काठमाडौं– सरकारको नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरिएको छ।
सोमबार प्रतिनिधि तथा राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारका लागि आवश्यक पर्ने व्यावसायिक सीपको व्यवस्था गरिने, श्रम ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने, मजदुरको ज्याला व्यवस्थित गर्दै रोजगारीका अवसर सिर्जना गरिने जस्ता विषयलाई समेटिएको छ।
यस्तै, श्रम क्षेत्रमा भइरहेका समस्या, विवाद र अन्य विषयलाई समाधान गदै अर्धन्यायिक निकाय खोलिने उल्लेख गरिएको छ। यस क्षेत्रमा भइरहेको विकृतिलाई निर्मुल पार्दै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने बताइएको छ। कार्यक्रममा बाल श्रमलाई निषेध गरिने पनि घोषणा गरिएको छ। सरकारले मजदुरका समस्यालाई ध्यान दिँदै काम गर्ने पनि जनाइएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएपछि आगामी ५ वर्षमा नेपाली युवा कामको खोजीमा वैदेशिक रोजगारी जानुपर्ने अवस्थाको अन्त्य हुने दाबी समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।