• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीबाट एक सिट थप्दै कांग्रेस, एमाले उम्मेदवारमाथि कांग्रेसको पल्लाभारी

64x64
लिलु डुम्रे शुक्रबार, जेठ १४, २०७८  २०:३९
1140x725
उम्मेद्‌वार चन्द्र खड्का र दृगनारायण पाण्डे। (बाँयाबाट)

काठमाडौं- माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गर्दाको लाभ कांग्रेसले उठाउने भएको छ। खड्काको स्थानमा राष्ट्रिय सभामा कांग्रेसका एक सांसद थपिने लगभग पक्कापक्की देखिएको छ।

माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए। खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि सोमबार उपनिर्वाचन हुँदैछ। एमालेले खड्कालाई नै उम्मेदवारमा उभ्याएको छ। पदमुक्त भएका खड्कासँग दल त्याग गरेकै उम्मेदवार भिड्दैछन्। उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका दृगनारायण पाण्डे छन्। एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। 

२०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो। तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो। लुम्बिनीमा हुने राष्ट्रिय सभा उपनिर्वाचनले कांग्रेसका एक सांसद थपिने निश्चित बनेको छ।

विपक्षी दलको साझा उम्मेदवार बनेका कांग्रेसका पाण्डेले जित निकाल्ने देखिएको छ। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ। 

प्रदेश सभा सदस्य ७९ जना र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष २ सय १७ जना गरी कुल २९६ जना मतदाताको नामावली स्वीकृत भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भए पनि मतदाताको नामावलीमा परेका छैनन्। सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सर्वोच्च पुगेर सांसद पद जोगाएका थिए। सोमबार हुने निर्वाचनमा उनीहरुको नाम निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गरेको छैन। महन्थ–राजेन्द्र पक्षका चार सांसद मत दिनबाट बञ्चित हुँदा विपक्षका उम्मेदवारलाई सहज जित निकाल्ने अवसर हुनेछ।

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ९ जना मतदानमा सहभागी नहुने भएका हुन्। ८७ प्रदेश सभा सदस्यबाट ७९ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन्। प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन।

लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उप्रमुखको मतभार १८ हुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ। प्रदेश सभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ। कुल मतसंख्या सात हजार ६९८ छ।

विपक्षीको गठबन्धन, एमालेको मत विभाजित हुने अवस्था तथा जसपाका चार सांसद मतदानबाट बञ्चित हुँदा पाण्डेले फराकिलो अन्तरले जित निकाल्ने भएका छन्। विपक्षी गठबन्धन विजयी हुने पहिलो आधार स्थानीय तहको मत हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय तहमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई बढी मत आउने देखिएको छ। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन्। लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ। गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ। त्यस अनुसार कांग्रेसका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी ६४ मतदाता छन्। 

लुम्बिनीमा माओवादी केन्द्रले स्थानीय तहमध्ये नगरपालिकामा ६ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख तथा गाउँपालिकामा १३ स्थानमा अध्यक्ष र १४ स्थानमा उपाध्यक्ष जितेको थियो। माओवादी केन्द्रसँग स्थानीय तहमा कुल ४१ मतदाता छन्। 

तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट लुम्बिनीमा उपप्रमुख १, अध्यक्ष ६, उपाध्यक्ष ४ गरी ११ जना विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा भएकाले ११ जनाको मत पनि पाण्डेको पक्षमा खस्ने निश्चित जस्तै छ। तत्कालीन नयाँ शक्तिले एक स्थानमा उपाध्यक्ष पदमा जितेको थियो। उक्त दल समाजवादी हुँदै जसपासँग एकीकरण गरेकाले उसको मत पनि विपक्षी गठबन्धनमै पर्नेछ।

राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा अध्यक्ष २ र उपाध्यक्ष २ स्थानमा जितेको छ। जनमोर्चाले विपक्षी दलहरुसँगै गठबन्धन बनाएकाले उक्त दलका स्थानीय तहका ४ जनाको मत पनि पाण्डेलाई जानेछ। 

यसरी कांग्रेसका ६६, माओवादी केन्द्रका ४१, जसपाका १२ र जनमोर्चाका ४ गरी स्थानीय तहमा विपक्षी गठबन्धनको १२३ मत छ। विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएका पाण्डेलाई १२३ जना सबैको मत खस्ने सम्भावना छ। स्थानीय तहको मतको आधारमा पाण्डेले दुई हजार २१४ मत प्राप्त गर्नेछन्।

स्थानीय तहमा लुम्बिनीमा एमालेका ९० जना प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष छन्। प्रमुख १६, उपप्रमुख १७, अध्यक्ष २७ र उपाध्यक्ष ३० जना एमालेबाट विजयी भएका थिए। राप्रपाले प्रमुख १ र उपाध्यक्ष १ स्थानमा जितेको छ। त्यसअनुसार एमालेका उम्मेदवार खड्काको पक्षमा स्थानीय तहका मतदाता ९२ जना हुनेछन्। स्थानीय तहबाट खड्कालाई एक हजार ६५६ प्राप्त हुनसक्छ। लुम्बिनीको स्थानीय तहमा स्वतन्त्र २ जनाले प्रमुख र एक जनाले अध्यक्षमा जित निकालेका थिए। स्वतन्त्र रुपमा विजयी भएकाहरुको मत कता खस्छ, एकिन छैन। एमाले विभाजितको अवस्थामा पुगेकाले उक्त दलबाट विजयी सबैले खड्कालाई मत दिने सम्भावना पनि रहँदैन।

यसरी हेर्दा चार दलको साझा उम्मेदवार पाण्डेका पक्षमा स्थानीय तहबाट प्राप्त हुने मत दुई हजार २१४ छ। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार खड्काको पक्षमा एक हजार ६५६ मत छ। यो अंकगणित अनुसार पाण्डे ५५८ मतले स्थानीय तहमा अघि हुने देखिन्छ। 

अर्कोतर्फ पाण्डेलाई प्रदेश सभाबाट पनि बढी मत आउने देखिएको छ। सभामुखसहित ४१ जना प्रदेश सभा सदस्यको मत पाण्डेको पोल्टामा पर्छ। त्यसअनुसार विपक्ष गठबन्धनका सांसदबाट पाण्डेले एक हजार ९६८ मत प्राप्त गर्नेछन्। सत्तारुढ दलका प्रत्यासी खड्काले ३८ जनाको मत प्राप्त गर्नेछन्। एमालेका सांसदहरु सबैको मत गणना गर्दा एक हजार ८२४ हुन्छ। माधव पक्षीय सांसद दुई जना प्रदेश सभामा रहेकाले उनीहरुको मत खड्कालाई नजान पनि सक्छ। 

५५८ मतान्तरले स्थानीय तहमा अघि रहेका पाण्डे प्रदेश सभामा १४४ मतभारले अघि रहन्छन्। त्यसअनुसार विपक्षी गठबन्धनका पाण्डेले कम्तीमा ७०२ मतान्तरले एमालेका उम्मेदवार खड्कालाई हराउने देखिन्छ। 

उपनिर्वाचनको लागि मतदान केन्द्र दाङको घोराही उपमहानगरपालिका वडा नं.१५ स्थित कर्मचारी मिलन केन्द्र तोकिएको छ। प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखको लागि केन्द्र (ख) गरी २ दुई वटा मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । शुक्रबार, चैत २७, २०८२
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट नवौँ हिन्द महासागर सम्मेलनका लागि हाल पोर्ट लुइस मौरिससमा रहेका मन्त्री खनालले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्... शुक्रबार, चैत २७, २०८२
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’ शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित शुक्रबार, चैत २७, २०८२
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट शुक्रबार, चैत २७, २०८२
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’ शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
संसद्लाई आरोप-प्रत्यारोपको मञ्च नबनाउन सांसद सिंहको आग्रह शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्