कैलाली– बाजुराका चेतन अयडी हत्या प्रकरणमा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ भने मुद्दामा प्रतिवादी बनाइएका १८ जनाले सफाइ पाएका छन्।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि आएको फैसलाले घटनामा संलग्नताको आरोपमा थुनामा रहेका प्रतिवादीमध्ये ६ जनालाई जन्मकैद र १८ जनालाई सफाइ दिएको हो।
अदालतले पुर्पक्षका क्रममा थुनामा रहेका धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको सजाय सुनाएको हो।
यही मुद्दामा प्रतिवादी बनाइएका अन्य १८ जनालाई भने अदालतले सफाइ दिएको छ।
अदालतको फैसलासँगै करिब चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडी भने रिहा हुने भएका छन्।चेतन अयडीको हत्या २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुरामा भएको थियो। निर्वाचनको दिन भएको उक्त घटनापछि अयडी हत्या प्रकरणमा लामो समयदेखि अदालतमा मुद्दा विचाराधीन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।