• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ३०, २०८२ Mon, Jul 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेट अधिवेशन कहिले शुरु हुन्छ? बजेटका सिद्धान्त र प्राथमकिताबारे संसद्लाई नै जानकारी छैन
64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १२:४९
1140x725

काठमाडौं- सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो? भनि सोधेको प्रश्नमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् जीवितै भएको जवाफ दिए। अघिल्लोपटक बजेट पास भएलगत्तै अधिवेशन अन्त्य भएको प्रतिनिधि सभा पुस ५ मा प्रधानमन्त्रीले विघटन गरेका थिए।

तर, सर्वाेच्च अदालतले फागुन ११ गते पुन:स्थापना गरिदिएपछि प्रतिनिधि सभाको अधिवेशन २३ फागुनदेखि शुरु भयो। यो अधिवेशन शोक प्रस्ताव पारित गर्नमा मात्र सीमित भयो। विजनेश नभएको भन्दै सरकारले संसद् अधिवेशन अन्त्य गर्‍यो। यसबीचमा वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइयो। साेही दिन मात्र बसेको बैठक बस्यो। त्यसपछि मन्त्रिपरिषद्ले प्रतिनिधि सभाको अधिवेशन अत्यको सिफारिस गर्‍यो।

संविधानको धारा ११९ मा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ। संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्‌मा बजेट पेस गर्नुपर्ने उल्लेख छ। संविधानको यो बाध्यात्मक व्यवस्था उल्लंघन गर्न नसकिने भएकाले सरकारले तोकिएकै मितिमा बजेट पेस गर्नुपर्नेछ। तर, अहिले अल्पमतमा रहेको सरकार र कोरोना महामारीको बीचमा कसरी अधिवेशन बोलाउँछ भन्ने अन्योल देखिएको छ।

अहिलेसम्म अधिवेशन नबोलाएर प्रि–बजेट छलफलदेखि बजेटका सिद्धान्त र प्राथमिकता १५ दिनअघि नै पेस गर्नुपर्ने प्रावधान सरकारले उल्लंघन गरिसकेको छ। यिनै सन्दर्भमा सरकारले अध्यादेशमार्फत् बजेट पेश गर्ने चर्चाबीच सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले माथिको जवाफ दिएका थिए।

तर, सरकारले यसअघि बोलाएको अधिवेशन अन्त्य गरेर चुपचाप बस्दा संसद् सचिवालयले आवश्यक तयारी गर्न पाएको छैन। सांसदहरु उपत्यकाबाहिर भएकाले उनीहरुलाई आउन केही समय पनि दिनुपर्ने भएकाले संसद् सचिवालय पनि पर्ख र हेरको अवस्थामा रहेको छ।

प्रधानमन्त्री ओली प्रतिनिधि सभाको यही कार्यकालमा दोस्रोपटक प्रधानमन्त्रीको रुपमा शपथ लिएर जिम्मेवारीमा आउँदा विगत झैं बहुमतमा छैनन्। पहिलोपटक धारा ७६ को उपधारा २ अनुसार सरकार बनाएका ओली अघिल्लो आर्थिक वर्ष २०७७/७८को वार्षिक बजेट पेश गर्न पार्टीभित्र एकल बहुमतमा थिए।

नेकपाको संसदीय दलको नेताको रुपमा उनी संविधानको धारा ७६ को १ अनुसार सरकारको नेतृत्व गरिरहेका थिए। तर, यसपटक प्रतिनिधि सभाको विश्वासको मत गुमाउँदै उनी अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।

यो पनि पढ्नुहोस्

संसद्‍ बन्द गरेर बजेट कानुन मिच्दै सरकार : न प्रि-बजेट छलफल, न बजेटका सिद्धान्त र प्राथमिकताआइतबार, जेठ २, २०७८

अबको १२ दिनमा संघीय संसद् बैठकमा बजेट पेश गर्नुपर्ने छ। तर, सरकारले हालसम्म संसद्को बर्खे अधिवेशन बोलाएको छैन। गत वर्ष वैशाख २६ मै बर्खे अधिवेशन शुरु भएको थियो। तर, यो वर्ष प्रि-बजेट छलफल नै भएन। बजेटका सिद्धान्त तथा प्राथमिकता समेत संसद्‌मा पेश भएको छैन। गत शुक्रबार नै पेश हुनुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी अभ्यासलाई सरकारले मिचिसकेको छ।

Ncell 2
Ncell 2

संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएकाले संघीय संसद्‌मा बजेट पास हुने अवस्थाको अंकगणित निर्माण नभएसम्म सरकारले बजेट पेश नगर्ने रणनीति लिएको देखिन्छ। सरकारसँग हाल ९३ सांसद रहेका छन् भने एमालेकै माधवकुमार नेपाल समूहले सहयोग गर्ने/नगर्ने निश्चित छै। यद्यपि, एमालेभित्रको विवाद समाधानका लागि कार्यदल बनाइएको छ। बजेटअघि नै एमालेभित्रको विवाद समाधान गर्ने प्रयास हुँदै छ।

एमालेभित्रको विवाद मिलाउन अहिले प्रधानमन्त्री ओली आफैं सक्रिय भएर लागेका छन्। आइतबार सिंहदरबारमा  भएको छलफलमा तीन दिनभित्र प्रतिवेदन दिने गरि दुवै पक्षका तर्फबाट पाँच/पाँच जनाको कार्यदल बनाइएको छ। उक्त कार्यदलले दिएको प्रतिवेदनको आधारमा २०७५ जेठ २ मा फर्कने कि नयाँ सहमति गर्ने तय गर्नेछ। नेपाल पक्षले जेठ २ मै फर्कनुपर्ने अडान राखेको छ भने ओली पक्षले माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेत स्थान दिएर जानुपर्ने बताउँदै आएको छ। एमालेभित्रको विवादको टुङ्गो नलागी सरकारले संसद् अधिवेशन बोलाउने देखिदैन।

एमालेका कुल १२१  सांसदहरु नै एकमत नभएको अवस्थामा थप अरुको सहयोगले बजेट पारित नहुने स्पष्ट छ। यसर्थ, फेल हुने बजेट पेश गर्ने तयारीमा सरकार देखिँदैन। सोमबार नियमित मन्त्रिपरिषद् बैठकको समय भएपनि हालसम्म संसद् अधिवेशन बोलाउने अजेण्डा नपरेको एक मन्त्रीले बताए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत नलिई पूर्ण बजेट ल्याउन मिल्दैन : रामशरण महतसोमबार, जेठ ३, २०७८

खेलकुदमन्त्री दावा तमाङले पनि बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री र सरकार सकारात्मक रहेको बताए। तर, कहिले भन्ने समय चाहिँ भन्न नसक्ने उनले बताए। प्रधानमन्त्री ओलीले आइतबार मात्र संसद् रहेकाले संसद्‌मै बजेट पेश हुने भनेको उल्लेख गर्दै मन्त्री तामाङले अझै १२ दिन रहेकाले सरकारले उपयुक्त समयमा अधिवेशन बोलाउने बताए।

हामी तयारी अवस्थामा छौं : संसद् सचिवालय 
अधिवेशन बोलाउने काम सरकारको भएकाले आफूहरु कहिले शुरु हुन्छ भन्ने बारेमा केही भन्न नसक्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सचिवालय बर्खे अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेर बसेको बताए। ‘अधिवेशन बोलाउन समय ढिलो भइसक्यो, हामी सबै भौतिक तयारी गरेर बसेका छौं’ पाण्डेले भने, ‘अधिवेशन कहिले बोलाउने सरकारको अधिकारको कुरा हो।हामी त यसको व्यवस्थापन मात्र गर्ने हो।’

विश्वासको मत लिने विशेष अधिवेशनको समयमा झैं यसपटक पीसीआर गर्न पर्छ कि पर्दैन? भन्ने प्रश्नमा उनले सबै सांसदहरुलाई डबल डोज खोप दिइसकेकाले अब पीसीआर परीक्षण नपर्ने हुनसक्ने बताए। तर, सरकारले अधिवेशन बोलाएपछि सचिवालयले स्वास्थ्य विज्ञहरुसँग कुराकानी गरेर यसको तयारी गर्ने उनी बताउँछन्।

कोरोना परीक्षण गर्न सुझाव आएमा गर्ने र नपर्ने भएमा सामाजिक दूरी पालना गराउनेगरि र स्वास्थ्य प्रोटोकल पालना गराउँदै अधिवेशन चलाउने उनले बताए। केही सांसदहरु उपत्यकाबाहिर रहेकाले एक साताअघि सूचना जारी गर्नुपर्ने उनले बताए। सांसदहरुलाई आउन समेत समय दिनुपर्ने र परीक्षण गर्नुपर्ने भएमा थप केही दिन लाग्ने भएकाले यसको समय दिएर सरकारले अब छिट्टै अधिवेशन बोलाउनुपर्ने उनको धारणा छ।

सभामुख अग्निप्रसाद सापकोटाले बर्खे अधिवेशन बोलाउने बारेमा हालसम्म प्रधानमन्त्रीसँग छलफल नभएको बताए। 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशविरुद्ध नेपाल पराजित
रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- सहकारीका करोडौं झ्वाम पार्ने र अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने?
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
सम्बन्धित सामग्री
मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर मौद्रिक नीतिले आर्थिक पुनःउत्थान एवं सहज कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुने विश्वास चेम्बरले व्यक्त गरेको हो। आइतबार, असार २९, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए। सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिप... आइतबार, असार २९, २०८२
मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली,११ अर्ब ४१ करोडको कारोबार नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा... आइतबार, असार २९, २०८२
ताजा समाचारसबै
बंगलादेशविरुद्ध नेपाल पराजित आइतबार, असार २९, २०८२
रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- सहकारीका करोडौं झ्वाम पार्ने र अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने? आइतबार, असार २९, २०८२
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी आइतबार, असार २९, २०८२
मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर आइतबार, असार २९, २०८२
प्रचण्डले भोलि सदनलाई सम्बोधन गर्ने आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने आइतबार, असार २९, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्