काठमाडौं– गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम नगर्ने र लापरबाही गर्ने कम्पनी र ठेकेदारहरुको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले त्यस्ता ठेकदारहरुलाई कारबाही गर्न लागेको हो।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन अनुसार बिहिबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो परिपत्र गरेको हो। परिपत्रमा भनिएको छ, ‘‘ जिल्लास्तरमा सञ्चालित विकास निर्माण , सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने ।’’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।