काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालाई लक्षित गर्दै भ्रष्ट तत्वहरूले हस्ताक्षर क्याम्पियन चलाएको बताएका छन्।
आइतबार झापाको बिर्तामोडस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। सहकारीका करोडौं झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने गरेको बताए।
‘भ्रष्ट तत्वहरू हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन्। सहकारीका करोडौं झ्वाम पार्ने गरिब जनताका पैसा अनि अन्याय पर्यो भन्ने। हामीले गरिदिएको हो अन्याय। अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाउ न अदालतविरूद्ध पुनरावेदन गर्न पाइन्छ। मुद्दा लड्न पाइन्छ। अनि जे भएपनि भीरमा भैंसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने। मेरो भैंसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने। यस्तो पनि हुन्छ? यो वास्वतमा भ्रष्ट तत्वहरूका चर्चा हुन्। ती भ्रष्ट तत्वहरू, प्रतिपक्षमा रहेका त्यस्ता तत्वहरू ती तत्वहरूले वास्तवमा यस्तो झुट अफवाह फैल्याएका छन्।’
यस्तै, प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरूले अफवाह फैल्याइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।