअघि श्रेयस अय्यर महंगा खेलाडी बनेकामा फेरि रेकर्ड तोडिएको हो। एकै सेटमा दुई महंगो बोली लागेको हो।
जारी मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले पन्तलाई २७ करोड भारुमा किनेको हो।
यसअघि रिषभ दिल्ली क्यापिटल्सको कप्तान थिए। उनलाई मेगा अक्सनअघि रिलिज गरिएको थियो।
ऋषभ पन्त विस्फोटक पारी खेल्ने विकेटकिपर ब्याटर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।