काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भंग भएको घोषणा गरेका छन्।
दुवै पार्टीको बालुवाटारमा जारी संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरेका हुन्। एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन गरेका थिए।
संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
पार्टी एकीकरणपछि आज साँझ बालुवाटारमा भोजको कार्यक्रम राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।