वासिङ्टन- स्पेश–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन्।
अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु आइतबार बिहान बिहान २: ५६ मिनेटमा पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।
मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा ६ महिना रहेका थिए। जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो।
सबै अन्तरिक्ष यात्री ठीक रहेको नासाले बताएको छ। उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए।
उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ।
सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि आइएसएसमा रहेका छन्। उनीहरु गत साता स्पेस–एक्समार्फत् नै अन्तरिक्षमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।