काठमाडौं- नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका ४ कम्पनीहरुबीच सम्झौता भएको हो।
नेपालका आइडिया कन्सल्टिङ प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकी अध्यक्ष सृजना राणाले भारत र नेपालको आइसिटी कम्पनीलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ र भारतको प्रविधि नेपालमा ल्याई आइसिटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बताइन्।
कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई आइसिटी उद्योगहरुमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल भएको पनि अध्यक्ष राणाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।