• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०८३  ०८:१४
1140x725

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व, लमजुङ, ललितपुर र हुम्लाका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन्।

कतिपय सडकमा पहिरो तथा नदी कटानका कारण सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था रहेको छ।

नुवाकोटमा वर्षाका कारण टोखा–छहरे सडक खण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको रातिको आवतजावतमा रोक लगाइएको छ। २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

रसुवाको पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। २०८३ साउन ८ गते बिहान ८ बजे उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडक खण्डलाई त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि साउन १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको जनाइएको छ।

रसुवा र नुवाकोटतर्फको मुख्य पासाङ ल्हामु राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। २०८३ भदौ १० गते आएको बाढीले त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने राजमार्गको त्रिशूली नदी किनारका अधिकांश भाग कटान गरेको छ।

स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किलोमिटर, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

मनाङमा २०८३ असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बेँसीसहर हुँदै खाङसार जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त दिन बिहान ६ः३० बजेको समयमा सडक अवरुद्ध भएको जनाइएको छ।

गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालिगण्डकी करिडोरमा २०८३ असोज ९ गते बिहान करिब ७ः४० बजे सडक माथिबाट लेदोसहितको पहिरो आएको छ। यस्तै, सोही गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

म्याग्दीमा २०८३ असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुस्ताङको जोमसोम–कोरला सडक खण्डका दुई स्थानमा सडक अवरुद्ध भएको छ। २०८३ असोज १० गते बिहान करिब ७ः२५ बजे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ कालोभीरमा अविरल वर्षाका कारण सडक माथिबाट ढुंगासहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सोही दिन बिहान करिब ६ः५० बजे लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ सेल्फीडाँडास्थित सडक खण्डमा लेदो आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

नवलपरासी पूर्वमा पनि कालीगण्डकी करिडोरका दुई स्थानमा सडक अवरुद्ध भएको छ। २०८३ असोज १० गते साँझ ७ः३० बजे बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटस्थित सडक खण्डमा माथिबाट लेदोसहितको पहिरो आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यस्तै, असोज १४ गते बिहान ६ः४५ बजे बौदीकाली गाउँपालिका–३ जन्तीपहिरोस्थित कालीगण्डकी करिडोरमा करिब २५/३० मिटर सडकको आधा भाग भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। २०८३ असोज ११ गते साँझ ५ः५५ बजे मध्यनेपाल नगरपालिका–६ आँपचौरस्थित सडकमा माथिबाट पहिरो आउँदा करिब १०० मिटर सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

Xtrem

Xtrem

ललितपुरको कान्तिलोकपथ पनि अवरुद्ध भएको छ। २०८३ असोज १४ गते बिहान ५ः५० बजे बागमती गाउँपालिका–३ टाकुर्चेस्थित सडकमा माथिबाट सुख्खा पहिरो आउँदा भिरबाट ढुंगा खसेर कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

हुम्लामा पनि अविरल वर्षाका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडक खण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ। २०८३ असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण पहिरो गएपछि ती सडक खण्ड प्रभावित भएका हुन्।

कर्णाली करिडोरअन्तर्गत २०८३ असोज १२ गते बिहान ७ः४० बजे खार्पुनाथ गाउँपालिका–१ मुसेडी, वडा नं. ५ बिसौनेडाँडा र श्यामने खोलामा सडक अवरुद्ध भएको जनाइएको छ। त्यस्तै, असोज १३ गते बिहान ८ः४० बजे सर्केगाड गाउँपालिका–६ स्यालतडीमा पनि कर्णाली करिडोर अवरुद्ध भएको छ।

सिमकोट–हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङमा असोज १३ गते बिहान ९ बजे र सिमकोट गाउँपालिका–७ ठाडोढुंगामा सोही समयमा सडक अवरुद्ध भएको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध
स्पेनको जितमा यमलको २ गोल
सम्बन्धित सामग्री
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो मंगलबार बजारमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको छ। मध्यपूर्वमा जारी युद्धका कारण इरानको अर्थतन्त्रमा दबाब... बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध अविरल वर्षा, बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व, लमजुङ, ललितपुर र हुम्लाका विभिन्न... बुधबार, असोज १४, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्