काठमाडौं- सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर ल्याएको छ। उक्त अफरअन्तर्गत ग्राहकले एक लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा प्राप्त गर्ने छन्।
स्वस्थ जीवनको महत्त्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने जनाएको छ। यो सेवा २० एमबीपीएसभन्दा माथिको ब्यान्डविथमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले स्वास्थ्य बिमाका लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ। ‘यस अफरअन्तर्गत ग्राहकहरूले नेपाल र भारतमा उपचारका लागि एक लाख रूपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त गर्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मूल पार्ने विश्वास लिइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।