काठमाडौं–सरकारद्वारा खोजी भइरहेका दुर्गा प्रसाईँले सरकारलाई खुला चुनौती दिएका छन्।
राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।
प्रसाईँले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै सरकारले राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए। उनले भने, ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई गिरफ्तार गरेर देखाओस्।’
सरकारले आन्दोलनलाई उग्र बनाउन प्रसाईँको संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको छ। यसैक्रममा सुरक्षा निकायले उनको खोजी तीव्र बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।