Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कमिसनमा कुरा नमिल्दा वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी निर्देशिका ३ महिनादेखि मन्त्रीको टेबुलमा

मेरो नियतमा खोट छैन: मन्त्री भट्ट, बजार कब्जाको रणनीतिमा व्यवसायी, इजाजत नपाएका व्यवसायीले गरे संसदीय समितिमा उजुरी
64x64
हेमन्त जोशी बुधबार, चैत ४, २०७७  ०७:५१
1140x725

काठमाडौं- ‘वस्तुको प्रत्यक्ष बिक्री/वितरणसम्बन्धी निर्देशिका-२०७७’ तीन महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको टेबुलमा रोकिएको छ। सीमित व्यवसायीहरूको प्रभावमा परेर मन्त्रीले निर्देशिका रोकेको भन्दै इजाजत नपाएका व्यवसायीहरूले संसदीय समितिमा उजुरी गरेका छन्। 

उद्योगमन्त्री लेखराज भट्टले भने निर्देशिकाका अस्पष्ट व्यवस्था थप स्पष्ट पार्न समय लागेकाले पारित हुन नसकेको प्रतिक्रिया दिएका छन्। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ को नियम १० मा भएको व्यवस्थाअनुसार बिक्रेता वा वितरकलाई दिने सेवा, सुविधा र बोनस तथा कमिसनको विषयमा अस्पष्टता देखिएपछि निर्देशिका पारित हुन नसकेको मन्त्री भट्टले बताए।

मन्त्रालयले निर्देशिका पारित नगरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ कम्पनीलाई इजाजत रोकेको छ। तर यसअघि इजाजत लिइसकेका कम्पनीहरुले भने निर्बाध रूपमा व्यापार/व्यवसाय गरिरहेका छन्। अझ केही कम्पनीले त वस्तुको प्रत्यक्ष बिक्री/वितरणका नाममा अवैधानिक नेटवर्किङ धन्दासमेत चलाइरहेका छन्।

वस्तुको प्रत्यक्ष बिक्रीवितरणको इजाजत लिनका लागि अहिले एक दर्जनभन्दा बढी कम्पनीले वाणिज्य विभागमा निवेदन दिएका छन्। तर संसदीय समितिले दिएको निर्देशन अनुरुप निर्देशिका मन्त्रालयबाट पारित भएर कार्यान्वयनमा नआएको भन्दै विभागले उनीहरूको इजाजत रोकेको छ। इजाजत नपाएपछि सातवटा कम्पनीले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी गरेका छन्।

इजाजत नपाएको भनेर सातवटा कम्पनी समितिमा उजुरी बोकेर आए। फागुन २८ गतेको बैठकले पहिलेको उपसमितिलाई नै फेरि यो विषयमा के कसो भएको हो भनेर बुझ्‍न जिम्मेवारी तोकेको छ।

वस्तुको प्रत्यक्ष बिक्रीवितरणका नाममा अवैधानिक नेटवर्किङ धन्दा चलिरहेको विषयमा समितिले यसअघि नै अध्ययन गरेर उद्योग मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइसकेको छ। तर इजाजत नपाएको विषयमा फेरि उजुरी परेपछि समितिले थप अध्ययन सुरु गरेको छ। समिति सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार वस्तुको प्रत्यक्ष बिक्रीवितरणका बारेमा अध्ययन गर्न यसअघि नै गठित उपसमितिलाई नै थप अध्ययनको जिम्मेवारी दिइएको छ। समितिका सदस्य सोमप्रसाद पाण्डेयको संयोजकत्वमा रहेको उपसमितिले थप अध्ययन थाल्ने उनले बताए।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ र संसदीय समितिको निर्णय।

‘इजाजत नपाएको भनेर सातवटा कम्पनी समितिमा उजुरी बोकेर आए। फागुन २८ गतेको बैठकले पहिलेको उपसमितिलाई नै फेरि यो विषयमा के कसो भएको हो भनेर बुझ्‍न जिम्मेवारी तोकेको छ,’ समितिका सभापति श्रीवास्तवले नेपाललाइभसँग भने, 'पहिलेको अध्ययन र त्यही उपसमितिले फेरि गर्ने अध्ययनका आधारमा समितिबाट अर्को निर्देशन हुन्छ।’

मेरो नियतमा खोट छैन : मन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले निर्देशिका थप स्पष्ट बनाउन समय लिएको र निर्देशिका रोक्दा आफ्नो कुनै खराब नियत नरहेको बताएका छन्। ‘अहिले मन्त्रालयको सचिव र विभागको महानिर्देशक दुवै नयाँ हुनुहुन्छ। निर्देशिकामा केही अस्पष्टता (कन्फ्युजन) छ भने विज्ञलाई बोलाएर त्यो विषयमा बुझाउनु भनेर हो,’ उनले भने, ‘मेरो नियतमा केही खोट छैन। कसैले देख्छ भने मलाई त्यसमा भन्‍नुपर्ने केही छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न सोमबार, साउन ५, २०७७

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ को नियम १० मा भएको व्यवस्थालाई स्पष्ट पार्न समय लागेको मन्त्री भट्टको भनाइ छ। ‘कमिसन ४२ प्रतिशत भनिएको छ। त्यो भनेको बुझाउनुपर्‍यो। ऐन कानुनका विषयवस्तु स्पष्ट पारिनुपर्छ,’ उनले भने। संसदीय समितिमा उजुरी परेको विषयमा भने मन्त्री भट्टले समितिले यो विषयमा छलफलका लागि बोलाए आफू जाने र विषयवस्तुको जानकारी दिने प्रतिक्रिया दिएका छन्।

वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐन, नियमावली र निर्देशिका बनाउँदा भूमिका खेलेका निर्देशक समितिका विज्ञ सदस्य डिमप्रकाश पौडेलले पनि निर्देशिकाको मस्यौदामा वस्तुको प्रत्यक्ष बिक्रीवितरण गर्दा ४२ प्रतिशतसम्म कमिसन राख्‍ने भन्‍ने विषयमा अस्पष्टता रहेको बताए। ‘कमिसनलाई बाँडफाँट कसरी गर्ने भन्‍ने सवालमा एउटा कन्फ्युजन अहिले छ। बाँकी संसदीय समितिले दिएका निर्देशन पनि निर्देशिकामा सम्बोधन भएका छन्,’ पौडेलले भने।

इजाजत पाएका कम्पनी बजार कब्जाको रणनीतिमा, गुपचुप अवैध नेटवर्किङ धन्दा
गत असार १६ गते वाणिज्य विभागमा आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि दर्ता भएपछि त्यसयता नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि (डिएक्सएन नेपाल), हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका नाममा गरी सातवटा यही प्रकृतिका कम्पनी दर्ता भइसकेका छन्। अहिले यी कम्पनीले बजारमा अरु कम्पनीलाई छिर्न नदिएर एकाधिकार कायम गर्न खोजेको र निर्देशिका रोक्न पनि यीनै कम्पनीका सञ्‍चालकहरुको हात रहेको व्यवसायीहरुको आरोप छ।

विभिन्‍न देशमा सञ्‍जाल (नेटवर्क) बनाएका यी कम्पनी र संलग्‍न व्यक्तिहरु इजाजत पाउनुअगावै पनि नेपालमा अवैध ढंगले लुकिछिपी पिरामिड शैलीमा नेटवर्किङको काम गरिरहेको विषयमा नेपाललाइभले निरन्तर समाचार लेख्दै आएको छ। नेपालमा यसअघि गोल्डक्‍वेस्ट, हर्बो, युनिटी, क्यु नेट, क्‍विक अर्निङ, एलटी एभरेस्ट हर्बल लाइफ ग्लोबल, ड्रिम डेभलपर्स ट्रेडमार्क, फुल्टन ट्रेडमार्क, विन-विन, डियोसफ्ट, प्राइमजस्ता कम्पनीले नेटवर्किङ व्यवसायको अवैध धन्दाबाट लाखौं मानिस ठगी गरेका थिए। यीनै कम्पनीका सञ्‍चालकहरुले अहिले फरक नाम राखेर वस्तुको प्रत्यक्ष बिक्री गर्ने भन्दै इजाजत लिएका छन्।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनताबिहीबार, साउन ८, २०७७

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ को दफा २७ अन्तर्गत गठित निर्देशक समितिका सदस्य रहेका नेपाल प्रहरीका पूर्वएआइजी तथा ‘डाइरेक्ट सेलिङ' एसोसिएसन’का वरिष्ठ उपाध्यक्ष हेमन्त पाल मन्त्रालय र विभागमा गएर नयाँ कम्पनीलाई पनि इजाजत दिनका लागि आफूहरुले लबिङ गरिरहेको बताउँछन्। ‘निर्देशिका बन्दै गर्छ। प्रक्रिया पुर्‍याएर आएका कम्पनीलाई इजाजत दिउँ भनेर हामीले मन्त्रालय र विभागलाई भनिरहेका छौं,’ पालले भने, 'इजाजत लिने क्रममा रहेका केही कम्पनीलाई हामीले निर्देशिका रोकेको र उनीहरुले इजाजत नपाएको भन्‍ने परेको छ, जुन गतल हो। हामीले त चाँडो गरिदिनुस् भनेर सम्बन्धित निकायलाई बारम्बार भनेका छौं।’

मौजुदा कानुनी व्यवस्थाको अधीनमा रहेका र व्यावसायिक प्रकृतिका कम्पनीहरुले पनि इजाजत नपाउनु न्यायोचित नरहेको पाल बताउँछन्। ‘इजाजत नपाएका कम्पनीहरुलाई मर्का परेको छ। किनभने एकथरीले व्यवसाय गर्न पाउने तर अर्कोथरीलाई निर्देशिका नबनेकाले व्यवसाय गर्न पाउँदैनन् भन्‍नु न्यायपूर्ण होइन। तर नियामक निकायलाई त हामीले अनुरोध मात्रै गर्ने हो। त्यसमा जबर्जस्ती गर्ने भन्‍ने हुँदैन।’  केही कम्पनीहरुले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा अवैध नेटवर्किङ धन्दा गरिरहेको विषयलाई उनले पनि स्वीकारेका छन्।

यो पनि:

  • अवैधानिक नेटवर्किङ धन्दा : यस्तो छ नेचर हर्ब्सको सर्वसाधारण ठग्ने ‘मास्टर प्लान’
  • अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’
  • कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार
  • सांसद भन्छन्- नेटवर्किङबाट हामी नै ठगिएका छौंं, यसलाई तत्काल बन्द गराैं 
  • अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरण
  • संसदीय समितिमा वाणिज्य विभागका महानिर्देशकले भने- नेटवर्किङ गर्ने व्यक्तिको प्रहरी रिपोर्ट नहेरेर गल्ती भयो

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्