• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०८३  २०:४७
1140x725

काठमाडौं– अविरल वर्षापछि आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङबाट देशभर भएको क्षतिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित नागरिकको उद्धार, सुरक्षित व्यवस्थापन र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा सरकार केन्द्रित रहेको बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै सम्पर्कविहीन छन्। यस अवधिमा ५१३ वटा मनसुनजन्य घटना भएका छन्, जसबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्।

वर्षाका कारण २२५ घर पूर्ण रूपमा र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। २७ वटा गोठ तथा ११४ पशुचौपायामा समेत क्षति पुगेको विवरण प्रधानमन्त्रीले दिएका छन्।

१४७ ठाउँमा सडकमा क्षति, १२५ स्थान सञ्चालनमा

बाढीपहिरोले सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीमा समेत क्षति पुर्‍याएको छ। देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेकामा १२५ स्थानमा मर्मत गरी यातायात सञ्चालनमा ल्याइसकिएको प्रधानमन्त्री शाहले बताएका छन्।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालनजिक भासिएको सडकसमेत मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको छ।

बिपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। थप क्षति नभएमा भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रधानमन्त्रीले बताएका छन्।

कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच बग्ने समस्या देखिएको छ। यहाँ सडक पूर्ण रूपमा सञ्चालनमा आउन तीन दिनभन्दा बढी लाग्न सक्ने प्रारम्भिक अनुमान छ।

Ncell 2
Ncell 2
nimb
nimb

भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो हटाएर यातायात सञ्चालनमा आइसकेको छ। बेसिसहर–चामे सडकको मनाङस्थित नासों गाउँपालिका, खोत्रोलगायत क्षेत्रमा पनि पहिरो हटाउने काम भइरहेको छ। पूरै सडक सञ्चालनमा आउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ।

त्रिभुवन राजपथ पहिरो हटाएर सुरक्षा सतर्कतासहित सञ्चालनमा ल्याइएको छ। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसे पनि सडक खुलाउने काम तीव्र पारिएको र भोलिसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

१ हजार मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित

बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरबाट राष्ट्रिय प्रसारण प्रणालीमा आउने १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसमध्ये सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्। १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सातवटा जलविद्युत् केन्द्रको करिब १९० मेगावाट उत्पादन प्रसारण हुन सकेको छैन।

कालीगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरणसमेत प्राप्त भएको प्रधानमन्त्रीले बताएका छन्।

टेलिकमका ७८२ टावर सञ्चालनमा

विपद्का कारण अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालनको काम पनि अघि बढाइएको छ। नेपाल टेलिकमका १ हजार १३२ टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा पुनः सञ्चालनमा ल्याइएको छ।

त्यस्तै एनसेलका १६२ नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

डुबानमा परेका बस्तीका नागरिक सुरक्षित स्थानमा

नारायणी नदीमा आएको बाढीपछि सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

सप्तकोशी नदीको बहाव बढेपछि तिलाठी कोईलाडी गाउँपालिकाका डुबान प्रभावित करिब ५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सर्लाहीको लखनदेई खोलाको बाढीबाट भाडसर खुटौनाको बस्ती प्रभावित भएको छ भने रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्र प्रभावित भएका छन्।

तिनाउ नदी किनारका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत बस्तीबाट सुरक्षाकर्मीले करिब २०० परिवारका एक हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारेका छन्।

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लामा समेत बाढीपहिरोको प्रभाव परेको छ। प्रभावित नागरिकका लागि स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

‘मौसमजन्य खतरा अझै टरेको छैन’

प्रधानमन्त्री शाहले मौसमजन्य जोखिम अझै कायम रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

उनले प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, विद्युत्, सञ्चारलगायत पूर्वाधारलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने काममा सरकार केन्द्रित रहेको जानकारी दिएका छन्।

वर्षा र बाढीपहिरोका कारण दसैंलगायत ठूला चाडपर्वको मुखमा राजमार्गसमेत प्रभावित भएका छन्। पछिल्लो विवरणअनुसार अधिकांश सडकमा पहिरो हटाउने र यातायात सञ्चालन गर्ने काम जारी छ।

प्रधानमन्त्रीको आग्रहअनुसार जोखिमयुक्त क्षेत्रका नागरिकले मौसम तथा विपद्सम्बन्धी सूचना ध्यानपूर्वक हेर्न, जोखिम मोलेर यात्रा नगर्न र आवश्यक परे सुरक्षित स्थानमा जानुपर्नेमा सरकारले जोड दिएको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्