एजेन्सी– अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोले फिफा विश्वकप २०१८ गुमाउने भएका छन्। ३१ वर्षीय रोमेरोले घुँडाको चोटका कारण विश्वकप खेल्न नपाउने भएका हुन्। अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि ९४ अन्तर्राष्ट्रिय खेल खेलेका उनीले गत संस्करणको फाइनल खेलेका थिए।
रोमेरो चोटले बाहिरिएसँगै अर्जेन्टिनालाई झड्का लागेको छ। अब चेल्सीका विलि काबालेरो र रिभर प्लेटका फ्रान्को अर्मानी मध्ये एक खेल मौका पाउनेछन्। विलीले राष्ट्रिय टिमबाट २ खेल खेलेका छन् भने अर्मानीले अहिलेसम्म डेब्यूको मौका पाएका छैनन्।
यता अब रोमेरोको स्थानमा राहुएल गुजम्यानलाई राष्ट्रिय टिममा बोलाइएको छ। अर्जेन्टिना फुटबल एसोसिएसनका अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध रोमेरवको दाँहिने घुँडाको शल्यक्रिया गर्नु परेकाले उनी राष्ट्रिय टिमबाट बाहिरिनु परेको हो।
यहि महिनाको अन्तिम साताबाट सुरु हुने विश्वकपका स्टार खेलाडी लियोनल मेसीको टिम अर्जेन्टिना समूह 'डी'मा छ। यो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्। अर्जेन्टिनाको पहिलो खेल जुन १६ मा आइसल्यान्डसँग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।