Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट अधिवेशन कहिले शुरु हुन्छ? बजेटका सिद्धान्त र प्राथमकिताबारे संसद्लाई नै जानकारी छैन

64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १२:४९
1140x725

काठमाडौं- सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो? भनि सोधेको प्रश्नमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् जीवितै भएको जवाफ दिए। अघिल्लोपटक बजेट पास भएलगत्तै अधिवेशन अन्त्य भएको प्रतिनिधि सभा पुस ५ मा प्रधानमन्त्रीले विघटन गरेका थिए।

तर, सर्वाेच्च अदालतले फागुन ११ गते पुन:स्थापना गरिदिएपछि प्रतिनिधि सभाको अधिवेशन २३ फागुनदेखि शुरु भयो। यो अधिवेशन शोक प्रस्ताव पारित गर्नमा मात्र सीमित भयो। विजनेश नभएको भन्दै सरकारले संसद् अधिवेशन अन्त्य गर्‍यो। यसबीचमा वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइयो। साेही दिन मात्र बसेको बैठक बस्यो। त्यसपछि मन्त्रिपरिषद्ले प्रतिनिधि सभाको अधिवेशन अत्यको सिफारिस गर्‍यो।

संविधानको धारा ११९ मा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ। संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्‌मा बजेट पेस गर्नुपर्ने उल्लेख छ। संविधानको यो बाध्यात्मक व्यवस्था उल्लंघन गर्न नसकिने भएकाले सरकारले तोकिएकै मितिमा बजेट पेस गर्नुपर्नेछ। तर, अहिले अल्पमतमा रहेको सरकार र कोरोना महामारीको बीचमा कसरी अधिवेशन बोलाउँछ भन्ने अन्योल देखिएको छ।

अहिलेसम्म अधिवेशन नबोलाएर प्रि–बजेट छलफलदेखि बजेटका सिद्धान्त र प्राथमिकता १५ दिनअघि नै पेस गर्नुपर्ने प्रावधान सरकारले उल्लंघन गरिसकेको छ। यिनै सन्दर्भमा सरकारले अध्यादेशमार्फत् बजेट पेश गर्ने चर्चाबीच सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले माथिको जवाफ दिएका थिए।

तर, सरकारले यसअघि बोलाएको अधिवेशन अन्त्य गरेर चुपचाप बस्दा संसद् सचिवालयले आवश्यक तयारी गर्न पाएको छैन। सांसदहरु उपत्यकाबाहिर भएकाले उनीहरुलाई आउन केही समय पनि दिनुपर्ने भएकाले संसद् सचिवालय पनि पर्ख र हेरको अवस्थामा रहेको छ।

प्रधानमन्त्री ओली प्रतिनिधि सभाको यही कार्यकालमा दोस्रोपटक प्रधानमन्त्रीको रुपमा शपथ लिएर जिम्मेवारीमा आउँदा विगत झैं बहुमतमा छैनन्। पहिलोपटक धारा ७६ को उपधारा २ अनुसार सरकार बनाएका ओली अघिल्लो आर्थिक वर्ष २०७७/७८को वार्षिक बजेट पेश गर्न पार्टीभित्र एकल बहुमतमा थिए।

नेकपाको संसदीय दलको नेताको रुपमा उनी संविधानको धारा ७६ को १ अनुसार सरकारको नेतृत्व गरिरहेका थिए। तर, यसपटक प्रतिनिधि सभाको विश्वासको मत गुमाउँदै उनी अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।

यो पनि पढ्नुहोस्

संसद्‍ बन्द गरेर बजेट कानुन मिच्दै सरकार : न प्रि-बजेट छलफल, न बजेटका सिद्धान्त र प्राथमिकताआइतबार, जेठ २, २०७८

अबको १२ दिनमा संघीय संसद् बैठकमा बजेट पेश गर्नुपर्ने छ। तर, सरकारले हालसम्म संसद्को बर्खे अधिवेशन बोलाएको छैन। गत वर्ष वैशाख २६ मै बर्खे अधिवेशन शुरु भएको थियो। तर, यो वर्ष प्रि-बजेट छलफल नै भएन। बजेटका सिद्धान्त तथा प्राथमिकता समेत संसद्‌मा पेश भएको छैन। गत शुक्रबार नै पेश हुनुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी अभ्यासलाई सरकारले मिचिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएकाले संघीय संसद्‌मा बजेट पास हुने अवस्थाको अंकगणित निर्माण नभएसम्म सरकारले बजेट पेश नगर्ने रणनीति लिएको देखिन्छ। सरकारसँग हाल ९३ सांसद रहेका छन् भने एमालेकै माधवकुमार नेपाल समूहले सहयोग गर्ने/नगर्ने निश्चित छै। यद्यपि, एमालेभित्रको विवाद समाधानका लागि कार्यदल बनाइएको छ। बजेटअघि नै एमालेभित्रको विवाद समाधान गर्ने प्रयास हुँदै छ।

एमालेभित्रको विवाद मिलाउन अहिले प्रधानमन्त्री ओली आफैं सक्रिय भएर लागेका छन्। आइतबार सिंहदरबारमा  भएको छलफलमा तीन दिनभित्र प्रतिवेदन दिने गरि दुवै पक्षका तर्फबाट पाँच/पाँच जनाको कार्यदल बनाइएको छ। उक्त कार्यदलले दिएको प्रतिवेदनको आधारमा २०७५ जेठ २ मा फर्कने कि नयाँ सहमति गर्ने तय गर्नेछ। नेपाल पक्षले जेठ २ मै फर्कनुपर्ने अडान राखेको छ भने ओली पक्षले माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेत स्थान दिएर जानुपर्ने बताउँदै आएको छ। एमालेभित्रको विवादको टुङ्गो नलागी सरकारले संसद् अधिवेशन बोलाउने देखिदैन।

एमालेका कुल १२१  सांसदहरु नै एकमत नभएको अवस्थामा थप अरुको सहयोगले बजेट पारित नहुने स्पष्ट छ। यसर्थ, फेल हुने बजेट पेश गर्ने तयारीमा सरकार देखिँदैन। सोमबार नियमित मन्त्रिपरिषद् बैठकको समय भएपनि हालसम्म संसद् अधिवेशन बोलाउने अजेण्डा नपरेको एक मन्त्रीले बताए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत नलिई पूर्ण बजेट ल्याउन मिल्दैन : रामशरण महतसोमबार, जेठ ३, २०७८

खेलकुदमन्त्री दावा तमाङले पनि बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री र सरकार सकारात्मक रहेको बताए। तर, कहिले भन्ने समय चाहिँ भन्न नसक्ने उनले बताए। प्रधानमन्त्री ओलीले आइतबार मात्र संसद् रहेकाले संसद्‌मै बजेट पेश हुने भनेको उल्लेख गर्दै मन्त्री तामाङले अझै १२ दिन रहेकाले सरकारले उपयुक्त समयमा अधिवेशन बोलाउने बताए।

Xtrem

Xtrem

हामी तयारी अवस्थामा छौं : संसद् सचिवालय 
अधिवेशन बोलाउने काम सरकारको भएकाले आफूहरु कहिले शुरु हुन्छ भन्ने बारेमा केही भन्न नसक्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सचिवालय बर्खे अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेर बसेको बताए। ‘अधिवेशन बोलाउन समय ढिलो भइसक्यो, हामी सबै भौतिक तयारी गरेर बसेका छौं’ पाण्डेले भने, ‘अधिवेशन कहिले बोलाउने सरकारको अधिकारको कुरा हो।हामी त यसको व्यवस्थापन मात्र गर्ने हो।’

विश्वासको मत लिने विशेष अधिवेशनको समयमा झैं यसपटक पीसीआर गर्न पर्छ कि पर्दैन? भन्ने प्रश्नमा उनले सबै सांसदहरुलाई डबल डोज खोप दिइसकेकाले अब पीसीआर परीक्षण नपर्ने हुनसक्ने बताए। तर, सरकारले अधिवेशन बोलाएपछि सचिवालयले स्वास्थ्य विज्ञहरुसँग कुराकानी गरेर यसको तयारी गर्ने उनी बताउँछन्।

कोरोना परीक्षण गर्न सुझाव आएमा गर्ने र नपर्ने भएमा सामाजिक दूरी पालना गराउनेगरि र स्वास्थ्य प्रोटोकल पालना गराउँदै अधिवेशन चलाउने उनले बताए। केही सांसदहरु उपत्यकाबाहिर रहेकाले एक साताअघि सूचना जारी गर्नुपर्ने उनले बताए। सांसदहरुलाई आउन समेत समय दिनुपर्ने र परीक्षण गर्नुपर्ने भएमा थप केही दिन लाग्ने भएकाले यसको समय दिएर सरकारले अब छिट्टै अधिवेशन बोलाउनुपर्ने उनको धारणा छ।

सभामुख अग्निप्रसाद सापकोटाले बर्खे अधिवेशन बोलाउने बारेमा हालसम्म प्रधानमन्त्रीसँग छलफल नभएको बताए। 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्