Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेट २०७८/७९

संसद्‍ बन्द गरेर बजेट कानुन मिच्दै सरकार : न प्रि-बजेट छलफल, न बजेटका सिद्धान्त र प्राथमिकता

64x64
नेपाल लाइभ आइतबार, जेठ २, २०७८  २०:४७
1140x725

काठमाडौं- आइतबार नयाँ बानेश्वरस्थित संसद्‍ भवन पुग्दा सुनसान थियो। नीति तथा कार्यक्रम निर्माण गर्ने मुख्य प्रशासनिक थलो सिंहदरबार पनि शून्यझैँ देखिन्थ्यो।

गत वर्ष आजकै दिन भने संसद्‍ भवनको माहोल बेग्लै थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आजैका दिन अर्थात् जेठ २ गते आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। सरकारले गत वर्ष वैशाख २६ गते प्रतिनिधि सभाको बजेट अधिवेशन बोलाएको थियोे। तर, यो वर्ष आजसम्म अधिवेशन बोलाइएको छैन।

कोरोना महामारीको पहिलो लहर चलिरहेको समयमा सरकारले महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने, कृषि क्रान्ति गर्ने र रोजगारीका अवसरमा वृद्धि गर्ने नीति तथा कार्यक्रम घोषणा गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पारित भएलगत्तै संसद्‍ अधिवेशन असार १८ गते अन्त्य गरेका थिए। उक्त अधिवेशन पु्स १८ गतेभित्र बोलाउनुपर्नेमा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा नै विघटन गरिदिएका थिए।

विघटित प्रतिनिधिसभा पुन:स्थापनापछि विश्वासको मत पाउन असफल प्रधानमन्त्री ओली फेरि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भई सिंहदबार फर्किएका छन्। वामपन्थीको शक्तिशाली प्रधानमन्त्री हुँदै उनी यो पटक अल्पमतको सरकार प्रमुखका रूपमा सत्तामा आएका छन्। यसबीचमा चलेको राजनीतिक खिचातानीका कारण यो वर्ष संसद्‍मा नीति तथा कार्यक्रम कहिले पेस हुन्छ भन्ने नै अन्योलमा परेको छ।

गत वर्ष पेस भएको मिति घर्किसक्दासमेत सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम  संघीय संसद्‍मा कहिले पेस गर्ला भन्ने अन्योल देखिएको हो। कोरोनाको दोस्रो लहर र राजनीतिक खिचातानी दुवै उच्च विन्दुमा पुगेका कारण नीति तथा कार्यक्रम पेस हुने कार्यसूची अन्योलमा परेको देखिन्छ। गत वर्ष नेकपाको बहुमत सरकारको रूपमा आफ्ना नीति तथा कार्यक्रम पेस गरेको सरकारले यो पटक अल्पमतको सरकारको रूपमा पेस गनुर््पर्नेछ। तर, सरकारले बजेट अधिवेशन बोलाउने संकेत देखाएको छैन।

विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापना भएपछि बसेको हिउँदे अधिवेशनलाई बिजनेस नै नदिएको सरकारले विश्वासको मत लिनका लागि भने विशेष अधिवेशन बोलाएको थियो। विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन असफल भएपछि फेरि धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधिसभाको धेरै सांसद रहेको दलको हैसियतमा ओली प्रधानमन्त्री भएका हुन्।

प्रि-बजेट छलफल खै?
संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्‍मा बजेट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। संविधानको यो बाध्यात्मक व्यवस्था उल्लंघन गर्न नसकिने भएकाले सरकारले तोकिएकै मितिमा बजेट पेस गर्नुपर्नेछ। तर, अहिले अल्पमतमा रहेको सरकार र कोरोना महामारीको बीचमा कसरी अधिवेशन बोलाउँछ भन्ने अन्योल देखिएको छ। अहिलेसम्म अधिवेशन नबोलाएर प्रि-बजेट छलफलदेखि बजेटका सिद्धान्त र प्राथमिकता १५ दिनअघि नै पेस गर्नुपर्ने प्रावधान सरकारले उल्लंघन गरिसकेको छ।

सत्ताको दाउपेचमा घुमेको राजनीति र सरकारको प्राथमिकता अन्यत्रै पर्दा प्रतिनिधिसभा नियमावली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार १५ दिनअघि संसद्‍मा पुग्नुपर्ने बजेटका प्राथमिकता र सिद्धान्त मन्त्रालयमै थन्किएको छ। बजेटको तयारी गर्दा अर्थ मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवालाको सुझाव लिनुपर्ने कानुनी व्यवस्थासमेत सरकारले यो पटक मिचेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसद्‍मा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगावै ‘पूर्वबजेट छलफल’ सम्पन्न भइसक्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत शुक्रबारसम्ममा आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटको सिद्धान्त र प्राथमिकता संघीय संसद्‍मा प्रस्तुत गनुपर्ने थियो। तर, आइतबारसम्म पनि बजेट अधिवेशन आह्वान नभएपछि यो व्यवस्था मिचिने निश्चित देखिएको छ।

किन आवश्यक छ ‘प्रि-बजेट’ छलफल
संसदीय अभ्यास भएका देशहरूमा जस्तै नेपालमा पनि बजेट ल्याउनुअघि संसद्‍मा ‘प्रि-बजेट’ छलफल गरिँदै आएको छ। सरकारले बजेट जनताका लागि ल्याउने र जनताका प्रतिनिधिहरू प्रतिनिधिसभामा चुनिएर आउने भएकाले त्यहाँ बजेटको पूर्व छलफल हुने गरेको हो। बजेटमा जनताको चाहना र मागहरू पनि जनप्रतिनिधिमार्फत् प्रतिबिम्बित हुने मान्यता राखिन्छ। प्रि-बजेट छलफलमा आएका सुझावहरूसमेत समेटेर अर्थमन्त्रीले बजेट ल्याउनुपर्ने हुन्छ। त्यसैले बजेट निर्माण प्रक्रियामा प्रि-बजेट छलफलले महत्त्व राख्दछ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले प्रि-बजेट छलफल, बजेटका प्राथमिकता र सिद्धान्त पेस नहुनु संविधानले सैद्धान्तिक रूपमा दिएको अधिकार खोस्नु भएको टिप्पणी गरे। ‘संसद्‍बाटै सरकार बन्ने हो। बजेटलाई स्वीकृति दिने अधिकार संसद्‍लाई मात्र छ,’ आचार्यले भने, ‘संसदलाई नै बजेटबारे जानकारी हुँदैन भने त्यो संविधान र विधिको विपरीत हो।’

सरकारले नियमावली र कानुनमा भएको व्यवस्था मिचेर गलत अभ्यास सुरू गरेको उनको आरोप छ। ‘जनताको आवाज भनेकै प्रतिनिधिसभा हो। जनताको छेउमा बसेका प्रतिनिधिहरूसँग परामर्श सबैभन्दा बढी जरुरी छ,’ आचार्यले भने, ‘अहिले पराम्परागत रूपमा बजेट आउनु हुँदैन। महामारीमा केन्द्रित भएर आउनुपर्छ। यसका लागि जनताको बोली के हो भनेर सुन्नैपर्छ।’

Xtrem

Xtrem

जनताको माग सम्बोधन गर्ने थलो संसद्‍ भएको र संसद्‍ले पास नगरी कर लगाउन नपाइने, बजेट खर्च गर्न नपाइनुका साथै ऋणसमेत लिन नपाइने उनले उल्लेख गरे। संसद्‍मा छलफल नचलाउने गलत र गैरकानुनी अभ्यास सुरूआत गरेको भन्दै उनले सरकारको आलोचना गरे।

‘हाम्रो संसदीय  परम्पराको दृष्टिकोणबाट हेर्दा पनि प्रि-बजेट छलफल गर्नुपर्दछ तर समय घर्किंदै गएको छ,’ आचार्यले भने, ‘अहिले संसद्‍लाई छल्ने अनि त्यही संसद्‍ले त्यसलाई पनि किन पारित गर्ने भन्ने प्रश्न उठ्छ।’ संसद्‍लाई छलेर अध्यादेशबाट बजेट ल्याउन नमिल्ने उनले बताए। आफूलाई सरकार बनाउन र विश्वासको मत लिन संसद्‍ अधिवेशन बोलाउने प्रधानमन्त्रीले बजेटका नबोलाउनु संविधानको ठाडो उल्लंघन हुने उनको भनाइ छ।

‘कानुन र संविधानविपरीत अध्यादेशबाट बल मिच्याइँ गरेर बजेट ल्याउन मिल्दैन। यो स्वेच्छाचारी काम हो,’ उनले भने, ‘लोकतन्त्रमा लोकतान्त्रिक रूपमा सरकार अघि बढ्नुपर्छ नत्र संविधानमै किन मिति तोकेर बजेट ल्याउन भनिन्थ्यो होला र?’

कानुनी बाध्यता
प्रतिनिधिसभा नियमावली, २०७५ ले संघीय संसद्‍मा बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअघि  बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने उल्लेख छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार संघीय संसद्‍मा बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने हुन्छ । नियमावलीअनुसार अर्थमन्त्रीले बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी बैठकमा प्रस्ताव राख्ने गरिन्छ।

प्रतिनिधिसभा नियमावलीको १४२ मा यससम्बन्धी व्यवस्था रहेको छ। ‘छलफलको कार्यविधि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्धारण गरेबमोजिम हुनेछ, र राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअगावै समाप्त भइसक्नुपर्नेछ’ उक्त नियममा उल्लेख छ। 

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ११ ले प्रत्येक आर्थिक वर्षका लागि यस ऐनबमोजिम विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिनअगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने उल्लेख छ। सरकारले बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसद्‍मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। ‘बजेट तथा कार्यक्रम सिद्धान्त र प्राथमिकताको विवरण संघीय संसद्‍मा पेस भएपछि संघीय संसद्‍ले सोउपर सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नुपर्ने वा हटाउनुपर्ने वा सोसम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखेमा सात दिनभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउनसक्ने’ ऐनमा उल्लेख छ। त्यस अवधिमा कुनै सुझाव वा निर्देशन प्राप्त नभएमा बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिन बाधा नपर्ने ऐनमा उल्लेख छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आय-व्ययको अनुमान तयार गर्नुअघि संघीय संसद्‍मा पेस गर्ने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमकिताको सम्बन्धमा सम्बन्धित विज्ञ वा सरोकारावालासँग आवश्यक परामर्श गर्नुपर्नेछ। सरकारले केही अघि मन्त्रालयमा र विभिन्न सरोकारवाला विज्ञसँग छलफल गरेको थियो।

विगतको अभ्यास
आर्थिक वर्ष ०७६/७७ को बजेटको सिद्धान्त तथा प्राथमिकता वैशाख २७ गते संसद्‍मा प्रस्तुत गरिएको थियो । २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता वैशाख २८ गते संसद्‍मा प्रस्तुत गरिएको थियो।

सरकारले गत वर्ष २६ गते बजेट अधिवेशन बोलाएर त्यसको दुई दिनपछि बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेको थियो। उक्त छलफल केही दिन चलेको थियो। प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्ता पक्षले नै कोरोना महामारीमा नियन्त्रण गर्न र स्वास्थ्य क्षेत्रमा केन्द्रित बजेट ल्याउन सुझाव दिएका थिए। अघिल्ला दुई अभ्यास हेर्दा यो पटक यी सबैका लागि समय नाघिसकेको छ। 

विश्वासको मत लिनका लागि बोलाइएको विशेष अधिवेशनलाई सरकारले नियमित अधिवेशनमा रूपान्तरण गरेर छलफल चलाउनुपर्ने थियो। तर, त्यो कार्य हुन नसक्दा कानुनी रूपमा बजेटमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको पूर्वअर्थमन्त्री आचार्यले बताए। संसदीय अभ्यासलाई तोड्नुका साथै संसद्‍को नियमावलीमै व्यवस्था गरिएको र ऐनमासमेत भएको व्यवस्थालाई सरकारले खेलाँची गर्न नमिल्ने उनको भनाइ छ।

प्रतिनिधि सभा जीवित छ : प्रधानमन्त्री ओली
यसैबीच प्रधानमन्त्री ओलीले संसद्‍बाटै बजेट ल्याउने संकेत गरेका छन्। आइतबार सिंहदरबारमा आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ‘प्रतिनिधिसभा जीवित छ’ भन्ने जवाफ दिएका हुन्। 

प्रधानमन्त्रीको उक्त जवाफले अध्यादेशमार्फत् बजेट नल्याइने संकेत गरे पनि विश्वस्त हुने अवस्था देखिँदैन। बजेट प्रस्तुत गर्न संविधानले तोकेको दिन अर्थात् जेठ १५ आउन अब मात्र १३ दिन बाँकी छ। त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्त तथा सरकारको नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्नुपर्ने समय बितिसक्दासमेत बजेट अधिवेशन आह्वान नहुनुले सरकार अध्यादेशबाटै बजेट ल्याउनेतर्फ उद्धत देखिएको अर्थविद्हरू बताउँछन्।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्