काठमाडौं– आकर्षक तलबसहितको रोजगारीमा इजरायलमा पठाइदिने भन्दै ठगी गर्ने आरती गिरी पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई आइतबार पक्राउ गरेको हो।
वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई डेढ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय भएको थियो।
उनले २०६८ सालमा पदम सुन्दरुी श्रेष्ठलाई ३ लाख ३० हजार र गिता श्रेष्ठलाई १ लाख ५५ हजार रुपैयाँ ठगी गरेकी थिइन्। ६ महिनाभित्र इजरायल पठाइदिन्छु भन्दै उनले ठगी गरेकी थिइन्।
सिआईबीले पक्राउ गरी अदालतमा पेश गरेकोमा उनी केन्द्रीय कारागार चलान भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।