काठमाडौं– काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद भएको छ।
अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।
सुनसहित केही व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।
पक्राउ परेका व्यक्ति र बरामद सुनबारे प्रहरीले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी गरेको छ।
पछिल्लो समय ठूलो परिमाणमा सुन बरामद हुन नसकेको अवस्थामा प्रहरीले लामो समयपछि २१ किलो सुन बरामद गरेको हो।
बरामद सुनको प्रकृति, स्रोत र कारोबारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।