फाइल तस्विर काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ।
साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शुक्रबारको आन्दोलन र राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन्। यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ।
यसैक्रममा प्रधानमन्त्री ओलीले र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवादसमेत भएको छ।
कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोधसमेत गरिरहेका बेला बालुवाटार गणतन्त्रको कित्तामा रहेका दलहरूसँग सामूहिक छलफल गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।