काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा देखिएको हो।
मौद्रिक नीतिपछि आइतबार सेयर बजार २९ अंकले बढेको हो। योसँगै सेयर बजार सूचक २७६० अंकमा पुगेर बन्द भएको छ।
सबैभन्दा धेरै बैंकिङ समूह तीन दशमलव ३७ र लघुवित्त समूह तीन दशमलव ५० प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक एक दशमलव ४७, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र म्युचुअल फन्ड एक दशमलव ०८ प्रतिशतले बढेको छ।
यसबाहेक अरु सबै समूहको उपसूचक घटेको छ। जलविद्युत् शून्य दशमलव ८३, लगानी शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३४, व्यापार शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ।
एनआईसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ। सबैभन्दा धेरै घट्नेमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता शेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।