• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाल ट्रष्टको कालिमाटीस्थित जग्गामा सम्झौताविपरीत १२ तले भवन बनाउने प्रयासमा थामसेर्कु

64x64
उत्तम काप्री बुधबार, माघ १४, २०७७  २१:०६
1140x725

काठमाडौं- नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड ताहाचलस्थित कित्ता नम्बर १८, १९ र २० को जग्गा भाडामा लिएको यति ग्रुपअन्तर्गतको थामसेर्कु ट्रेकिङले सम्झौता विपरीत १२ तलाको भवन बनाउने खेल सुरु गरेको छ।

४ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा ३० वर्षलाई भाडामा लिएको थामसेर्कुले दुईपक्षीय सम्झौतामा बेसमेन्ट तला, ग्राउन्ड तला र थप ४ तला गरी ६ तलाको भवन बनाउने उल्लेख गरेको थियो। तर, सम्झौता भएको ३ वर्ष हुन लाग्दै गर्दा सम्झौता विपरीत १२ तलाको भवन बनाउने गरी नक्सा तथा डिजाइन बनाएको छ।

‘थामसेर्कुले १२ तलाको नक्सा बनाउँदै काठमाडौं महानगरपालिकाबाट ट्रष्टको कार्यालयललाई थाहै नदिने गरी नक्सा पास गर्न खोजेको रहेछ,’ ट्रष्ट स्रोतले भन्यो, ‘महानगरबाट खबर आएपछि हामीले सम्झौतामा ६ तलाको भवन बनाउने उल्लेख भएको हुँदा १२ तलाको भवन निर्माणका लागि नक्सा पास नगरिदिन आग्रह गरेका थियौं। अहिले नक्सा पास गर्ने काम रोकिएको छ।’

नक्सा पास रोकिएपछि अहिले थामसेर्कुले ट्रष्टको कार्यालयमा आएर नक्सा तथा डिजाइनपासको लागि सहयोग गरिदिन आग्रह गरेको कार्यालयको भनाइ छ। तर, कार्यालयले सम्झौताको १२.१२ नम्बर बुँदामा लिज प्रस्तावसम्बन्धी कागजपत्र (एलपिडी) तथा लिज प्रस्ताव आह्वानको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएको सबै विषयहरूसमेत यसको करारको अभिन्न अंग हुने भनी उल्लेख गरेको र बोलपत्रको कागजातमा बेसमेन्ट तला, ग्राउन्ड तला र थप ४ तलासहित ६ तलाको भवन निर्माण गर्ने भनी उल्लेख भएको हुँदा १२ तलाको भवन निर्माण अवैध हुने भन्दै नक्सा पास रोकिदिएको छ।

नेपाल ट्रष्ट कार्यालयका सहसचिव भीष्म भुसालले सम्झौतामा ६ तलाको भवन निर्माण हुने उल्लेख भएको र थामसेर्कुले १२ तलाको नक्सा पास गर्न लागेको कारण नक्सा पासको काम रोकिदिएको स्वीकार गरे। २०७४ मंसिर १४ गते भएको सम्झौतामा नक्सा तथा भवनको डिजाइन नेपाल ट्रष्टको कार्यालबाट अनुमोदन हुनुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2

यसरी सम्झौता भन्दा बाहिर गएर भवन बनाउने तयारीमा रहेको थामसेर्कुले अहिलेसम्मको जग्गा भाडा पनि तिरेको छैन। 

थाकसेर्कुले भने गोरखापत्रमा सूचना प्रकाशन हुँदा जतिसक्दो जग्गाको प्रयोग गर्ने गरी काम गर्न पाउने भने सर्त राखेको र आफूहरूले सोही अनुसार भवन बनाउन लागेको ट्रष्ट कार्यालयमा बुझाएको विवरणमा उल्लेख छ।

सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा 
सार्वजनिक खरिद ऐनले सार्वजनिक रूपमा गरिएको टेन्डरमा सामान्यतः दुईभन्दा धेरै कम्पनीका बीचमा प्रतिस्पर्धा हुनुपर्ने भन्छ। तर, नेपाल ट्रष्टले कालिमाटीको यो जग्गा दिँदा दुईवटा सीमित कम्पनीलाई मात्र प्रतिस्पर्धा गराएर दिएको थियो। दुईभन्दा कम कम्पनी प्रतिस्पर्धामा सहभागी भएमा पुनः टेन्डर गराउनु पर्ने हुन्छ।

सार्वजनिक रूपमा गरिएको टेन्डरमा दुईवटा मात्र प्रस्ताव आएको थियो। टेन्डरमा थामसेर्कु र क्लिन इन्फ्रास्ट्रक्चर प्रालि सहभागी भएका थिए। तर, ट्रष्टले उक्त टेन्डर थामसेर्कुलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयमा ३० वर्षमा ट्रष्टले १८ करोड  पाउने उल्लेख छ।

२०७४  मंसिर १४ गते सम्झौता भएको थियो। सम्झौतामा पहिलो ३ वर्षका लागि निर्माण अवधि मानेर वार्षिक ६ लाख भाडा तिर्ने उल्लेख भएपनि अहिलेसम्म कम्पनीले भवन पनि बनाएको छैन भने भाडा रकम पनि तिरेको छैन।

कुन वर्ष भाडा रकम कति?
१. पहिलो ३ वर्ष निर्माण अवधि वार्षिक ६ लाख
२. ४–८ वर्षसम्म ६१ लाख ४४ हजार 
३. ९–१३ वर्षसम्म ६४ लाख ५१ हजार दुई सय 
४. १४–१८ वर्षसम्म  ६७ लाख ७३ हजार ७ सय ६०
५. १९ वर्ष देखि २३ वर्षसम्म ७१ लाख १२ हजार ४ सय ४८ 
६. २४–२८ वर्षसम्म ७४ लाख ६८ हजार ७१ 
७. २९–३० वर्षसम्म ७८ लाख ४१ हजार ४ सय ७५ 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्