आज गाईजात्रा छैन,
किन?
शोकमा चल्ने गाईजात्रा छैन।
आज शोकले पैसा छैन,
त्यही भएर गाईजात्रा छैन।
शोकमा एउटा कविता लेखेर
म भनिरहेको छु—
आज गाईजात्रा छैन।
गाईजात्रे कलाकारलाई पैसा छैन,
त्यही भएर आज गाईजात्रा छैन।
राजा प्रताप मल्लले छोरो मर्दा
गाईजात्रा चलाए,
आज देशका छोरा मर्दा
गाईजात्रा चलेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।