• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०८३  ०९:०१
1140x725

सुर्खेत। कर्णाली प्रदेशमा यस वर्ष दसैँ, तिहार र छठको समयमा खाद्यान्न अभाव नहुने भएको छ। विगतका वर्षमा चाडपर्वको मुखमा विशेषगरी हिमाली तथा दुर्गम जिल्लाका वितरण केन्द्रमा चामल अभाव हुने समस्या देखिए पनि यस वर्ष चाडपर्वअघि नै आवश्यक खाद्यान्न सम्बन्धित जिल्लामा पुर्‍याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

कम्पनीका अनुसार कर्णालीका हिमाली जिल्लामा चाडपर्वलाई लक्षित गरेर खाद्यान्नको मौज्दात व्यवस्थापन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख केशव बुढाका अनुसार हुम्लामा भने दसैँअघि खाद्यान्न ढुवानी गर्ने काम जारी छ। सिमकोट शाखा तथा सर्केगाड र श्रीनगर डिपोमा खाद्यान्नको मौज्दात राखिएको छ।

कर्णालीमा स्थानीय उत्पादनले माग धान्न नसक्ने भएकाले हिमाली जिल्लामा बाहिरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था छ। कर्णालीमा वार्षिक करिब २५ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको प्रदेशको कृषि मन्त्रालयसम्बन्धी तथ्यांक उद्धृत गर्दै यसअघि सार्वजनिक विवरणमा उल्लेख छ।

सदरमुकामबाट गाउँसम्म वितरण

यस वर्ष कम्पनीले सदरमुकाममा रहेका शाखा तथा डिपोमा मात्र सीमित नराखी गाउँस्तरसम्म खाद्यान्न बिक्री वितरण गर्ने व्यवस्था गरेको छ। कम्पनीका अनुसार कर्णालीका नौ जिल्लामा ८१ वटा वितरण केन्द्रमार्फत खाद्यान्न वितरण भइरहेको छ।

हुम्लामा १३, मुगु, डोल्पा र जाजरकोटमा १२÷१२, जुम्लामा सात, कालीकोटमा १४, दैलेखमा चार, रुकुमपश्चिममा पाँच र सुर्खेतमा दुई वितरण केन्द्रमा खाद्यान्न बिक्रीका लागि कोटा निर्धारण गरिएको छ। गाउँकेन्द्रित बिक्री केन्द्रबाट खाद्यान्न उपलब्ध गराउँदा सदरमुकामसम्म पुग्नुपर्ने उपभोक्ताको बाध्यता कम हुने कम्पनीको अपेक्षा छ।

प्रादेशिक प्रमुख बुढाका अनुसार यस वर्ष खाद्यान्न छुटका लागि कर्णालीमा रु एक करोड ४० लाख ५३ हजार विनियोजन गरिएको छ। गत वर्ष चाडपर्वलाई लक्षित गरेर मात्र सञ्चालन हुने सुपथ मूल्य पसल यस वर्ष भने वर्षभरि नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ। साउनको अन्तिम सातादेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री भइरहेको कम्पनीले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। यस वर्ष कम्पनीले ४४ जिल्लामा सहुलियत पसल सञ्चालन गरेको र खसीबोका तथा च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयमा चाडपर्वलाई लक्षित गरेर १३ हजार क्विन्टल चामल, ६ सय ४० क्विन्टल दाल, ४० हजार लिटर तेल र ४ सय ५० क्विन्टल चिनी मौज्दात राखिएको छ।

आवश्यकता बढेमा अन्य जिल्लास्थित कार्यालयबाट समेत खाद्यान्न व्यवस्थापन गर्न सकिने गरी आपूर्ति व्यवस्था मिलाइएको बुढाले बताए। यसले चाडपर्वका बेला माग बढ्दा पनि खाद्यान्न अभाव हुन नदिने कम्पनीको दाबी छ।

विगतमा चाडपर्वको समयमा खाद्यान्नको माग बढ्दा दुर्गम जिल्लाका डिपोमा चामल नपुग्ने समस्या देखिँदै आएको थियो। 

सुपथ पसलमा उपभोक्ताको भीड

Xtrem

Xtrem

चाडपर्व नजिकिएसँगै वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड बढेको छ। बजारभन्दा कम मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने भएपछि उपभोक्ता सहुलियत पसलतर्फ आकर्षित भएका हुन्।

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा पनि चिनी, नुन, तेललगायतका वस्तु बजार मूल्यभन्दा सस्तोमा बिक्री भइरहेका छन्। देशका विभिन्न स्थानमा सञ्चालन गरिएका सुपथ पसलमा बजारभन्दा सस्तो सामान पाइने भएकाले उपभोक्ताको भीड बढेको हो। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक बिक्री प्रणालीमा समेत चामल, दाललगायतका खाद्य वस्तु सहुलियत मूल्यमा उपलब्ध भएपछि ग्राहकहरुको रोजाइ भएको हो। 

चाडपर्वमा खाद्यान्न अभाव नहुने कम्पनीको तयारी भए पनि कर्णालीको खाद्य सुरक्षाको दीर्घकालीन समस्या भने समाधान भइसकेको छैन। प्रदेशमा आवश्यक खाद्यान्नको तुलनामा उत्पादन कम रहेको र हिमाली तथा दुर्गम क्षेत्रमा बाहिरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था कायमै छ।

यसकारण चाडपर्वका लागि पर्याप्त मौज्दात र वितरण व्यवस्थापन तत्कालीन राहत भए पनि स्थानीय उत्पादन वृद्धि, भण्डारण, ढुवानी र गाउँस्तरमै नियमित खाद्यान्न उपलब्ध हुने व्यवस्था दीर्घकालीन समाधानका लागि महत्वपूर्ण हुने देखिन्छ।  

 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
चेकविरुद्ध इङ्ल्यान्डको जित
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने
सम्बन्धित सामग्री
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेशमा यस वर्ष दसैँ, तिहार र छठको समयमा खाद्यान्न अभाव नहुने भएको छ। विगतका वर्षमा चाडपर्वको मुखमा विशेषगरी हिमाली तथा दुर... बुधबार, असोज १४, २०८३
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो मंगलबार बजारमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको छ। मध्यपूर्वमा जारी युद्धका कारण इरानको अर्थतन्त्रमा दबाब... बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध अविरल वर्षा, बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व, लमजुङ, ललितपुर र हुम्लाका विभिन्न... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने बुधबार, असोज १४, २०८३
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्