न्यूयाेर्क- अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलाेपटक मंगल ग्रहमा हेलिकप्टर उडाएकाे छ।
करिब ६ वर्षकाे परीक्षणपछि नासाले मंगल ग्रहमा हेलिकप्टर उडाएकाे हाे।
गत फेब्रुअरी महिनामा नासाको पर्सिभिअरेन्स रोभर मंगल ग्रहको जेजेरो क्रेटर भन्ने स्थानम अवतरण गरेको थियो। सोही रोभरमा यो हेलिकप्टर थियो।
यस हेलिकप्टरलाई ‘इनजेन्युटि मार्स-कोप्टर’ भनिएको छ। यो ४० सेकेन्डसम्म मंगल ग्रहको सतहमा १० फिट माथिसम्म उडेर अवतरण गरेको नासाले जनाएको छ।
हेलिकप्टर उडेको कुरालाई मंगलमा रहेको भूउपग्रहले पुष्टि गरेको थियो। इन्जेन्युइटीलाई अझ माथि र टाढा उड्नका लागि आदेश दिइने बताइएको छ। प्रविधिको सीमा परीक्षण गर्न खोजिएको छ ।
यस हेलिकप्टरले मंगल ग्रहकाे खोज अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेकाे नासाले जनाएकाे छ।
मार्सको सतहमा हेलिकप्टर कहिल्यै नउडाइएकाले नासाले यो कार्य चुनौतीपूर्ण मानिएको थियो।
मंगलमा हावामा उड्न सहज छैन। त्यहाँको वायुमण्डल एकदमै पातलो छ। पृथ्वीको वायुमण्डलको घनत्वको १ प्रतिशत जति मात्र मंगलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।