काठमाडौं– लोकलयमा आधुनिक स्वाद मिसिएको नयाँ गीत ‘चुलबुले नानी’ सार्वजनिक भएको छ। गीतकार रिमा श्रेष्ठको शब्दमा तयार भएको गीतमा गायक आशिष अविरल र गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ।
आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाइरहेको निर्माण पक्षले जनाएको छ।
‘चुलबुले नानी’को भिडियोमा सुरेश कोहली र जुना सुन्दासले अभिनयसँगै नृत्य गरेका छन्। सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी तथा माधव ढुङ्गानाको सहायक कोरियोग्राफी छ।
कुशल सिंह निलले एरेन्ज गरेको गीतको रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछानेले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ आशिष अविरलले गरेका छन्। गीतको रेकर्डिङ रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा गरिएको हो।
उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन गरेका हुन्। भिडियोमा ज्योति केसीको मेकअप, दिपेन गौतम माइकलको प्रोडक्सन व्यवस्थापन र कुशल गुरुङको निर्माण रहेको छ।
देशभक्ति, आधुनिकता र प्रेमभावका गीत लेख्दै आएकी गीतकार श्रेष्ठले गीत–संगीतमार्फत नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सिर्जना गर्दै आएको बताइन्।
‘चुलबुले नानी’लाई दर्शक तथा श्रोताबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताउँदै श्रेष्ठले लोकनृत्य शैलीमा तयार गरिएको गीतलाई माया गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।