• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०८३  १७:३२
1140x725

काठमाडौं– विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्राडा खगेन्द्रप्रसाद लुइँटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ ।

‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । साथै पुस्तक नेपाली साहित्यको इतिहास, दर्शन, दर्पण र गौरवका रूपमा रहने देखिन्छ ।

पुस्तकले नेपाली जाति पुगेका विश्वका विभिन्न मुलुकमा सिर्जना भएका कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समालोचनालगायत साहित्यिक कृतिलाई देश र विधाका आधारमा कालक्रमिक रूपमा अभिलेखीकरण गरेको छ ।

दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा आप्रवास, आप्रवासी र डायस्पोरासम्बन्धी सैद्धान्तिक पक्षको विस्तृत चर्चा गरिएको छ भने दोस्रो खण्डमा विभिन्न मुलुकमा सिर्जना भएको नेपाली साहित्यको विधागत इतिहास प्रस्तुत गरिएको छ।

पहिलो खण्डमा ‘आप्रवास र आप्रवासीसम्बन्धी अवधारणा’ शीर्षकअन्तर्गत आप्रवासी नेपाली साहित्यको इतिहासलेखनको पृष्ठभूमि, विभिन्न महादेशको परिचय, डायस्पोराको अर्थ र स्वरूप, आप्रवासी निर्माण र विकास प्रक्रिया, आप्रवासीको वर्गीकरण, आप्रवासी नेपालीका प्रकार, आप्रवासी व्यक्ति र साहित्यबीचको सम्बन्ध तथा आप्रवासी नेपाली साहित्यबारे प्रचलित भ्रम र विकृतिबारे चर्चा गरिएको छ ।

यस खण्डमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको विषयसमेत समेटिएको छ । प्राडा लुइँटेलले नेपालबाहिर नेपाली साहित्यको अवस्था, त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक पक्ष तथा नेपाली साहित्यको विश्वव्यापीकरणका सम्भावनाबारे सैद्धान्तिक विश्लेषण गरेका छन् । 

३२ भन्दा बढी मुलुकको साहित्यिक अभिलेख

पुस्तकको दोस्रो खण्ड आप्रवासी मुलुकमा नेपाली साहित्यको इतिहासमा केन्द्रित छ। यसमा उत्तर अमेरिका, युरोप, ओसिनिया, एसिया र अफ्रिका महादेशका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली तथा नेपालीभाषी समुदायले सिर्जना गरेका साहित्यलाई समेटिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उत्तर अमेरिकाअन्तर्गत अमेरिका र क्यानडा, युरोपअन्तर्गत बेलायत, रूस, बेल्जियम, पोर्चुगल, जर्मनी, अस्ट्रिया, डेनमार्क, फ्रान्स, नर्वे, स्पेन र नेदरल्यान्ड्सका नेपाली साहित्यको विवरण पुस्तकमा समावेश छ।

त्यस्तै ओसिनियाअन्तर्गत अस्ट्रेलिया, न्युजिल्यान्ड र पपुआन्युगिनी तथा एसियाअन्तर्गत हङकङ, चीन, ताइवान, जापान, दक्षिण कोरिया, इजरायल, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, कुवेत, साउदी अरेबिया, भियतनाम, ओमान र सिंगापुरका नेपाली साहित्यलाई समेटिएको छ। अफ्रिका महादेशमा रहेका नेपाली समुदाय र त्यहाँको साहित्यिक अवस्थाबारे पनि छुट्टै चर्चा गरिएको छ।

मुलुकअनुसार उपलब्ध सामग्रीका आधारमा कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समीक्षा तथा समालोचनालगायत विधालाई छुट्टाछुट्टै प्रस्तुत गरिएको छ। केही मुलुकका सन्दर्भमा अंग्रेजी भाषामा प्रकाशित नेपालीका कृति तथा सम्पादित संग्रहसमेत समेटिएका छन्।

साहित्यिक कृति कालक्रममा

Xtrem

Xtrem

लेखक प्रा.डा. लुइटेलले आप्रवासी नेपाली साहित्यको इतिहास तयार पार्दा साहित्यकार र उनका कृतिलाई विधागत तथा कालक्रमिक आधारमा प्रस्तुत गरेका छन्। एउटै विधामा एउटै वर्षमा प्रकाशित एकभन्दा बढी कृतिलाई लेखकको नामको वर्णानुक्रमका आधारमा राखिएको छ।

कविताअन्तर्गत गीत, गजल, मुक्तक, हाइकु, भजन, खण्डकाव्य र महाकाव्यजस्ता विधा तथा कथाअन्तर्गत लघुकथा समेटिएका छन्। त्यस्तै निबन्धअन्तर्गत नियात्रा, संस्मरण, प्रबन्ध र लेखसमेत समावेश गरिएको छ।

प्राडा लुइँटेलका अनुसार कुनै पनि विधामा कम्तीमा एउटा पुस्तकाकार कृति प्रकाशित भएका साहित्यकारलाई मुख्य विवरणमा समेटिएको छ। पुस्तकाकार कृति प्रकाशित नभए पनि विभिन्न माध्यमबाट फुटकर रचना प्रकाशन गरेका व्यक्तिको नामावाली समावेश गरिएको छ ।

विधागत विवरणपछि उपलब्ध सम्पादित संकलनलाई पनि कालक्रममा प्रस्तुत गरिएको छ। प्रत्येक विधाको विवरणपछि आवश्यकताअनुसार टिप्पणीसमेत दिइएको छ ।

लेखकको लामो अनुसन्धान अनुभव

लुइँटेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च शिक्षा हासिल गरी लामो समय नेपाली केन्द्रीय विभागमा प्राध्यापन तथा अनुसन्धान गरेका छन्। उनी नेपाली केन्द्रीय विभागको प्रमुखसमेत भइसकेका छन्।

लुइँटेलले नेपाली साहित्य, भाषा, भाषाविज्ञान, लोकसाहित्य, समालोचना, कोशविज्ञान तथा डायस्पोरा अध्ययनका क्षेत्रमा लामो समयदेखि लेखन र अनुसन्धान गर्दै आएका छन्। यस क्रममा उनका एक सयभन्दा बढी ग्रन्थ प्रकाशित भइसकेका छन् । 

‘आप्रवासी नेपाली साहित्यको इतिहास’ लुइटेलको डायस्पोरा अध्ययनसँग सम्बन्धित दोस्रो महत्वपूर्ण कृति हो। यसअघि पैरवी प्रकाशनले उनको ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’ प्रकाशित गरेको थियो।

नेपाली समालोचनामा संरचनावादी दृष्टिकोणको विकास तथा विस्तारमा उनको विशेष योगदान छ । प्राडा लुइँटेल मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्षसमेत हुन्। नेपाली भाषा र साहित्यको मानकीकरण तथा अन्तर्राष्ट्रिय विस्तारका क्षेत्रमा योगदा गरेबापत उनले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। अनेसासले उनलाई सन् २००७ मा ‘कविताको संरचनात्मक विश्लेषण’का लागि सर्वोत्कृष्ट पुस्तक पुरस्कार र सन् २०१३ मा ‘नेपाली उपन्यासको इतिहास’ का लागि डायस्पोरा पुरस्कार प्रदान गरेको थियो।

यसैगरी लुइटेललाई सन् २०१९ मा नेपाली साहित्यको संस्थागत विकास तथा विश्वव्यापीकरणमा योगदानका लागि राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

‘इतिहास लेखन सजिलो छैन’

लेखक लुइँटेलले आप्रवासी नेपाली साहित्यको इतिहास लेखनलाई निकै चुनौतीपूर्ण काम रहेको बताएका छन्। उनका अनुसार नेपालमा बसेर नेपाली साहित्यको इतिहास लेख्नु कठिन रहेको अवस्थामा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीले सिर्जना गरेका साहित्यको समग्र इतिहास तयार गर्नु अझ कठिन काम हो।

विश्वका विभिन्न मुलुकमा आयोजित साहित्यिक सम्मेलन तथा कार्यक्रममा सहभागी हुँदा आप्रवासी नेपाली साहित्यको इतिहास लेखिनुपर्ने माग र गुनासो आफूले सुनेको तथा यही आवश्यकताबोधका कारण यस कार्यमा लागेको उनले बताए।

उनले अमेरिका, क्यानडा, युरोपका विभिन्न मुलुक, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायत नेपाली साहित्यिक गतिविधि हुने स्थानमा पुगेर तथ्य तथा सामग्री संकलन गरिएको जानकारी दिए। उनले भने, ’पुस्तक तयार पार्न नेपाली साहित्यिक संघसंस्था, लेखक तथा विभिन्न देशमा रहेका नेपाली समुदायबाट सामग्री र तथ्य संकलन गरिएको हो।’

आप्रवासी साहित्यको अभिलेखमा जोड

लुइटेलले आगामी दिनमा आप्रवासी नेपाली साहित्यको व्यवस्थित अभिलेखका लागि वेबसाइट तथा डाटाबेस निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार कम्प्युटर र छपाइ प्रविधिको विकाससँगै विदेशमा रहेका नेपालीले व्यक्तिगत लगानीमा पुस्तक प्रकाशन गर्ने क्रम बढेको छ। तर ती कृति कहाँ, कहिले र कुन विधामा प्रकाशित भए भन्ने व्यवस्थित अभिलेख नहुँदा साहित्यको इतिहास लेखनमा समस्या उत्पन्न भएको छ।

उनले अब आप्रवासी नेपाली साहित्यका लागि छुट्टै वेबसाइट आवश्यक रहेको प्रस्तावसमेत गरेका छन्। विश्वका जुनसुकै मुलुकबाट कृति प्रकाशित भएलगत्तै त्यसको लेखक, कृतिको नाम, विधा र प्रकाशन वर्षलगायत विवरण विद्युतीय माध्यमबाट अभिलेखमा राख्न सके भविष्यमा इतिहास लेखन सहज हुने उनको सुझाव छ।

यसका लागि लेखक र समालोचकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली वाङ्मय प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघलगायतका संस्थालाई सक्रिय बनाएर विभिन्न मुलुकमा प्रकाशित कृतिको विधागत सूची तयार गर्न सकिने उनले उल्लेख गरेका छन्।

‘पहिलो आधिकारिक इतिहास’

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ‘आप्रवासी नेपाली साहित्यको इतिहास’लाई आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहासका रूपमा उल्लेख गरेका छन्।

सुवेदीका अनुसार नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा लुइँटेलको योगदान महत्त्वपूर्ण छ। उनले लुइटेलले विभिन्न मुलुकमा पुगेर तथ्य संकलन गरी पुस्तक तयार पारेको उल्लेख गर्दै यस्तो व्यापक विषयको सिद्धान्त र इतिहासलाई एकीकृत रूपमा प्रस्तुत गर्ने काम भएको बताएका छन्।

‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी साहित्यका अध्येता तथा शोधकर्ताका लागि उपयोगी हुने दाबी गर्दै सुवेदीले पुस्तकले विभिन्न डायस्पोराका कवि तथा लेखकको प्रतिनिधित्व गरेको बताएका छन्। उनका अनुसार इतिहास लेखन क्रमिक रूपमा विकसित हुने भएकाले आगामी संस्करण तथा अनुसन्धानबाट छुटेका विषय थपिँदै जाने सम्भावना पनि रहन्छ।

सुवेदीले लेखेका छन्, ‘यो आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो।’ उनले पुस्तकलाई नेपाली साहित्यको इतिहास, दर्शन, दर्पण र गौरवका रूपमा चित्रित गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्